धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९

पालिकाबाट संसदको तयारीमा

धनगढी । २०७४ को स्थानीय तह निर्वाचनमा मेयर पदमा विजयी भएका केही नेताले आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सांसदको उम्मेदवारी दर्ता गराएको छन् ।

२०७४ मा कैलालीको टिकापुर नगरपालिका मेयरमा निर्वाचित बनेका तपेन्द्र बहादुर रावलले यस पटक प्रतिनीधि सभाका लागि उम्मेदवारी दिएका छन् । उनले कैलाली–१ मा एमालेका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

यसैगरी बैतडीको पाटन नगरपालिकाका पुर्व मेयर केशव चन्दले पनि प्रतिनिधी सभाका लागि उम्मेदवारी दिएका छन् ।

२०७४को निर्वाचनमा कांग्रेसबाट मेयरमा विजयी भएका चन्दले आगामी मंसिर–४ गते हुने निर्वाचनका लागि स्वतन्त्रबाट प्रतिनीधि सभामा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी २०७४ को निर्वाचनमा कैलालीको गोदावरी नगरपालिकाको मेयरमा विजयी भएका हरी सिंह साउँदले यस पटक प्रदेश सभा समस्याका लागि उम्मेदवारी दिएका छन् । उनले नेकपा एमालेबाट कैलाली–४ को प्रदेश सभा क्षेत्र ख मा प्रतिस्पर्धा गर्दैछन् ।

त्यसैगरी २०७४ को निर्वाचनमा गौरिगंगा नगरपालिकाका मेयर बनेका भीम देउवाले पनि प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनी नेकपा एमालेबाट कैलाली–४ को प्रदेशसभा क्षत्र क बाट उम्मेदवारी दिएका हुन् । 

कञ्चनपुरको क्षेत्र नम्बर–३ प्रदेश सभा क्षेत्र ख मा सुरेन्द्र विष्टले उम्मेदवारी दिएका छन् । उनी २०७४ को निर्वाचनमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए । उनीे नेकपा एमालेबाट प्रतिस्पर्धा गर्दैछन् ।

बैतडीको सुर्नयाँ गाउँपालिकाका पुर्व अध्यक्ष बी रबहादुर विष्टले पनि प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट सुर्नयाँ गाउँपालिकाका अध्यक्ष बनेका थिए । यस पटक पनि उनले सत्तारुढ गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसबाट प्रदेश सभा क्षेत्र ननम्बर क बाट प्रतिस्पर्धा गर्दैछन् ।

बैतडीको पुचौंडी नगरपालिकाकी पुर्व उप मेयर जानकी ऐर बम प्रदेश सभाका लागि एमालेको समानुपातिक सूचिमा छन् ।
२०७४ मा लम्कीचुहा नगरपालिकाकी उपमेयर बनेकी पुजा थापा नागरिक उन्मुक्तिको समानुपातिक सूचीमा रहेकी छन् । उनी २०७४ को निर्वाचनमा नेकपा एमालेबाट उप मेयर पदमा विजयी भएकी थिइन् ।