धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सिकलसेल उपचारका लागि सरकारहरुबीच समन्वयमा जोड

सिकलसेल उपचारका लागि सरकारहरुबीच समन्वयमा जोड

धनगढी सिकलसेल एनिमियाका बारेमा जनचतना जगाउन जोखिममा रहेकाहरुलाई परिक्षणमा आउन प्रेरित गरिन आवश्यक रहेको सरोकारवालाहरुले जोड दिएका छन्

सिकलसेलका बिरामी अझै खुलेर बाहिर आउन नसकिरेहको बेलामा जनचेतचना बृद्धि सहज  परिक्षण उपचारको व्यवस्था अझै बढाउनु पर्नेमा  सुदुरपश्चिम संवाद समुहले बिहीवार धनगढीमा आयोजना गरेको सिकलसेल एनिमिया न्युनीकरण, परिक्षण उपचारबारेका संवाद कार्यक्रमा सहभागीहरुले जोड दिएका हुन्

प्रदेश स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीले प्रदेश सरकार सिकलसेल बिरामीको परिक्षण उपचारमा गम्भीर रहेको बताउदै जोखिममा रहेकाहरुले अस्पतालको सेवा लिन आउन आवश्यक रहेको बताए

तीन वटै सरकार ( संघ, प्रदेश पालिका) ले सिकलसेलका कार्यक्रम बजेट छुटठ्याएका छन् निर्देशक जोशीले भनेतर सरकारहरुबीच समन्य भएर एकीकृत रुपमा कार्यक्रम सँचालन हुन सकेका छैनन्

प्रदेश सरकार सिकलसेलको परिक्षण उपचारको सहज व्यवस्था मिलाउन जिम्मेवार रहेको बताउँदै निर्देशक जोशीले  सिकलसेलबारे जनचेतना जगाउने शंकास्पद बिरामीलाई उपचार हुने ठाउँमा पठाउने व्यवस्था स्थानीय तहले भुमिका निर्वाह गर्न आवश्यक रहेको बताए बिरामीहरुलाई आर्थिक अभाव हुँदा उपचार हुने अस्पतालसम्म पनि पुग्न सक्दैनन् स्थानीय तहहरुले उनीहरुलाई यतायात खर्चको व्यवस्थापन गर्ने हो भने पनि बिरामी उपचारको दायरामा आउने छन् उनले भनेसिकलसेलका रोगका बारेमा पनि स्थानीय तहहरुले नै जनचेतनामुलक कार्यक्रम अघि बढाउनु पर्ने देखिन्छ

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले रोग पहिचान मात्र भएको तर, यो रोग हुनुका कारणबारे भने विस्तृत अध्ययन हुन नसकेको बताए वातावरणीय प्रभाव, रहनसहन, खानपिन लगायतका बारेमा विस्तृत अध्ययन भई रोगलाई रोकथाम गर्न सहज हुने देखिन्छ उनले भने –‘रोग लाग्नुको कारण पत्ता लागे त्यसलाई न्यूनिकरण पनि गर्न सकिन्छ उनले शंकास्पद क्षेत्रमा परिक्षणको दायरा पनि बढाउन आवश्यक रहेको बताए

सेती प्रादेशिक अस्पतालका सामाजिक विकास शाखा एकाई प्रमुख एवम सिकलसेलका फोकल पर्सन गौरिदत्त जोशीले सिलकसेलका बिरामीहरुले रकम अभावकै कारण उपचारको दायरामा आउन नसकेको बताए उनले भने –‘सरकारले एक लाखसम्मको निःशुल्क रुपमा उपचारको व्यवस्था  गरेको

औषधि नै महँगो हुँदा कतिपय बिरामीहरु उपचारबाट वञ्चित हुनुपरेको उनले  सिकलसेलको विरामीका लागि सरकारले आवश्यक उपचार खर्चको व्यवस्था गर्नुपर्ने सुझाव दिए उनका अनुसार सेती प्रादेशिक अस्पतालमा हाल सात सय ५० विरामी नियमित उपचार गराईरहेका छन्

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख दयाकृष्ण पन्तले प्रदेश सरकारले सिकलसेलका बिरामीहरुको उपचारका लागि टीकापुरमा पनि परिक्षण उपचारको व्यवस्था गर्न लागेको बताउँदै प्रदेश सरकारले चालु आर्थिक वर्षमा जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रका लागि सिकलसेल डायलसिस मेसिन खरिद गर्ने कार्यक्रम तयार गरेको बताए

 प्रदेश सरकार परिक्षण उपचाका सेवा बिस्तार गरिरहेको ती सेवा लि अस्पतासम्म समुदायलाई पठाने काम पालिकाहरुले गर्नु पर्ने जोशीलदे बताए

     हाल कैलालीको सेती प्रादेशिक अस्पताल, घोडाघोडी टीकापुर अस्पतालमा डायलासिस मेसिन रहेको थारु बाहुल्य क्षेत्र रहेको कैलारी, भजनी जोशीपुर नगरपालिकालाई लक्षित गरि जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सो मेसिन खरिद गर्न प्रदेश सरकारले २० लाख रकम विनियोजन गरेको बताए

उनले सिकलसेल रोगको पहिचान, परिक्षण उपचारकै लागि भनी प्रदेश सरकारले ५६ लाख रकम विनियोजन गरेको बताए यसका साथै विपन्न नागरिक सहायता कोषबाट पनि विरामीहरु उपचारको दायरामा आईरहेको उनले बताए

प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले सिकलसेल रोगको पहिचान, रोकथाम व्यवस्थापनमा संघ, प्रदेश स्थानीय तह जिम्मेवार हुनुपर्ने बताए उनले सबैलाई चेकजाँचको दायरामा ल्याउने गरि जनचेतना ल्याउन पनि आवश्यक रहेको बताए उनले सरकारकै एकल प्रयासले मात्र सिकलसेल रोगको निवारण हुन नसक्ने बताउँदै पालिकाहरुको  सक्रियतासरोकारवालाहरुको साथ सहयोग आवश्यक रहने देखिन्छ

थारु कल्याणकारिणी सभा कैलालीका कार्यवाहक अध्यक्ष माधव थारुले सिकलसेलबारे सेती अस्पतालमा रहेको सेवा राम्रो रहेको बताउँदै परिक्षण उपचारका लागि जनचेतना बृद्धिका कार्यक्रम आवश्यक रहेको बताए

कार्यक्रमको सहजिकरण सुदूरपश्चिम संवाद समुहका सहजकर्ता कर्ण शाहले गरेका थिए