धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

भारतबाट फर्केकाहहरु यार्सा टिप्न सिधै लेकतिर

सुर्मा गाँउपालिकाका अध्यक्ष नर बहादुर बोहरालेस्थानीयहरुको मुख्य आय स्रोत भनेको नै यार्सा भएका कारण रोक लगाउन वा बन्द गर्न नसकिने बताए ।

भारतबाट फर्केकाहहरु यार्सा टिप्न सिधै लेकतिर

डीबी बिष्ट

बझाङ    कोरोनाको दोस्रो लहरको उच्च जोखिम बढेको बेला भारतबाट फर्केकाहरु सिधै यार्सा संकलनको गर्न लेकतिर जाने गरेका छन् बझाङमा जिल्ला प्रशासन कार्यालयले गएको सोमबारदेखि अर्को सुचना जारी नभए सम्मका लागि निषेधाज्ञा जारी गरेको

प्रशासनले निषेधाज्ञा जारी गरे पनि महामारीमा यार्सा संकलकहरु लेकतिर जानेक्रम बढ्दो वैशाखदेखि असारसम्म यार्सा संकलनका लागि भदौदेखि मंसिरसम्म यहाँका जंगलमा अन्य जडीबुटी संकलनका लागि सर्वसाधारण लेकतिर जाने गर्दछन्

विगतका बर्ष भन्दा यो बर्ष यार्सा संकलन गर्न जानेको संख्या बढ्ने देखिएको लामो समय खडेरी परेकाले खेतबारीमा लगाएको अन्नबाली सबै सुकेकाले यार्सा संकलन गर्न लेक तर्फ जानेहरुको लकोै लागेको हो हरेक बर्ष बझाङमा यार्सा संकलनका लागि मात्रै ४०/५० हजार भन्दा बढी मानिसहरु लेकतिर जाने गरेका छन् ग्रामिण भेगमा जिल्लाको सुर्मा, साइपाल, तलकोट, मष्टा, छविस पाथिभेरा गाउँपालिका बुंगल नगरपालिकाका स्थानीयहरुको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडिबुडी नै रहेको

गत बर्ष जिल्ला विपद व्यवस्थापन समितिले यार्सागुम्बा पाइने पाटनहरूमा संकलकहरुको भिड हुने कोरोनाको संक्रमण फैलिने खतरा बढेपछि जोखिम हुने भन्दै यार्सा संकलनमा रोक लगाएको थियो स्थानिय तहले पनि यार्सा संकलन गर्नमा रोक लगाएको थियो तर यसबर्ष भने कुनै सुचना जारी गरेको छैन

जिल्लाको उत्तरी भेगमा खाद्यान्न कम उत्पादन हुने आय स्रोतका अन्य माध्यम नहुँने भएकाले यार्सा जडीबुटी संकलन नै मुख्य आयस्रोतको आधार रहेको आम्दानीको मुख्य स्रोत यार्सा भएपछि यस क्षेत्रका बासीन्दाहरु परिवार सहित यार्सा संकलनका लागी घरमा ताला लगाएर बैशाख देखि असार मसान्तसम्म तीन महिना लागी लेकतिर जाने गरेका छन्

जंगलमा सबै एकै ठाँउ नहुने यार्सा संकलन गर्दा अलग अलग जानु पर्ने भएकाले कोरोनाको जोखिम भने कम हुने यार्सा संकलकहरुको भनाई यार्सा संकलन गर्ने पाटनहरुमा हिँउ पग्लीन थालेपछि संकलकहरु वन क्षेत्रमा जाने क्रम बढेको सुर्मा गाँउपालिकाका प्रेम बहादुर बोहराले बताए

केही बर्ष यता यार्सा खासै पाईएको छैन गत बर्ष यार्सा संकलनमा नै रोक लगायो यार्सा संकलन गर्न नपाउँदा रोजीरोटी खोसियो बोहरा भन्छन्यस बर्ष यार्साको उत्पादन राम्रो हुने देखिएपछि लेकतिर जानेको घुईचो लाग्न थालेको यस बर्ष भोकमरी हुने भएका कारण पनि यार्सा संकलन गर्न लेक तिर जानु पर्ने बाध्यता रहेको

 

बुङगल नगरपालिकाका धौलाढुङगा, चुफी, कालीगाड, छरछरे, जलजला, निलखट्टी, ठाडे सुर्मा साईपाल गाउँपालिका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुंगा, माझा, फरालखेत, कालापानी, राइढुंगी स्याङवन, लगायतका वन क्षेत्रमा यार्सासंकलकहरु पुगि सकेका छन् बर्षभरीको परिवारको खर्च जोहो गर्न घरमा ताला लगाएर लेक तिर जाने गरेको साईपाल गाँउपालिका वडा नं का बसन्त बोहराले बताए रोजगारी केहि छैन, आय आर्जन गर्ने माध्यम नै यार्सागुम्बा जडिबुडि हो उनले भनेगत बर्ष लकडाउनका कारण वन क्षेत्र बन्द हुँदा संकलन गर्न सकिएन घर खर्च चलाउन धौ धौ भयो

यार्सा संकलनबाट मात्रै एक परिवारले तीन महिनाको अवधिमा लाख देखि लाख जति आम्दानी गर्ने गरेका छन् यार्सा तथा जडिबुडि संकलन नगरे भोकमरीको चपेटामा परिने गरेको उनको भनाई   

  सुर्मा गाँउपालिकाका अध्यक्ष नर बहादुर बोहरालेस्थानीयहरुको मुख्य आय स्रोत भनेको नै यार्सा भएका कारण रोक लगाउन वा बन्द गर्न नसकिने बताए गाँउपालिकाले अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड प्रयोग गर्न अनुरोध गरेको बाहिर जिल्लाबाट यस बर्षको बन्दा बन्दीमा मान्छेहरु नआउने भएकाले त्यती जोखीम नहुने उनको भनाई

गत बर्ष जिल्ला विपद व्यवस्थापन समितिले बन्द गर्न भनेकाले यर्सा संकलनमा रोक लगाईएको भए पनि यसबर्ष संकलन कार्य रोक्ने रोक्नेबारे कुनै जानकारी नआएको डिभिजन वन कार्यलय बझाङका कार्यलय प्रमुख कर्ण बहादुर खातीले बताए

(राजधानीडेली डटकमबाट साभार )