महेन्द्रनगर
कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित महाकाली अस्पतालमा नेपाली सेनाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने बिरामीको शव व्यवस्थापन बारे नमुना अभ्यास अर्थात डेमोस्ट्रेशन गरेको छ ।
सेनाको श्री नम्वर २५ बाहीनी अड्डा भगतपुर ब्यारेकले कोरोना भाइरसको संक्रमण बाट कुनै बिरामीको मृत्यु भएको अवस्थामा शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा डेमोस्ट्रेशन अभ्यास गरेको हो । सेनाको श्री नम्वर २५ बाहीनी अड्डा भगतपुर ब्यारेको टिमले शव वयवस्थापन गर्ने नमुरा अभ्यास नाट्य शैलीमा देखाएको छ ।
शव व्यवस्थापन गर्दा अपनाउनु पर्ने सुरक्षा मापदण्डलाई आत्मसाथ गर्दे सेनाले महाकाली अस्पतालमा अभ्यास गराइएको सेनाले जनाएको छ । कोभिडबाट मृत्यु भएका शव व्यवस्थापन कसरी गर्ने भन्ने र कसको कति दायित्व भन्ने कुरालाई जानकारी दिन अस्पतालमा अभ्यास गराइएको महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।
कोरोना भाइरसको जोखिम कायमै रहेकाले कोरोनाबाट विरामीको मृत्यु भइहालेमा शव व्यवस्थापन गर्नुपर्ने भएकाले सेना सँगको साझेदारीमा अस्पतालको स्वास्थ्य कर्मीको जानकारी स्वरुप अभ्यास गरिएको अध्यक्ष जोशीले बताए ।
अभ्यासमा अस्पतालको आइसोलेशन वार्डमा कोरोना लागेका व्यक्तिको मृत्यु भएपछि स्वास्थ्य र सुरक्षामा खटिने दुवै पक्षले व्यक्तिगत सुरक्षालाई उच्च सतकर्ता अपनाई मृत शरीरको व्यवस्थापन गरिएको कुरा देखाइएको थियो ।