धनगढी पोष्ट मङ्गलबार, २६ चैत २०८१   April 8, 2025

धनगढीमा ट्याक्टरको ठक्करबाट विद्यार्थी गम्भिर घाईते, ट्याक्टर सहित चालक फरार

धनगढीमा ट्याक्टरको ठक्करबाट विद्यार्थी गम्भिर घाईते, ट्याक्टर सहित चालक फरार

धनगढी । धनगढीमा स्कुल जाँदै गरेकी बालिकालाई ट्याक्टरले ठक्कर दिंदा गम्भिर घाइते भएकिछन् ।
आइतबार बिहान घरबाट स्कुल जाने क्रममा नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिंदा १३ बर्षिय छात्रा सुस्मिता साउँद गम्भिर घाइते भएकिहुन् । उनि धनगढी–३ स्थित जनता आधारभुत मावि कक्षा ६ मा अध्ययनरत थिइन् । 
स्थानीयका अनुसार छात्रालाई ठक्कर दिएर ट्याक्टर मोहना नदि तर्फ भागेको थियो । ट्याक्टर तिब्र गतिमा भाग्दा नम्बर पहिचान गर्न नसकिएको प्रत्यक्ष दर्शिको भनाई छ ।

ट्याक्टरको ठक्करबाट गमिभर भाइते भएकि छात्रा साउँदको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए । 
‘प्रत्यक्ष दर्शिले प्रष्टरुपमा कुन कम्पिनिको ट्याक्टरहो भन्नेर ठम्म्याउन नसक्दा खोजतलासमा समस्या भएको हो,’ प्रबक्ता जोश्ीले भने, ‘सवै तिर प्रहरी परिचालन गरी ट्याक्टरको खोजि जारी छ ।’
यस अघि गत बिहीबार धनगढी स्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १६ बर्षिया चेतना साउँदको सडक निर्माणमा प्रयोग गरिएको ग्रेडर मुनि च्याप्पिएर मृत्यु भएको थियो ।
उनको मृत्यु पछि भएको आन्दालनका कारण दुई दिन सम्म धनगढी बजार क्षेत्र तानब ग्रस्त बनेको थियो । सो घटना सेलाउन नपाउँदै फेरी स्कुल जान लागेकि बालिकालाई ठक्कर दिएर ट्याक्टर सहिच चालक फरार भएका छन् ।