धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदुरपश्चिमममा सबै भन्दा कम अन्धोपन

५० बर्ष भन्दा माथिका व्यक्तिहरुमा सुदुरपश्चिममा सबै भन्दा कम शुन्य दशमलब ६ प्रतिशतमा अन्धोपन देखिएको हो ।  सबै भन्दा बढी प्रदेश २ मा १ दशमलब ३ प्रतिशतमा अन्धोपन देखिएको छ ।

सुदुरपश्चिमममा सबै भन्दा कम अन्धोपन

धनगढी  । सुदुरपश्चिम प्रदेशमा देशभरिमा सबै भन्दा कम अन्धोपन रहेको एक अध्ययनले देखाएको छ । अन्धोपन निवारणका लागि अन्तरराष्टिय एजेन्सीको सहयोगमा देशभरि ५० बर्ष भन्दा माथिका व्यक्तिहरुमा गरिएको अध्ययनमा सुदुरपश्चिम प्रदेशमा सबै भन्दा कम शुन्य दशमलब ६ प्रतिशतमा अन्धोपन देखिएको हो । 

 स्थापना भएको समयदेखि अहिलेसम्म गरेको गेटा आखा अस्पतालले कार्यको प्रतिफल देखिएको छ । गेटा आखा अस्पतालका निर्देशक डाक्टर सुरेश राज पन्तले भने   यो  पुरै प्रदेशका लागि गोरबकको बिषय हो ।

 सन् २०२० अप्रिलदेखि  २०२१ अप्रिलसम्म सात वटै प्रदेशमा अध्ययन गरिएको थियो । अध्ययनमा अनुसार बागमती प्रदेशमा शुन्य दशमलब ६५ प्रतिशत, गण्डकी प्रदेशमा शुन्य दशमलब नौ प्रतिशत, प्रदेश १ मा शुन्य दशकलब ८५ प्रतिशत, कर्णाली प्रदेशमा शुन्य दशमलब ९५ प्रतिशत, लुम्बिनी प्रदेशमा एक दबमलब ७५ प्रतिशत र प्रदेश २ मा १ दशमलब ३ प्रतिशतमा अन्धोपन देखिएको छ ।

 अन्धोपन निवारणका लागि अन्तरराष्टिय एजेन्सीको सहयोगमा सुदुरपश्चिममा गेटा आखा अस्पतालले र अन्य प्रदेशमा सम्वन्धित प्रदेशका आखा अस्पतालले अध्ययन गरेका हुन् । 

१९७९ मा   बिश्व स्वास्थ्य संगठनले नेपाल सरकारसँग मिलेर गरेको  सर्वेक्षणमा  सुदुरपश्चिममा सबै भन्दा बढी अन्धोपन भेटिएपछि गेटा आखा अस्पतालको स्थापना गरिएको हो । नर्वेजियन सरकारको सहयोगमा सँचालित आँखा अस्पतालको  निर्देशक शुरुमा नर्वेजियन डाक्टर नै हुने गरेका थिए । तर सन २००४ देखि अस्पताल आत्मनिर्भर भएर सञ्चालन भैरहेको छ ।

 निर्देशक  पन्तले अनबरत रुपमा गरेको मेहनत, बर्षेनी सँचालन गरिएका क्याम्पहरु र  प्रत्येक दिन सयौंको संख्यामा गरिएका अप्रेशनहरुको प्रतिफल स्वरुप अन्धोपन घटेको बताए । अहिलेसम्म गरिरहेका कार्यहरु निरन्तरता दिन्छौं, त्यसबाहेक थप सेवाहरु पनि बिस्तार गर्छौ ।  निर्देशक पन्तले भने अहिले पनि मोतीबिन्दू सबै भन्दा ठुलो समस्या छ । त्यसपछि नानीमा दाग भएको कारण र जलबिन्दुका कारण अन्धोपन भएको देखिन्छ । त्यसलाई पनि फोकस गरेर कार्यक्रम सँचालन गर्छौ ।

