धनगढी पोष्ट
बिहिबार, ०१ बैशाख २०७९ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमकै प्रशिद्ध मेलामा पर्ने चतोली बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ मा सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने मेलामा तीन वटा लुङ्गो -काँकर_ को प्रदर्शनी र भकुण्डो चैतोलीका मुख्य आकर्षक मानिन्छन् । त्यसका अलावा देउडा गित र अन्य कार्यक्रम पनि चैतोलीका अवसरमा सञ्चालन हुने गर्दछन् ।
१३ दिन अघि पर्ने चैते कृष्ण औसी तीथीका दिन लेकबाट ल्याइने तीन वटा लुङ्गो (काँकर) लाई चैत शुक्ल त्रयोदशी तिथीमा प्रदर्शनी गर्ने गरिन्छ ।
१३ दिन अघि अर्थात कृष्ण औसी तिथीका दिन बझाङको बविस पाथिभेरा गाउँपालिका–२ र तीनका तीन गाउँ (बोहरा गाउँ, धामी गाउँ र मुम्ला गाउँ)का मानिस (पुरुष मात्रै) छुट्टाछुट्टै समुह बनाएर लेक तर्फ जाने गर्दछन् । तीन वटै गाउँलेको समुहले लेकमा तीन वटा धुपि सल्लाको लामो र बांङ्गो नभएको रुख (लुङ्गो) काट्ने गर्दछन् । सो रुखको फेदमा बोकाको बली समेत दिइने रिनछ ।
सो लुङ्गोलाई तीन वटै गाउँलले रातभरी बोकेर दोश्रो दिन आ–आफ्नो गाउँमा पु¥याउने गरिनछ । तर लुङ्गो गाउँ पुग्दा सम्म भाँचिएको हुन हुँदैन । गाउँ पु¥याउँदा सम्म लुङ्गोको टुप्पा सम्म कुनै असर भएको हुन हुँदैन । टुप्पाको केही अंस भाँचिएमा पनि अर्को रुख काट्ने प्रचलन छ । कहिले काँही बाटोमा लुङ्गो भाँचिने र फेरी अर्को रुख काटनुपर्ने अवस्था आएमा लेकमा गएका गाउँले तीन चार दिन सम्म पनि उतै बस्नु पर्ने अवस्था आउँछ । लुङ्गो ल्याउन गएका मानिसले सम्बन्धिन स्थानमा लुङ्गो नपु¥याइ घर फर्कन नपाइने परम्परा रहेको छ ।
औसिका दिन ल्याइएको लुङ्गोलाई तीन वटा गाउँलले १३ दिन सम्म सजाउने गर्द छन् । सजाइएको लुङ्गोलाई चैत शुक्ल त्रयोदशी तिथीमा प्रदर्शनी गर्ने गरिन्छ । चैतोली मेलामा बझाङ जिल्ला सहित सुदूरपश्चिमका सवै जिल्ला तथा भारतको उत्तर प्रदेशबाट समेत गरी १० हजार बढी मानिस आउने गर्द छन् । जहाँ महिला, पुरुष, बालबालिका, वृद्धवृद्धा सवैको उपस्थिती हुने गर्द छ ।
लुङ्गो प्रदर्शनी मुम्लाका गाउँलेले बाट सुरु हुने गर्द छ । मुम्ला छबिसपाथिभेर गाउँपालिका–२ मा पर्दछ । मुम्ल्लाबाट पर्दशनी थालिएको लुङ्गो करिव दुई घण्टा पछि छबिसपाथिभेरा गाउँपालिका–३ पाटागाउँको (झोडाखेल्ना) भन्ने स्थानमा पु¥याइन्छ । काँकर संगै तीन वटै गाउँलेका पञ्चे बाजा बजाइन्छ । बाँजाले जात्रामा छुट्टै आनन्द दिएको हुन्छ ।
मुम्लाको काँकर (लुङ्गो) पाटागाँउ पु¥याइए पछि केही समय रोकिन्छ । सो काँकर रोकिएपछि पाटागाउँकै नजि पर्ने धामी गाउँलले बाजा सहित आफ्नो काँकरको प्रदर्शनी गर्दछन् । धामी गाउँको काँकर करिव दुई घण्टा प्रदशनी गरेर काँकर विस्ना भन्ने स्थानमा ठाडो (डोरीको सहायताले ठाडो पार्ने) पारिन्छ । धामीको काँकर ठाडो पारिएपछि फेरी मुम्लाको काँकरलाई फेरी प्रदर्शनी गरिन्छ । (झोडाखेल्ना भन्ने ठाउँमा रोकिएको काँकर धामीको काँकर नठडिए सम्म पदर्शनी गर्न पाइदैन ।)
धामीको काँकर ठडिएपछि मुम्लाको काँकरलाई पाटागाउँको उपत्यकामा ठाडो परेर डोरी (स्थानीय भाषामा लडा भनिन्छ) को माध्यामले हिडाइन्छ । सो दृश्य निकै रमाइलो हुन्छ ।
काँकरलाई करिव दुई सय मिटर जति डोरीको मध्यामबाट हिडाइएपछि मुम्लाको काकरलाई धामीको काँकर भएकै स्थानमा (काँकरबिस्ना) पु¥याइन्छ । त्यहाँ दुई काँकरको संगै प्रदशनी हुने गर्दछ । सो क्रममा मुम्लाको काँकरलाई धामीकै काँकर संगै ठाडो पारिन्छ । (त्सरी दुई वटा काँकर ठाडो पार्दा जुन गाउँको काँकर जित्छ उही गाउँललेको जीत भएको मानिन्छ ।) सो प्रक्रिया करिव १ घण्टाको हुन्छ ।
