धनगढी पोष्ट
सोमबार, ०४ भदौ २०८१ मा प्रकाशित
इमानदारिता, गुणस्तयिता र ग्राहकमैत्री व्यवहारका कारण नै आज भन्दा ५१ बर्ष अघि बिराटनगरबाट धनगढी आएर व्यापार शुरु गरेका गौरीशंकर राठीको राठी इन्टरप्राइजेज अहिले सुदुरपश्चिमकै एक प्रमुख हार्डवेयर सप्लायर बनेको छ, सुदुरपश्चिमको बिकासमा योगदान पुरयाइरहेको छ । २०३६ सालमा बिराटनगरबाट जुटको बोरा ल्याएर धनगढीमा खाद्य मिलहरुलाई बिक्री गर्न शुरु गरेको राठी इन्टरप्राइजेज अहिले घर निर्माणका लागि आवश्यक सबै सामाग्री (बिल्डिङ मटेरियल्स), सीपी फिटिङस र घरमा चाहिने प्लाष्टिकका सामानहरु एकै थलोबाट उपलव्ध गराइरहेको छ ।
व्यापारिक परिवारमा बिराटनगरमा हुर्किएका राठी २०३६ सालमा व्यापार गर्नकै लागि धनगढी आएका हुन् । धनगढीमा दुगडको मिलमा कार्यरत आफ्ना दाजु रामगोपाल राठीले बोलाएपछि धनगढी आएका हुन् । ‘मैले बिराटनगरमा व्यापार गर्न राठी इन्टरप्राइजेज दर्ता गराएको थिएँ । त्यही बेला मेरा दाइ (रामगोपाल ) ले धनगढीमा व्यापार गर्न आइजा भनेर बोलाउनु भयो ।’ गौरीशंकर भन्छन् ‘अनि भारतको बाटो हुदै तीन दिनमा धनगढी पुगे र काम गर्ने सोच बनाएँ । धनगढीमा खाद्यान्न मिलहरु मात्र रहेको, भारतीयहरुले जुटका पुराना बोराहरु महंगो (२० रुपैया ) मा दिइरहेकाले बोराकै काम गर्ने सोच बनाएँ । म बिराटनगर गएर मिलहरुमा कुरा गरें र भारतको बाटोबाट ल्याएर काम शुरु गरें । भारतीहरु पुराना बोरा २० मा दिन्थे, मैले नया बोरा १२ रुपैयामा दिएपछि राम्रै कारोवार भयो ।’
‘तर केहीपछि प्लासिटकको बोरा आउन थाल्यो । प्लाष्टिकको बोरा ४०, ६० किलो पनि उठाउन सकिन्थ्यो । जुटको बोरा शय किलो उठाउनु पथ्र्यो ।’ गौरीशंकर भन्छन् ‘त्यसैले यो महंगो पर्न थाल्यो । अनि गल्ला व्यापारी प्लाष्टिकको बोरातिर लागे, मेरा व्यापार घट्यो । अनि मल बोराको कारोवार सकिदैन भनेर २०३८ चिया र बिस्कुटको एजेन्सी लिएर कारोवा शुरु गरें ।’
थप व्यापारका लागि गौरीशंकरले धनगढीमा नपाइने चीजको खोजी शुरु गरे । त्यो बेला धनगढीमा मैदा पाइदैन थियो । ‘मैदा कही पाइए पनि एक किलोमा किरा भएको पुरानो स्टक मात्र पाइन्थ्यो । अनि म लुम्बिनी फलवार मिल भैरहवा गएँ । तर मिलले धनगढीमा डिपो खोलेर बन्द गरिसकेको हो, मैदा बिक्दैन भन्यो ।’ गौरीशंकरले भने ‘तपाई आफ्नो जोखिममा लिनु हुन्छ भने लिनुस् भन्यो । तपाई माल दिनुस, म रिस्क लिन्छु भने । अनि माल लिएर आएँ ।’ यसरी शुरु गरेको मैदा र आटाको कारोवार शुरु उनले १५ बर्षसम्म गरे ।