  गेटा आखा अस्पताल र त्यसका उपचार केन्द्रहरुमा प्रत्येक बर्ष २ लाख भन्दा बढी आखाका बिरामीहरुको उपचार हुने गरेको छ ।  पछिल्लो समयमा आखाको जाचका लागि आउने नेपालीहरुको संख्या बढे पनि आखाको अप्रेसन गराउनेको संख्या भारतीयहरुको नै बढी छ ।

 गेटा आखा अस्पतालले  प्रत्येक बर्ष  सुदुरपश्चिमका बिभिन्न जिल्लामा आखा शिविरहरु पनि सँचालन गर्दै आएको छ । यसबाहेक  बिद्यालयमा नै गएर बिद्यार्थीहरुको निःशुल्क आँखा  जाँच गर्ने र आवश्यक भएमा चश्मा पनि निःशुल्क दिने गरेको छ ।

गेटा आँखा अस्पतालले कोभिड संक्रमण शुरु भएपछि मेसिनको प्रयोगबाट मोतीबिन्दूका विरामीको अप्रेसन गर्न थालेको छ । अस्पताल मातहतका ४ वटा उपचार केन्द्रमा मेशीनको प्रयोगले सर्जरी गर्न थालेपछि सवै उपचार केन्द्रमा विरामीको चाप बढेको छ । उपचार केन्द्रमा विरामिको संख्या बढ्दा चार वटा सर्जिकल सेन्टरहरु  आत्मनिर्भर हुने अवस्थामा पुगेका छन् ।

 गेटामा हामी पहिलेदेखि नै मेशीनरी सर्जरी गथ्र्यै ।  निर्देशक पन्तले भने  तर कोभिड १९ शुरु भएपछि सबै आँखा उपचार केन्द्रमा मेसिनको प्रयोग गरी मोतिबिन्दूको अप्रेसन सुरु गरेका छौं ।मेशीनरी सर्जरी शुरु गरेपछि गेटाका सर्जिकल सेन्टरमा आउने बिरामीको संख्या बढेको छ  । यसले गर्दा ती उपचार केन्द्रहरु आत्मनिर्भर हुने अवस्थामा पुगेको डाक्टर पन्तले बताए ।  ओपीडीमा आउने बिरामीहरुको संख्या सबै सर्जिकल सेन्टरमा बढेको छ । निर्देशक पन्तले भने  त्यसले गर्र्दा ती केन्द्रहरुको आय बढेको छ र सक्षम हुने अवस्थामा पुगेका छन् ।

 पन्तका अनुसार अहिले मोती बिन्दुका ७० देखि ८० प्रतिशत अप्रेसन मेशीनको प्रयोगबाट हुन्छ भने २० देखि ३० प्रतिशत हातले नै हुन्छ । गेटामा मेशीनको प्रयोगबाट अप्रेसन पहिलेदेखि नै हुने भए पनि कोभिडको  प्रकोपपछि   मेशीनरी सर्जरीलाई बढाइएको डाक्टर पन्तले बताए ।  हामीले गर्ने मेशीनरी सर्जरी बिश्वस्तरकै सेवा हो । पन्तले भने बिदेशमा  आँखाको  उपचारमा जुन सुविधा पाइन्छ, गेटामा पनि त्यही सुविधा  पाइरहेको छ ।

 गेटा आँखा अस्पतालको महेन्द्रनगर आँखा अस्पताल धनगढीको बुद्ध मन्दिर, टीकापुर र डडेल्धुरामा  सर्जिकल सेन्टर छन् भने सुदुरपश्चिमका सबै जिल्लामा आँखा उपचार केन्द्रहरु रहेका छन् । अहिले पालिकाहरुको सहयोगमा पालिकाहरुमा पनि आखा उपचार केन्द्र खोल्न शुरु गरेको छ ।  सर्जिकल सेन्टरमा आवश्यक सर्जरीका लागि गेटाबाट नै डाक्टरहरुको टीम जाने गर्दछ ।