धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

खोला तर्न नसक्दा छुट्छ विद्यालय

खोला तर्न नसक्दा छुट्छ विद्यालय

पुष्कर पौडेल, धनगढी । कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ तुडेपानीकी १२ वर्षीया करिश्मा बिक कक्षा ६ मा अध्ययन गछिन् । उनी समैजी आधारभूत विद्यालय जगातीमा अध्ययन गछिन् । उनी विद्यालय जाँदा दैनिक घर नजिकैको काले खोला तर्दै विद्यालय पुगछिन् । 

‘बिहानै उठेर खोला हेर्छु । खोला छैन् भने घर फर्किएर कापी कलम लिन्छु अनि स्कुल जान्छु । खोला छ भने घरै बस्छु । खोला आयो भने त्यस दिनको परीक्षा पनि छुट्छ पढाइ नी छुट्छ,’ उनले भनिन् । 

खोला आएको बेला आफुहरु तर्ने नसक्दा आमाबुवाले खोला तारिदिएपछि मात्रै विद्यालय जाने गरेको उनले दुखेसो गरिन् । उनले भनिन्,‘वर्षातमा खोलामा कम्मरभन्दा माथि सधैँ पानी हुन्छ, हरेक दिन भिजेको पोशाकमा विद्यालयमा पढ्नुपर्छ ।’

उनी त एउटा प्रतिनिधी पात्र मात्रै हुन् ।उनी जस्तै अरु विद्यार्थी पनि खोला तरेरै विद्यालय जान बाध्य छन् । कक्षा ६ मा अध्ययनरत ११ वर्षीय विद्यार्थी प्रेमघर्ती मगरले भने,‘कालेखोला आयो भने तर्न धौँ हुन्छ गाह्रो पर्छ । ठूला मान्छेसँग तर्नुपर्छ । तर्न नसक्दा तीन महिना जति बिद्यालय छुट्छ ।’

विद्यार्थी मात्रै होइन, शिक्षकलाई समेत दैनिक खोला तर्नुपर्ने बाध्यता छ । समैजी आधारभूत विद्यालयका शिक्षक मदन बिकले तुडेपानी र बार्जुगडाका विद्यार्थीलाई विद्यालय जाँदा खोला तर्नुपर्दा आफु सँगै ल्याउने लैजाने गरेको बताए । 

‘खोलामा मैले आफै साना विद्यार्थीहरूलाई काँधमा बोकेर र हात समातेर ओहोरदोहोर गर्छु । मलाई देखेसि अभिभावक ढुक्क हुन्छन् । ठूलो खोला आयो भने विद्यालय नै छुटछ । विद्यार्थीको पढाइ पनि छुटछ । खोलो ठूलो छ विद्यार्थीको शिक्षामा धेरै मर्का पर्छ । पुल नहुँदा यो बाध्यता बनेको छ ।

वर्षौंदेखि पुलको माग गर्दा पनि सुनुवाइ भएको छैन् ।’ वर्षातको समयमा खोला बढ्दा कतिपय विद्यार्थीहरू स्कुल नै नजाने गरेको उनले सुनाए ।
दैनिक खोला तर्दा जोखिम मोलेर तर्नेुपर्ने बाध्यता रहेको अभिभावकहरु बताउँछन् ।

अभिभावक सन्तोषी बिकले खोला ठूलो आएको बेला बालबालिकाहरु विद्यालय जानबाट बचित हुने गरेको बताइन् ।

‘खोला ठूलो छ दैनिक पिडियुमा बोकेरै वारीपारी गछौँ । ठूलो बाढी आयो भने खोला हेछौँ घर फकिन्छौँ । सानो छ भने पारी ताछौँ । खोला ठूलो छ भने फकाएर घर लैजान्छौँ । गाह्रो हुन्छ । दिनकै २० जना बालबालिकालाई खोला ताछौँ,’ उनले भनिन् ।

पुल भइदिए आफूहरु लाई वारीपारी गर्न सहज हुने उनको भनाइ छ । काले खोलाले गर्दा असार, साउन र भदौसम्म तुडेपानी र बार्जुगडाका विद्यार्थीहरु पढ्न जादैनन् ।

१०८ जना विद्यार्थी रहेकोमा पानी आएका दिन ३०÷४० जना विद्यार्थी मात्रै विद्यालय आउने गरेको शिक्षक योगेन्द्र देउवाले बताए । ‘कुनै कक्षामा त विद्यार्थी नै हुदैनन् । त्यसै फकिनुपर्छ,’ उनले भने ।

खोलामा पुल नहुँदा त्रैमासिक परीक्षामा पनि विद्यार्थीहरू अनुपस्थित भएको उनले बताए । 

स्थानीयहरु वर्षौंदेखि खोलामा पुलको माग गर्दै स्थानीय तह, जिल्ला र प्रदेशका कार्यालयमा धाउँदैछन् तर सुनवाइ भएको छैन् । स्थानीय हेमराज बिष्टले राज्यले हेर्ने फरक दृष्टिकोणले गर्दा अहिलेसम्म झोलुङगे पुल समेत नपाएको बताए । झोलुङ पुल नहुँदा दैनिक जिविकको प्राज्जन गर्न समेत समस्या भएको उनले बताए । 

‘बर्खामा खोला तर्न नसक्दा चार महिनासम्म भोक भोकै बस्नुपर्छ । पुलका लागि वर्षेनी विभिन्न निकायमा माग गछौँ । हाम्रा माग फारम रद्धिका टोकरीमा फाल्दा अहिले सम्म पुल पाएनौँ,’ उनले भने ।

सरकारले जहिले पनि हामीहरु माथि उपेक्षा गरेको उनले दुखेसो गरे । अहिलेसम्म राज्यले दिने कुनै पनि सेवा सुविधा नपाएको उनले बताए । ‘राज्यले हेर्ने दृष्टिकोण हामी माथि सम्मान छैन् । हामी पिडित छौँ ।’

चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले भने,‘हामीले प्रत्येक वडालाई बजेट दिया छौँ अहिले । वडाले कहाँ हाल्छ के–के गर्छ । पालिकाबाट त्यस्तो बजेट छैन् अहिले । त्यही ठाँउको बाटोमा हाल्याछौँ त्यही बाटोमा हाल्या रकम हाल्नुप¥यो । त्यो माग पनि गाउँपालिकामा गए जस्तो लाग्ने ।

यस विषयमा बसेर छलफल गरेर समस्या समाधान गर्न उनले बताए । ‘सानो तिनो काठे पुल हामी आफै हाल्छौँ,’उनले भने,‘झोलुङ्गे पुलका लागि अलि बजेट धेरै चाहिन्छ झोलुङ्गे पुल सँग कोडिनेसन गरेर गर्नुपर्ला ।’