केही समयपछि उनले फलामको काम पनि शुरु गरें । पसलमा आउने ग्राहकहरुले सरिया पनि ल्याउनुस भन्न थालेपछि गौरीशंकरले फलामको काम शुरु गर्ने सोच बनाए । ‘त्यो बेला घर त धेरै बन्दैन थिए । तर जसले बनाउथे, उनीहरुलाई सरिया पाउन गाह्रो थियो, भारतबाट ल्याउन गाह्रो थियो ।’ गौरीशंकर भन्छन् ‘अनि मैले सरियाको कारोवार २०३९ तिर नै शुरु गरिहाले ।’ उनले नेपालकै पुर्वतिरबाट सरिया ल्याएर बिक्री गर्थें । त्यो बेलामा साल्ट ट्रेडिङले मात्र सरिया बेच्थ्यो, त्यो पनि सीमित संख्यामा मात्र । कसैलाई एक क्वीन्टल, कसैलाई दुई क्वीन्टल मात्र दिन्थ्यो ।
फलामको माग बढिरहेको थियो । त्यही बेला हुलासको कर्कट पाताको प्mयाक्ट्री खुल्यो । त्यसको पनि एजेन्सी लिए । हुलासको जस्तापाता पनि धेरै दिंदैन थिए । बढीमा एक गाडी दिन्थ्यो । पैसा पुगेपछि मात्र सामान दिन्थ्यो । त्यो बेलामा भारतका दुई बोर्डर नेपालका दुई बोर्डर पार गरेर सामान आउँथ्यो । गौरीफन्टा भएर धनगढी पुग्थ्यो सामान । उनी भन्छन् । ‘सही रेटमा सही सामान दिन थालें, अनि बिश्वास बढेर गयो ।’ ठेक्कातिर सामान दिन उनले कहिल्यै मन गरेनन् त्यो बेलामा पनि सामान चाहिदा सरकारी अधिकारी राठीमा पठाउथे, सामान राम्रो पाइन्छ भनेर ।
फैलिएको व्यापार
अहिले राठी इन्टरप्राइजेज सुदुरपश्चिमको एक प्रमुख बिल्डिङ मटेलियल्स पाइने केन्द्र बनेको छ । अहिले राठी इन्टरप्राइजेजमा घर निर्माणका लागि आवश्यक पर्ने सबै बस्तुहरु सरिया, सिमेन्ट सहित टायल्स, सेनेटरी, सीपी फिटिङ र प्लाष्टिकका सामानहरु घर पाइन्छन् । पछिल्लो पटक कजरियाको सुविधासम्पन्न शोरुम पनि सँचालनमा ल्याएको छ ।
कर कार्यालयबाट सम्मानित
व्यापार बढाउदै लगेसँगै कारोवार मात्र बढेको छैन, राठी इन्टरप्राइजेजले सरकारलाई ठुलो कर तिरेर देश बिकासमा पनि योगदान पुरयाइरहेको छ । आन्तरिक राजश्व कार्यालयले व्यापार क्षेत्रबाट सबै भन्दा बढी कर तिरेकोमा राठी इन्टरप्राइजेजलाई २०७९मा सम्मानित गरेको छ ।
जब ट्रकमा ड्रग भेटियो
त्यो बेला नेपालको बाटो थिएन, इण्डियाको बाटो सामान ल्याउनु पथ्र्यो । ‘२०४२ सालमा एक पटक बिराटनगरबाट ट्रकमा लोड भएर सामान आउदा डाइभर र बिराटनगर पारी भारतको मान्छेको मिलोमतोमा लागु औषध पनि आएको रहेछ । आउदा वा जादा बीच बाटोमा खाली गर्ने उनीहरुको योजना रहेछ ।’ गौरीशंकर भन्छन् ‘गौरीफन्टामा भारतीय भन्सारले जाच गरेर समातेर लखनउ लगे ।’ तीन महिना केस चल्यो । भएको के रहेछ भने कसैले स्मग्लिङ गर्नको लागि टकमा डग राखेको रहेछ । त्यस्तो भेटेपछि भारतीय प्रहरीले समातेका रहेछन् । ‘शुरुमा त मलाई नै बेइमान ठाने । तर डाइभर गाडीवाला दुवैले सत्य भनेपछि मेरो दोष नरहेको थाहा भयो ’ गौरीशंकर भन्छन् ।
