धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

निसर्गमा सिटी स्क्यान जडान, अब न्यूरो ट्रमा थप सबल

सुदूरपश्चिममै सिटी स्क्यान सहितको न्यूरो ट्रमा सेवा निसर्गमा शुरु भएको हो ।

निसर्गमा सिटी स्क्यान जडान, अब न्यूरो ट्रमा थप सबल

कैलाली । कैलालीको धनगढीमा रहेको अत्याधुनिक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिटी स्क्यान सहित न्यूरो ट्रमा सेवा सुदूरपश्चिममै पहिलो पटक शुरु भएको छ । यसअघि अन्य हस्पिटलमा सिटी स्क्यान सेवा भए पनि न्यूरो ट्रमा सेवा भने उपलब्ध थिएन ।

सुदूरपश्चिममै सिटी स्क्यान सहितको न्यूरो ट्रमा सेवा निसर्गमा शुरु भएको हो ।  निसर्ग हस्पिटलले गत फागुनमा न्यूरो ट्रमा सेन्टर स्थापना गरे पनि सिटी स्क्यान थिएन । बाहिरबाट सिटी स्क्यान गरेका बिरामीको न्यूरो सर्जरी भने अस्पतालले गर्दै आएको थियो ।

बाहिरबाट गरिएको सिटी स्क्यानका आधारमा अप्रेसन गरे पनि बिरामीको अवस्था थाहा पाउन पुनः सिटी स्क्यान गर्नु पर्ने भएकाले त्यसका लागि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा झण्झटिलो र जोखिम देखिएपछि आफै सिटी स्क्यान मेसिन जडान गरेको अस्पतालका अध्यक्ष तीर्थराज पन्तले बताए । 

हामीले सुदूरपश्चिममै पहिलो पटक न्यूरो ट्रमा सेवा शुरु ग¥यौँ, तीन महिनाको अवधिमै करिब ४८ जनाको अप्रेसन सम्पन्न भयो अध्यक्ष पन्तले भने,  ‘न्यूरो टिम हुँदा पनि सिटी स्क्यान नहुँदा केही अपुग जस्तो लाग्यो । अनि लकडाउनका बीच पनि सिटी स्क्यान मेसिन मगाएर जडान ग¥यौ ।

अमेरिकन जीई (GE)  कम्पनीको अत्याधुनिक सिटी स्क्यान मेसिन अस्पतालले साढे तीन करोडको लागतमा जडान गरेको हो ।    अस्पतालमा न्यूरो सर्जन डा सुरेश सापकोटा, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा सुमन थापा, मुख, अनुहार तथा बङ्गारा रोग विशेषज्ञ डा दीपक ठकुराठी र  एनेस्थेसियोलोजिस्ट डा हेमन्त ओझाको टिमले न्यूरो सर्जरी गर्दै आएको छ । 

न्यूरोका बिरामीहरु यसअघि रेफर गर्नुपर्ने अवस्था थियो, न्यूरो सर्जन डा सापकोटाले भने, ‘अब नेपालगञ्ज र काठमाडौंका कतिपय अस्पतालमा उपलब्ध हुने सेवा यही दिन सकिने भएको छ ।  निसर्ग हस्पिटलले कोरोनाको दोस्रो लहरसँगै  संक्रमितका लागि आईसीयूमा चार बेड, हाई केयर १२ बेड र  पाँच बेड कोभिड केयर सञ्चालन गरेको छ ।  कोरोनाको दोस्रो लहर फैलिएपछि अस्पतालले १ शय ७ जना संक्रमितको उपचार गरिसकेको छ ।   अहिले पनि अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ ।

अस्पतालले ११ आईसीयू, ६ भेन्टिलेटर र २५ शय्या जनरल बेड मार्फत सेवा दिइरहेको अध्यक्ष पन्तले बताए । तीन वर्ष अघि करिब पाँच करोडको लगानीमा सुरु भएको अस्पतालको लागत यतिबेला करिब २० करोड पुगेको छ ।  हाल अस्पतालमा विभिन्न विभागका १४ जना कन्सल्टेन्ट डाक्टर, ५ जना एमबीबीएस डाक्टर र प्यारामेटिसिन र नसिंङ गरेर सय जनाले सेवा दिइरहेका छन्  ।   आगामी केही समयभित्रै अस्पतालले एमआरआई सेवा सञ्चालन गर्ने योजना रहेको अध्यक्ष पन्तले जानकारी दिए ।