अब गेटा आँखा अस्पतालमा मेशीनबाट मोतीबिन्दुको अप्रेशन

अब गेटा आँखा अस्पतालमा मेशीनबाट मोतीबिन्दुको अप्रेशन

धनगढी 

गेटा आँखा अस्पतालले कोभिड संक्रमण शुरु भएपछि मेसिनको प्रयोगबाट मोतीबिन्दूका विरामीको अप्रेसन गर्न थालेको छ । अस्पताल मातहतका ४ वटा उपचार केन्द्रमा मेशीनको प्रयोगले सर्जरी गर्न थालेपछि सवै उपचार केन्द्रमा विरामीको चाप बढेको छ । उपचार केन्द्रमा विरामिको संख्या बढ्दा चार वटा सर्जिकल सेन्टरहरु  आत्मनिर्भर हुने अवस्थामा पुगेका छन् ।

 गेटामा हामी पहिलेदेखि नै मेशीनरी सर्जरी गथ्र्यौ ।  गेटा आखा अस्पतालका निर्देशक डाक्टर सुरेश राज पन्तले भने  तर कोभिड १९ शुरु भएपछि सबै आँखा उपचार केन्द्रमा मेसिनको प्रयोग गरी मोतिबिन्दूको अप्रेसन सुरु गरेका छौं ।

मेशीनरी सर्जरी शुरु गरेपछि गेटाका सर्जिकल सेन्टरमा आउने बिरामीको संख्या बढेको छ  । यसले गर्दा ती उपचार केन्द्रहरु आत्मनिर्भर हुने अवस्थामा पुगेको डाक्टर पन्तले बताए ।  ओपीडीमा आउने बिरामीहरुको संख्या सबै सर्जिकल सेन्टरमा बढेको छ । निर्देशक पन्तले भने  त्यसले गर्र्दा ती केन्द्रहरुको आय बढेको छ र सक्षम हुने अवस्थामा पुगेका छन् ।

 डा. पन्तका अनुसार अहिले मोती बिन्दुका ७० देखि ८० प्रतिशत अप्रेसन मेशीनको प्रयोगबाट हुन्छ भने २० देखि ३० प्रतिशत हातले नै हुन्छ ।

गेटामा मेशीनको प्रयोगबाट अप्रेसन पहिलेदेखि नै हुने भए पनि कोभिडको  प्रकोपपछि   मेशीनरी सर्जरीलाई बढाइएको डाक्टर पन्तले बताए ।  हामीले गर्ने मेशीनरी सर्जरी बिश्वस्तरकै सेवा हो । पन्तले भने बिदेशमा  आँखाको  उपचारमा जुन सुविधा पाइन्छ, गेटामा पनि त्यही सुविधा  पाइरहेको छ ।

 गेटा आँखा अस्पतालको महेन्द्रनगर आँखा अस्पताल धनगढीको बुद्ध मन्दिर, टीकापुर र डडेल्धुरामा  सर्जिकल सेन्टर छन् भने सुदुरपश्चिमका सबै जिल्लामा आँखा उपचार केन्द्रहरु रहेका छन् । अहिले पालिकाहरुको सहयोगमा पालिकाहरुमा पनि आखा उपचार केन्द्र खोल्न शुरु गरेको छ ।  सर्जिकल सेन्टरमा आवश्यक सर्जरीका लागि गेटाबाट नै डाक्टरहरुको टीम जाने गर्दछ ।

१९७९ मा   बिश्व स्वास्थ्य संगठनले नेपाल सरकारसँग मिलेर गरेको  सर्वेक्षणमा  सुदुरपश्चिममा सबै भन्दा बढी अन्धोपन भेटिएपछि गेटा आखा अस्पतालको स्थापना गरिएको हो । नर्वेजियन सरकारको सहयोगमा सँचालित आँखा अस्पतालको  निर्देशक शुरुमा नर्वेजियन डाक्टर नै हुने गरेका थिए । तर सन् २००४ देखि अस्पताल आत्मनिर्भर भएर सञ्चालन भैरहेको छ ।

  गेटा आखा अस्पताल र त्यसका उपचार केन्द्रहरुमा प्रत्येक बर्ष २ लाख भन्दा बढी आखाका बिरामीहरुको उपचार हुने गरेको छ ।  पछिल्लो समयमा आखाको जाचका लागि आउने नेपालीहरुको संख्या बढे पनि आखाको अप्रेसन गराउनेको संख्या भारतीयहरुको नै बढी छ । 

 गेटा आखा अस्पतालले  प्रत्येक बर्ष  सुदुरपश्चिमका बिभिन्न जिल्लामा आखा शिविरहरु पनि सँचालन गर्दै आएको छ । यसबाहेक  बिद्यालयमा नै गएर बिद्यार्थीहरुको निःशुल्क आँखा  जाँच गर्ने र आवश्यक भएमा चश्मा पनि निःशुल्क दिने गरेको छ ।