धनगढीमा बाघ आउथ्यो
२०३६ सालतिर धनगढीमा बजार नै थिएन । त्यो बेलााके अन्चल प्रहरीदेखि प्रशासनसम्मको बीचमा बजार थियो । चौराहमा त जंगल थियो । राठीका अनुसार त्यो बेला अहिलेको धनगढीको चौराहमा बाघ आउँथ्यो । एउटा बाच्छोलाई त समातेर नै लगेको हो बाघले । ‘म मेघराज जीको घरमा बसेको थिएँ । बिहान साइकल लिएर पसलमा आउथे । साझ अध्यारो हुनु भन्दा अघि नै घर पुगिसक्थे ।’ गौरीशंकर भन्छन् ‘सडकमा कोही हुदैनथे, अनि डर लाग्थ्यो ।’
धनगढीवासीको माया
राठीका अनुसार त्यो बेला धनगढीम साह्रै कम मानिस थिए । तर आपसमा प्रेम साह्रै राम्रो थियो । राठी भन्छन् ‘त्यसैकारण नै म धनगढीमा स्थायी रुपमा बस्न थालेको हुँ । राम्रो बोल्थें, राम्रो व्यवहार गर्थे अनि धनगढीवासी सबैसँग प्रेम भयो ।’
दिनभिर आवामा
बिराटनगरबाट सामान कुरा गरिारख्नु पथ्र्यो । कुरा गर्ने एक मात्र माध्यम आवा थियो । त्यसका लागि आवा अफिसमै जानु पथ्र्यो । गौरीशंकरको अनुभव छ ‘आवा अफिसमा घण्टौं बस्थे, कहिले त दिनभरि बस्नु पथ्र्यो, अनि पालो आउथ्यो ।’ सञ्चारको अरु कुनै साधन थिएन । बिराटनगर जानु परेमा इण्डियाको बाटो जानु परयो । कुनै किनमेल गर्न परयो भने पलिया नै जानु परयो ।
व्यावसायिक नेतृत्व
व्यापार गरेर सुदुरपश्चिमवासीलाई सेवा मात्र दिएका छैनन् । कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा पुगेर व्यावसायिक नेतृत्व पनि गौरीशंकरले लिएका छन् । पदम बहादुर चन्द अध्यक्ष हुदा कार्यसमितिको सदस्य र दामोदर भट्ट अध्यक्ष हुदा सहसचिवको जिम्मेवारी सफलताका पुर्वक निर्वाह गरेका छन् ।
सामाजिक योगदान
व्यापार गरेर प्रदेशवासीलाई सेवा दिनुका साथै गौरीशंकरले सामाजिक बिकासमा पनि योगदान गरेका छन् । गौशाला निर्माणका लागि निन्तर सहयोग गरिरहेका गौरीशंकरले लक्ष्मीनारायण मन्दिरमा पनि सहयोग गरिरहेका छन् ।
जिम्मेवारी हस्तान्तरणको तयारी
२९ बर्षको उमेरमा कारोवार शुरु गरेका गौरीशंकर अहिले ७४ बर्षका भैसकेका छन् । अब बिस्तारै व्यापारिक जिम्मेवारी हस्तान्तरणको तयारीमा छन् । ‘बिस्तारै छोरा सुरेन्द्रले पनि काम शुरु गरयो । ब्यापार सम्हाल्न उ पनि तयार हुनु मेरो लागि राम्रो कुरा हो ।’ गौरीशंकर भन्छन् ‘बिस्तारै उसलाई (सुरेन्द्रलाई ) जिम्मा दिएर रिटायर हुने बिचार छ ।’