धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
कैलाली  क्षेत्र नम्बर १

बिरासत जोगाउने  चुनौतिमा रन्जिता र रामजनम

थारु मत बिभाजित हुदा जीत हात पार्ने दाउमा एमालेका रावल

बिरासत जोगाउने  चुनौतिमा रन्जिता र रामजनम

धनगढी   कैलालीको निर्वाचन क्षेत्र नम्बर मा  नागरिक उन्मुक्ति पार्टी  गठबन्धनको साथ पाएको नेपाली काँग्रेस बिगतको आफ्नो बिरासत जोगाउन प्रयसारत छन् भने नेकपा एमाले थारु मत बिभाजित हुदा जीत हात पार्ने दाउमा

नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठ चौधरी आफ्ना श्रीमान रेशम चौधरीले २०७४ मा प्राप्त गरेको जित गत बैशाखमा भएको पालिकाको निर्वाचनमा  पार्टीले  प्राप्त गरेको जित जागाउनु पर्ने दवावमा छिन् भने काँग्रेसका उम्मेदवार रामजनम चौधरी २०४८ देखि प्राप्त गर्दै आएको जित  जोगाउने दवावमा छन्   नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल थारु मत  रन्जिता   रामजनमा बिभाजित हुदा जित आफ्नो पक्षमा हुने  आशामा छन्

 टीकापुर घटनालाई राजनैतिक मुद्धा बनाइनु पर्ने   पहिचानमा आधारित संघीयताको मुद्धा  बोकेर करिब एक बर्ष अघि रन्जिताकै अध्यक्षतामा गठन भएको नागरिक उन्मुक्ति पार्टीले  गत बैशाखमा कैलालीको टीकापुर क्षेत्रमा चार पालिकामा जित हासिल गरेको थियो   २०७४ मा भुमिगत रुपमा नै  कैलाली बाट उम्मेदवार बनेका रन्जिताका श्रीमान रेशम चौधरी अत्यधिक मतले बिजयी भएका थिए

  तर नागरिक उन्मुक्ति पार्टीका लागि कांग्रेसका रामजनम चौधरी चुनौती बन्ने देखिएका छन्   थारु बाहुल्यता रहेको सो क्षेत्रमा रामजनम चौधरी समुदायसँग भिजेका नेता हुन्

 रामजनम  २०४८ सालको आमनिर्वाचनमा कैलाली बाट २८ वर्षको उमेरमा सांसद भएका थिए तत्कालिन अवस्थामा कैलाली जिल्लामा निर्वाचन क्षेत्र थिए त्यसपछि पनि उनी २०५१, २०५६ २०७० मा प्रत्यक्ष तथा २०६४ मा समानुपातिक तर्फबाट पटकपटक सांसद बने, २०७० मा भने  कैलाली क्षेत्र नम्बर मा पराजित भएका थिए उनी २०५४ मा सामान्य प्रशासन सहायक मन्त्री, २०५५ मा शिक्षा राज्यमन्त्री, २०५८ मा भूमिसुधार राज्यमन्त्री २०७२ मा स्वास्थ्य मन्त्री भएका थिए

  टिकापुर नगरपालिकाको मेयर भइसकेका एमालेका उम्मेदवार रावल आफुले गरेका कामको मुल्याङ्कन जतनाले गर्ने पुनः मौका दिनेमा आसाबादी छन् दुई जना चौधरी समयदायका उम्मेदवारले प्रतिष्पर्धा गर्दा थारु मत विभाजन हुने पहाडी मत पाएर आफु चुनाव जित्ने रणनीति रावलको रहेको देशैभर एमाले प्रति जनलहर रहेका कारण आफुलाई चुनाव जित्न समस्या नहुने उनी बताउँछन्

स्थानीय तहमा पाएको मतले भने रामजनमलाई केही हौसला थप्न सक्दछ कैलाली क्षेत्र नम्बर मा शत्तारुढ गठबन्धन दलले वडा स्तरमा २२ हजार मत पाएको जहाँ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले १७ हजार मत मात्रै प्राप्त गरेका छन् एमालेले वडास्तरमा हजार शय मत प्राप्त गरेको थियो

२०७४ को निर्वाचनमा रेशमलाल चौधरीले नागरिकको सहानुभुति मत पाएका थिए तर अहिले रेशमको स्थानमा उनकी पत्नि उम्मेदवार छन् आम मतदाताले उनकी पत्नी रन्जितालाई कसरी हेरेका छन्, सो कुरा पनि महत्वपूर्ण हुन सक्दछ

 पहिचान सहितको संघीयता, टीकापुर घटनाको राजनैतिक रुपमा सम्वोधन, पछाडी पारिएका बर्गको अधिकारको सुनिश्चितता सहितका मुद्धा समेटेर जेलमा रहेका रेशमले आफ्नी श्रीमती रन्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टीको गठन गरेका थिए    नागरिक उन्मुक्तिले ती मुद्धा उठाउँदै टीकापुर  नगरपालिका, जोशीपुर गाउपालिका, भजनी नगरपालिका जानकी गाउपालिकमा जितेको थियो   सो जित कायमै राख्न रन्जिताको चुनौती

 रन्जिता आफु चुनाव जित्नेमा ढुक्क रहेको बताउछिन्   ‘गरिबका छोराछोरीलाई अधिकार मागेकै आधारमा जेलमा राखिएको , उनीहरुको न्यायका लागि मेरो उम्मेदवारी हो रन्जिता भन्छिन्  ‘हाम्रो गुमेको पहिचान फिर्ता ल्याउन पछाडी पारिएका वर्ग समुदायलाई राज्यको मुलधारमा ल्याउनका लागि मेरो उम्मेदवारी हो त्यसैले चुनाव जित्नेमा ढुक्क छु

कांग्रेसका उम्मेवार रामजनम गठबन्धनको साथ पहिचानको मुद्धामा आफुले खेलेको भुमिकाका कारण जित हुनेमा ढुक्क रहेको बताउँछन् क्षेत्र नम्बर को समग्र विकास टिकापुर घटनालाई किनारा लगाउन मेरो उम्मेदवारी हो रामजनम भन्छन्  टीकापुर घटनालाई मैले नजिकबाट बुझेको छु अदालति प्रक्रियाबाट मात्रै यो घटना समाधान हुनेवाला छैन यसलाई राजनीतिक तरिकाले समाधान गर्नु पर्ने हुन्छ त्यसका लागि मेरो पहल रहने

एमालेका उम्मेदवार रावल गठबन्धन नागरिकको मत आफुले पाउने बिजयी हुने बताउँछन् मैले स्थानीय तहमा गरेको काम सुरुवात गरेका विकासका कार्य जनताले देखेका छन् रावल भन्छन्अर्को कुरा राष्ट्रिय स्वाधिनता, देशको स्वाभिमान कायम राख्न नेकपा एमालेले खेलेको भूमिकाका कारण पनि जनआकर्षण एमालेप्रति बढेको त्यसैले चुनाव जित्ने छु

  नागरिक उन्मुक्ति पार्टी गठबन्धनप्रति जनताको बिश्वास घटेकोले आफ्नो जित हुने रावल बताउँछन्   रन्जिता रामजनममा  बहुसंख्यक रहेका थारु मत बिभाजन हुदा जित आफुले पाउने रावलको दावी