मोहन जोशी
शनिबार, ३१ जेठ २०७७ मा प्रकाशित
धनगढी
क्वारेन्टिनबाट घर फकिएको एक हप्तापछि शनिबार बिहानै धनगढी उपमहनगरपालिका ३ का शिवम गुप्ता फेरि स्थित त्रिभुवन माविमा रहेको क्वारेन्टिनमा प्ुगे । यस पटक क्वारेन्टिन पुग्दा उनीसँग जेरी, समोसा, केरा, चिया र र पानीका कार्टुन थिए । बिहानै गुप्तालाई पुनः क्वारेण्टाईनमै फर्केको देख्दा त्यहा रातदिन खटिएका जनप्रतिनीधी, भारतबाट आएर बसेका व्यक्तिहरु अचम्मीत भए । तर १२ दिन क्वारेन्टिमा बसेर घर फर्एिका गुप्ता फेरि बस्न नभएर त्यहाँ रहेकाहरुलाई नास्ता खुवाउन क्वारेन्टिनमा पुगेका थिए ।
जनप्रतिनिधीहरुले क्वारेन्टिनमा रहेका नागरिकलाई धेरै भन्दा धेरै सेवा उपलब्ध गराउन विभिन्न संघ संस्था तथा व्यवसायीसंग गरिएको आग्रह क्वारेण्टिनमा बस्दा प्रत्यक्ष देख्दै आएको थिएं’ गुप्ताले भने – ‘आफुलाई उच्च जोखिममा राखेर क्वारेन्टिनमा रहेका नागरिकको सेवामा दिन रात नभनि खट्दै आएका जनप्रतिनिधीलाई धन्यवाद दिन म चिया र नास्ता सहित क्वारेण्टाईन पुगेको हुँ ।’ गुप्ताले क्वारेन्टिमा रहेका ८० जनालाई शनिबार बिहानको नास्ता खुवाएका हुन् ।
गुप्ता जेठ १२ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । धनगढी –३ त्रिभुवन माविमा निर्माण गरिएको नमूना क्वारेण्टाईनमा बसेका उनको दुई पटक सम्म ¥यापिट प्रविधीबाट स्वास्थ्य परिक्षण गर्दा कुनै समस्या नदेखिएपछि एक साता होमक्वारेण्टाईनमै बस्ने वाचा सहित स्वास्थ्य कर्मीले उनलाई जेठ २४ गते घर पठाएको थियो ।
घरमा एक साता बसिसकेपछि क्वारेन्टिनमा आफुले भोगेको सुविधा र असजिलो सम्झेर सेवा गर्न मन लागेको गुप्ताले बताए । त्रिभुवन माविको क्वारेन्टिनमा रहेको सुविधा सबैको सहयोगले सम्भव भएकोले त्यसमा आफुले पनि योगदान दिन चाहेको गुप्ताले बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–३ का अध्यक्ष बलबहादुर ऐरले क्वारेन्टिनबाट फर्केका नागरिक पुनः फर्केर अरुको सेवामा जुटेको देख्दा आफुहरुलाई हौसला मिलेको बताए । ‘शिवम गुप्ताले क्वारेन्टिनमा रहेका सबैलाई बिहानै खाजा र पानी खुवाएर गए’ अध्यक्ष ऐरले भने – ‘उनको जस्तै सहयोगी र संकटमा एक जुट भएर लाग्नु पर्छ भन्ने भावना भए संकटसँग सजिलै जुझ्न सकिन्छ ।’