धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
लम्कीचुहामा  सकियो सिकलसेल एनिमिया र थालसेमियाको रोग निदान स्क्रिनिङ अभियान

लम्कीचुहामा  ७४८८ को सिकलसेल एनिमिया र थालसेमियाको निःशुल्क परिक्षण

थारु समुदायमा सिकलसेल एनिमिया र थालसेमिया ठुलो मात्रामा देखा पर्न थालेपछि सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहको अग्रसरतामा कैलालीको लम्कीचुहा नगरपालिकामा  परिक्षण भैरहेको छ ।

लम्कीचुहामा  ७४८८ को सिकलसेल एनिमिया र थालसेमियाको  निःशुल्क परिक्षण

धनगढी कैलालीको लम्कीचुहा नगरपालिकामा  सचालन भएको सिकलसेल एनिमिया थालसेमियाको रोग निदान स्क्रिनिङ अभियान  सम्पन्न भएको ११ दिनसम्म संचालन भएको  स्क्रिनिङ अभिायनका क्रममा ७४८८ जनाको निः शुल्क परिक्षण भएको

अभियानको अन्तिम दिन वडा नम्बर मा शय ८८ जनाको  सिकलसेल एनिमिया थालसेमियाको परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको सिकलसेल एनिमिया र थालसेमियाको परिक्षण गरेका सबैलाई परिचयपत्र पनि प्रदान गरिदैछ ।

सुदुरपश्चिम संवाद समुहको संवादपछि सुदुरपश्चिम सरकारले सिकलसेल एनिमियालाई प्राथमिकतामा राखेर स्क्रिनिङ अभियान  शुरु गरेको  हो । 

जिल्ला स्वास्थ्य कार्यालय कैलालीले संचालन गरिरहेको अभियान अन्तर्गत लम्कीचुहामा  थारु समुदायका सात हजार जनाको सिकलसेल एनिमिया सिकलसेलको परिक्षण गर्ने लक्ष्य रहेको थियो

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले अभियानका क्रममा गरिएको पक्षिणमा  पोजिटिभ देखिएकाहरुको नमुनालाई सिकलसेल एनिमियाको परिक्षण उपचार भैरहेका अस्पतालमा  थप परिक्षण गराइने बताए थप परिक्षणमा पनि पोजिटिभ देखिए उपचारको प्रकृया अघि बढाइने धामीले बताए

लम्कीचुहापछि  असार गतेबाट कैलाली जिल्लाको कैलारी गाउपालिकामा सिकलसेल एनिमिया थालसेमियाको रोग निदान स्क्रिनिङ अभियान शुरु हुनेछ कैलारी गाउपालिकामा पनि थारु समुदायका हजार जनाको सिकलसेल एनिमिया थालसेमियाको परिक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताए

  सिकलसेल एनिमिया थालसेमियाको परिक्षण गरेका सबैलाई पहिलो पटक परिचयपत्र पनि बितरण भैरहेको    एक पटक परिक्षण गरिसेकपछि फेरि परिक्षण गर्न नपरोस् भनेर  परिक्षणको परिचयपत्र प्रदान गर्ने काम समेत भैरहेको धामीले बताए सिकलसेल बंशाणुगत रोग भएकोले एक पटक परिक्षण गर्दा देखिएन भने फेरि परिक्षण गराइरहन पर्दैन जिल्ला स्वास्थ्य प्रमुख धामी भन्छन् सिकलसेल देखा परेकाहरुले उपचार पाउन  सहज होस, तथ्याङक राख्न सजिलो होस् भनेर सिकलसेल नदेखिएका देखिएका सबैलाई यसपटकदेखि परिचय पत्र दिन शुरुआत गरेका छौं

परिचयपत्रको ब्यवस्थाले सिकलसेलका बिरामीहरुको पहिचान गर्न, उनीहरुको संख्या यकिन भएर उपचारको व्यवस्था गर्न सहज हुने धामी बताउँछन्