इन्दु केसी
सोमबार, २९ असार २०७७ मा प्रकाशित
सुखड
बर्षाका हिलाम्य बनेको पहलमानपुर, लालबोझि सडकको घोडाघोडी नगरपालिकाले तत्कालै मर्मत गर्ने भएको छ ।
सडक हिलाम्य भएको भन्दै स्थानीयले आइतबार पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै नगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए । आइतबार नगरपालिकाले स्थानीयका माग लाई सम्बोधन गर्दै तत्कालका लागि सडक मर्मतगरी आवत जावतमा सहजता ल्याउने प्रतिबद्धता जनाएको हो ।
सोमबार विज्ञप्ति जारी गर्दै घोडाघोडी नगरपालिकाले पहलमानपुर लालबाुझि सडक तत्काल मर्मत गरी दिर्घकालिन रुपमा सडकको स्तरउन्नती गर्ने जनाएको हो । हिलाम्य सडकका कारण आवतजावतमा समस्या भएको भन्दै आइतबार घोडाघोडी नगरपालिका–११ का स्थानीयले एक घण्टाका लागि पहलमानपुर मा पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध गरेका थिए ।
स्थानीयले सडकको तत्कालै स्तरउन्नती गरी आवत जावतमा सहजता ल्याउनुपर्ने माग सहित आइतबार बिहान १ घण्टा पूर्व पश्चिम राजमार्ग अबरुद्ध गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएका थिए ।
पहलमानपुर लालबोझी सडक खण्ड अन्तर्गत घोडाघोडी नगरपालिका–११ आम्बासा र जवलपुर सडक हिलाम्य हुदा हिडडुल गर्न निकै सास्ति भएको भन्दै स्थानीयले आइतबार पूर्वपश्चिम राजमार्गनै अवरुद्ध गरेका थिए ।
‘कान्द्रा नदीका कारण सुख्खड बजार जान नसकेपछि हाम्रो नजिकको बजार भनेकै पहलमानपुर हो’ घोडाघोडी १२ का स्थानीय बुधिराम चौधरीले भने–‘सडकका कारण त्यहाँ जान नसक्ने अवस्था आएको छ, गाउँमा कोही बिरामी परे अस्पताल लैजानै समस्या भएको छ ।’ उनले वडा न ११ का स्थानीय भन्दा पनि १२ का स्थानीलाई सडकका कारण निक्कै समस्या भएको बताए ।
घोडाघोडी–११ का अध्यक्ष दान सिंह जोगीका अनुसार वडा नम्बर–१२ का स्थानीयले समेत प्रयोगगर्ने लालबोझि, पहलमानपुर सडक हिलाम्य र खाल्डोमा परिणत भएको छ । खास गरी सडकमा ठुला मालबाहक सवारीको आवतजावतका कारण सडकको हालत विग्रेको हो । ठुला सवारीरोक्ने प्रयास भएपनि सो प्रयास भने सफल नभएको उनले बताए ।
पटक पटकको प्रयास पछि यता घोडाोडी नगरपालिकाले सडक मर्मत गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार एक बिज्ञप्ति जारी गर्दै नगरपालिकाले उक्त सडक खण्ड मर्मत गर्ने प्रतिबद्दता जनाएको हो ।
पहलमानपुर लालबोझी सडक खण्ड हिलाम्य भएपछि सवारी साधन चलाउन समस्या भएको गुनासो गर्दै आएका स्थानीयले विजयराज स्वारको संयोजकत्वमा गठित संघर्ष समिति निर्माण गरी नगरपालिका लाई ज्ञापन पत्र बुझाएको थियो ।