धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

एसईईको नतिजाको  लागि बिद्यालयले असार २० भित्र  बिद्यार्थीको प्राप्ताङक पठाइसक्नु पर्ने

कक्षा १० का बिद्यार्थी मुल्याङकन, नतिजा प्रकाशशन तथा प्रमाणीकरण कार्यबिधि २०७८ बमोजिम बिद्यार्थीहरुको आन्तरिक मुल्याङकन गरेर प्राप्ताङक पठाउन बोर्डले  सोमबार सर्कुलर  जारी गरेको हो ।

एसईईको नतिजाको  लागि बिद्यालयले असार २० भित्र  बिद्यार्थीको प्राप्ताङक पठाइसक्नु पर्ने

काठमाण्डौ ।  माध्यमिक शिक्षा परीक्षा (एसईइ) को नतिजा आन्तरिक मुल्याङकनक आधारमा  प्रकाशन गर्न  राष्ट्रिय परीक्षा बोर्डले असार २० गतेभित्र  बिद्यार्थीको प्राप्ताङक जिल्ला स्थित शिक्षा बिकास तथा समन्वय इकाईमा पठाइसक्न बिद्यालयहरुलाई निर्देशन दिएको छ । बोर्डले गत बर्ष पनि आन्तरिक मुल्याङकनका आधारमा नै एसइइको नतिजा प्रकाशन गरेको थियो ।

कक्षा १० का बिद्यार्थी मुल्याङकन, नतिजा प्रकाशशन तथा प्रमाणीकरण कार्यबिधि २०७८ बमोजिम बिद्यार्थीहरुको आन्तरिक मुल्याङकन गरेर प्राप्ताङक पठाउन बोर्डले  सोमबार सर्कुलर  जारी गरेको हो । बोर्डले कार्यबिधि २०७७ संशोधन गरे कार्यबिधि २०७८ जारी गरेको हो ।

विद्यालयले पठाएको आन्तरिक मुल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नु पर्ने बोर्डका अध्यक्ष प्रा डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसईईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारी लगायतको काम बोर्डले गर्ने भएको छ । कुनै अवरोध नभए बोर्डले एसईईको नतिजा आउँदो साउन १५ भित्र पुरा सार्वजनिक गर्न सक्ने र भदौदेखि कक्षा ११ को पढाइ सुरु गर्न सक्ने गर्ने गरी बोर्डले नतिजा प्रकाशनको तयारी गरेको जनाएको छ ।

कार्यबिधिको अनुसुचीमा समाबिष्ट फारामहरुमा बिधिको नम्बर भरेर पठाउनु पर्ने बोर्डले जनाएको छ ।

बोर्डले विद्यार्थीको आन्तरिक मुल्याङ्कन गर्न मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाउँदै विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जना सम्मिलित पाँच सदस्यीय समिति बनाएर उनीहरुले गरेको हस्ताक्षर सहितको अन्तिम मुल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने भएको छ ।

गएको वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभाबी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो । विद्यार्थीको अत्याधिक मुल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान बोर्डले राखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा त्यस मुल्याङ्कनलाई फिर्ता गर्न सक्ने प्रावधान परीक्षा सम्बन्धी कार्यविधिमा राखिएको बोर्डले जनाएको छ ।