धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

निको भइसक्दा पनि समाजमा अपहेलित हुनु परेको कोरोना संक्रमितको गुनासो

सुखड

    विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि दिन प्रतिदिन फैलदै गएको छ । संक्रमितको संख्या बढिरहेको छ ।

   कैलाली लगायत सुदुरपश्चिमका बिभिन्न जिल्लाहरुमा पनि कोरोना संक्रमण फैलिरहेको छ । कतिपय संक्रमितहरु उपचार गराइरहेका छन भने कतिपय संक्रमितहरु निको भएर घर फर्किसकेका छन । तर उनिहरुलाइ हेर्ने दृष्टिकोण भने परिवर्तन हुन सकेको छैन ।

  ‘अझै पनि समाजले हामीलाइ अपहेलना गरिरहेको छघोडाघोडी नगरपालिका वडा न ३ का निको भइसकेका एक संक्रमितले भने–‘हाम्रा कारण छिमेकीले पनि दुख पाउनु भयो, मेरो छिमेकी सामुदायिक बनको समितिमा पनि हुनुहुन्थ्यो छलफल गर्दा उहाँलाइ सधै बोलाउथे अहिले बोलाउदैनन ।

उनले थपे–‘ छिमेकी प्रधानमन्त्री कृषि रोजगार कार्यक्रम अन्नतर्गत काम गर्न जानुहुन्थ्यो तर उहाँलाइ हाम्रो घरमा आएको भन्दै काम गर्नबाट बञ्चित गरिदिए । अहिले हाम्रो स्वास्थ्य अवस्था ठिक भइसक्यो तर पनि अझै समाजले घृणा गरेको जस्तो महसुस हुन्छ ।

   ‘भारतबाट आएका मान्छे भन्ने बित्तिकै घृणा गर्छन, झन म त संक्रमित भइसकेको मान्छे घोडाघोडी नगरपालिका वडा न ६ का संक्रमितले भने –‘अहिले त निको भइसक्यो तर अझै पनि हामिलाइ संक्रमित नै छ भन्ने दृष्टिले हेर्छन ।

संक्रमित छु भन्दा अचम्म लाग्यो उनि भन्छन कुनै लक्षण थिएन हामीलाइ नगरपालिकाबाट संक्रमित भयो भनेर खबर आउदा पत्यार नै लागेन संक्रमित हुदा टाढा बसे तर अब निको भइसक्दा पनि समाजले अझै स्विकार्न सकेको छैन ।

   ‘सुरुमा घर आउदा हामी आफै टाढा बसेका हौ, तर अब त पुर्ण रुपमा निको भैसकेका छौ घोडाघोडी नगरपालिका वडा न ८ का संक्रमितले भने –‘तर अझै पनि हाम्रो घर नजिक कोही आउदैनन् ।

 ‘भारतबाट अएर क्वारेन्टिनमा बसेका थियौ १४ दिन बस्दा केही हुदैन भन्ने छ घोडाघोडी नगरपालिका ३ का संक्रमितले भने –‘समाजले यो बारे कुरा नबुझेर पनि होला अझै पनि कोरोना लाग्छ है भने झै गर्छ्न ।

  यी त केही पात्र मात्र हुन् समाजमा धेरैलाई यस्तै समस्या भएको छ । घोडाघोडी नगरपालिकाले ७० जनाको स्वाब संकलन गरि पठाइएकोमा ३१ जनामा कोरोनाको संक्रमण देखिएको थियो । तर उनिहरुलाइ कुनै पनि लक्षण देखिएको थिएन । पि सि आर रिपोर्ट नआउदै घर पठाइएका उनिहरुलाइ संक्रमण देखिएको थियो । ३१ जनामा कारोनाको संक्रमण पुष्टि हुनु अघि घोडाघोडीमा १ जनामा पुष्टि भएको थियो ।

सुदुरपश्चिम प्रदेश निर्देशनालयको परिपत्र अनुसार पुरा दिन क्वारेन्टिनमा बसिसकेकाले उनिहरुलाइ उपचार नगरी घरमै राखिएको घोडाघोडी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कैलाश कुमार रावतले बताए ।

  ‘१४ दिन भन्दा बढी उनिहरु क्वारेन्टिनमा बसिसकेका थिए उनले भने– ‘डब्लु एच ओ को निर्णय नै छ, दिन पुगिसकेको र लक्षण नदेखिएकोलाइ केहि गर्नु पर्दैन त्यसैले घर पठायौ ।

उनीहरुको अवस्था ठिक छ, समयमा समयमा उनीहरु आफैले पनि हामीलाइ फोन गरिरहेका हुन्छनशाखा प्रमुख रावतले भने–‘हामीलाइ गुनासो गर्छन अझै पनि समाजले स्विकार्न सकेको छैन ।