त्यसपछि दुई वटै काँकरलाई पुनः त्यर्सो पारेर भक्तालु तथा जात्रुले केही समय सम्म संगै बोक्ने गर्दछन् । छबिसकै बान्निचौरमा पुगेपछि मुम्लागाउँको काँकरलाई सोझै मष्टा मन्दिरमा लगिन्छ । तर धामीको काँकरलाई भने बान्नि चौरको माथी पट्टी नजिकै रहेको बोहराको काँकर भएको स्थानमा लगिन्छ ।
बोहराको काँकर बान्निचौरको केही माथी (तल्कोट भन्ने स्थानमा) राखिएको हुन्छ । धामीको काँकर पनि तल्कोट पु¥याइएपछि दुई वटै काँकरलाई संगै प्रदर्शनी गर्ने गरिनछ । त्यसरी प्रदर्शनी गर्दा दुई काँकरलाई संगै ठाडो पार्ने (डोरीको माध्यामबाट ठाडो पारिने) गरिन्छ । काँकर ठाडो पारिदा दुई गाउँलेको जीत हारका रुपमा पनि लग्ने गरिन्छ । ठाडो पारिएका दुई काँकर मध्य जस्को काँकर ठुलो हुन्छ त्यही गाउँलेको जीत भएको मानिन्छ ।
तल्कोटमा दुई वटै काँकरको प्रदर्शनी गरेपछि दुई वटै काँकरलाई संगै मष्टा मन्दिर लगिने गरिन्छ । जहाँ त्यस अघिनै मुम्ला गाउँको काँकर पुगि सकेको हुन्छ । तीन वटै काँकर मन्दिर पु¥याइएपछि ती काँकरलाई मन्दिरमा विधिवत रुपमा चढाइन्छ । मन्दिर पु¥याउनु अघि कुनै पनि गाउँलेको काँकर भाचिएको खण्डमा तीन वटै गाउँले मिलेर जस्को काँकर भाँचिएको हो उस्का लागि लेकबाट फेरी काँकर ल्याउनु पर्ने हुन्छ ।
काँकर चढाएपछि तीन वटै गाउँले बान्निचौरमा भेला हुने गर्दछन् । बान्नीचौरमा पुगेका तीन गाउँले दुई समुहमा विभाजीति हुने गर्दछन् । (तल्लो छबिस र मल्लो छबिस) दुई समुह विच भकुण्डो पर्ने गर्द छ । (गोरुको छालाबाट बनाइएको छालाको ठुलो आकारको बल, जुन बल धानको भुषा हालेर बनाइएको हुन्छ ।) भकुण्डो प्राय रातीको समयमा पर्ने गर्द छ ।
भकुण्डो खेल्दा एक समुहले चौरको उत्तर तर्फ बललाई धकेल्छन भने अर्को समुहले दक्षिण तर्फ धकेल्छन् । सो प्रक्रियालाई शक्ति प्रदर्शनीका रुपमा पनि लग्ने गरिन्छ । यदी भकुण्डो उत्तरतर्फ लैजान सकेमा मल्लो छबिस वासीको जीत भएको मानिछ, भने दक्षिणतर्फ फाल्न सकेमा तल्लो छबिसको जीत भएको मानिन्छ । तर भकुण्डोलाई कुनै पनि समुहले आफ्नो क्षेत्रमा लग्न नसकेको खण्डमा भने त्यसलाई राजाको जीत भएको मानिन्छ । भकुण्डो हाल्ने काम करिव दुई देखि तीन घण्टा सम्म चल्ने गर्दछ ।
भकुण्डो पछि राती बान्नी चौरमा देउडा खेल हुने गर्द छ । राती देखि सुरु हुने देउडा गीत अर्को दिन दिउँसो १÷२ बजे सम्म चल्दछ । त्यसपछि अन्य खेल प्रतियोगिता सञ्चालन हुन्छन् । दोश्रो दिन राती मानिस आ–आफ्नो घर तर्फ लाग्ने गर्द छन् ।
चैतोली मेलाको इतिहाँस
किम्बदन्ती भनाई अनुसार महिशासुर नामक दानवले देवतालाई निकै दुःख दिने गर्दथ्यो । महिशासुरलाई देवताले मार्न नसक्ने भएपछि दुर्गा माताको सहायता मागियो । दुर्गा भवानीले महिशासुरलाई मार्नका लागि योजना बनाइन् । उनको योजना अनुसार जंगलबार ठुला र बलिया लठ्ठी मगाइए । ती लठ्ठी धुपी सल्ला प्रजातीका रुखका थिए । त्यसैगरी लठ्ठीलाई बाँध्न बलिया डोरी बनाउन लगाइन् ।
जसलाई स्थानीय भाषामा (लडा) भनियो । सवै सामाग्री तयार भएपछि दुर्गाले महिशासुरलाई मायाजालमा पार्दै छबिसपाथिभेरा–३ को तोलेनी भन्ने ठाउँमा ल्याइन् र त्यहाँ सुताइन् । महिशासुर सुतेको वेला उनको छातिमा लठ्ठी गाढेर डोरीको सहायताले ती लठ्ठीलाई तान्दै महिशासुरको छाती चिरेर मारिएको किम्बदन्ति छ ।
दुर्गा माताले महिशासुरलाई मार्न बनाएको एक महिना लामो योजनालाईनै चैतली मेलाका रुपमा मनाइन थालिएको किम्बदन्ति छ । तर त्यसको ठोस इतिहाँस भने कतै भेटाइदैन ।