धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

बाजुरामा आईसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना पुष्टि

बाजुरामा आईसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना पुष्टि

हिमाल जोशी धनगढी,१८ जेठ बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा राखिएको बालिकाको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको छ । बुढिगंगा १ घर भएका २ बर्षिय बालिकाका आईतवार बिहान मृत्यु भएको थियो । उनको सेति प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको थियो । आईतवार दिउँसो आएको रिपोटमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ । मृतक बालिकाकि २३ बर्षिय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोट भने नेगेटिभ आएको छ । मृतक वालिका आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तिनै जनाको स्वाब धनगढी पठाईएको थियो । बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको आइसोलेसनमा राखिएकी बालिकाकोअबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा जेठ १५ गते साझँ राखिएको थियो । ८ दिन अगाडी उनको परिवार भारत बाट आएका थिए ।