हिमाल जोशी
आइतबार, २८ असार २०७७ मा प्रकाशित
धनगढी
आधुनिक सडक निर्माण गर्ने क्षेत्रीय शघन सहरी विकास कार्यक्रम अन्र्तगत अबको २ बर्ष भित्र धनगढीका सात वटा सडक निर्माण हुने भएका छन् ।
ती ७ वटा सडकको आईतबार निर्माण कम्पनी र परियोजना बिच सम्झौता गरिएको छ । गत वर्ष जेठमा टेण्डर आव्हान गरिएका सात वटा सडक गरेर १० किलाेमिटर १ सय ८७ मिटर र सो संगै २० किलाेमिटर चार सय ६६ मिटर नालीको निर्माणका लागि क्षेत्रीय शहरी विकास परियोजना प्रमुख परिक्षीत कडरिया र कालिका कन्स्ट्रक्सन प्रालिका प्रतिनिधी प्रकाशचन्द्र खरेल बिच सम्झौता भएको हो ।
यी आयोजनाका लागि ६८ करोड पा“च लाख ९८ हजार सात सय चार रुपैया लागत रहेको छ । संघीय आयोजना कार्यान्वयन ईकाई धनगढीका सूचना अधिकारी ईञ्जिनियर श्याम बुढाथोकीले सम्झौता भएको २१ दिनभित्र निर्माण कार्यको थालनी हुने बताए । उनले भने –‘सम्झौता मितिदेखि २१ दिनसम्म कामको तयारीका लागि निर्माण कम्पनिलाई समयावधि तोकिएको छ ।’
यहि साउन १८ गतेदेखि सडक तथा नाली निर्माणको काम अघि बढ्ने छ । यी सडक निर्माण कम्पनिले २०७७ साउन १८ गतेदेखि लागु हुने गरी २०७९ साउन १८ गतेभित्र (दुई वर्ष) मा सम्पन्न गरिसक्नुपर्ने सो सम्झौता पत्रमा उल्लेख छ ।
धनगढीमा पहिलो चरणमा निर्माण गर्ने सम्झौता भएका सडकमा धनगढी मेनरोड (ट्राफिक चौराहदेखि कैलाली नाला) एक किलोमिटर ३८ मिटर, प्रहरी गुल्मदेखि चर्चसम्म दुई किलोमिटर सात मिटर, र चटकपुरदेखि क्याम्पस गेटसम्म तीन किलोमिटर ६५ मिटर रहेका छन् । त्यस्तै, धनगढी–क्याम्पसगेट–जोखरताल सडक ७० मिटर, धनगढी–खुटिया (स्याउले) सडक अन्तरगत डाेभाेटी हाेटल देखि पिपलचाैतारा सम्म ८ सय ७० मिटर, हसनपुर रोड एक किलोमिटर १५ मिटर र मालपोत रोड ४३ मिटर रहेका छन् ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले पहिलो चरणको काम समयमै सम्पन्न भए दोस्रो चरणको कामको प्रारम्भ गरिने छ । उनले भने –‘हामी निर्माण कम्पनिले तोकिएकै अवधिमा काम सम्पन्न गराउनमा लागि पर्नेछौं, यसमा सबैको सहयोग आवश्यक छ ।’
एसियाली विकास बैंकले धनगढी उपमहानगरपालिकाका लागि सन् २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड रुपैया“ बजेटमा सवा १० किलोमिटर सडक मात्रै निर्माण गर्न सकिने भएकाले दुई चरणमा निर्माण गरिन लागेको आयोजनाका सूचना अधिकारी बुढाथोकीले बताए ।