धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

शिवशिखर सहकारीका सञ्चालकलाई खोज्न प्रशासनले दियो प्रहरीलाई निर्देशन

शिवशिखर सहकारीका सञ्चालकलाई खोज्न प्रशासनले दियो प्रहरीलाई निर्देशन

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले शिवशिखर बहु उद्देश्यीय सहकारी संस्था लिमिटेड सेवाकेन्द्र धनगढीका सञ्चालक कर्मचारीलाई खोज्न प्रहरीलाई पत्र सहित निर्देशन दिएको

आइतबार शिवशिखर बहु उद्देश्यीय सहकारी संस्थामा पैसा वचत गरेका सर्वसाधारणले पैसा पिर्ताका लागि पहल गर्न प्रशासन संग आग्रह गरेका थिए शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था विरुद्ध बनेको संघर्ष समितिले करोडौं बचत फिर्ता नगरेर सञ्चालक कर्मचारी फरार रहेका भन्दै प्रमुख जिल्ला अधिकारी युवराज कटेलसंग पैसा फिर्ताका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका थिए

नागरिकको गुनासो सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कटेलले तत्काल शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था सेवा केन्द्र धनगढीका सञ्चालक जिम्मेवार कर्मचारीलाई खोज्न जिल्ला प्रहरी कार्यालय कैलालीलाई पत्र पठाएको संघर्ष समितिका सचिव नारायण पन्थीले बताए

शिवशिखर बहु–उद्देश्यीय सहकारी संस्था लिमिटेडको सेवा केन्द्र धनगढीमा करिव २६ हजार वचतकर्ता रहेको अनुमान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीज्यूले कसैको पनि वचत डुब्न नदिने आस्वासन समेत दिनु भएको , सचिव पन्थीले भने, ‘साथै सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी जिम्मेवार कर्मचारीलाई खोज्न प्रहरीलाई निर्देशन समेत दिनु भएको

उनले प्रशासन संगै धनगढी उप महानगरपालिका सुदूरपश्चिम प्रदेश सरकारलाई पनि समस्याका बारेमा जाकारी गराइएको बताए शिवशिखर सहकारी संस्था सेवा केन्द्र धनगढीको कार्यालयमा गत शुक्रबार देखि ताला लगाइएको

सेवा ग्राहीले कार्यालयमा ताला लगाएपछि कर्मचारी सञ्चालकको मोबाईल पनि स्वीच अफ रहेको भन्दै प्रशासनलाई खोजि दिन आग्रह गरेका हुन्