धनगढी पोष्ट शुक्रबार, २९ चैत २०८१   April 11, 2025

सती प्रथा अन्त्य भएको सय बर्षको स्मरण

सती प्रथा अन्त्य भएको सय बर्षको स्मरण

धनगढी

 श्रीमानको निधन हुँदा श्रीमतिले ज्यूदै आत्म दाह गरेर सती जाने प्रथा अन्त्य भएको एक सय बर्षलाई धनगढीमा स्मण गरिएको

 मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेश कमिटीले शनिबार धनगढीमा सती पर्था अन्त्य भएको एक सय बर्षको स्मरण गर्दै सति गएका महिला प्रति नमन गरेको

तत्कालिन अवस्थामा बिधवा भएका महिलाले सती जाने पर्था अन्त्य भएपनि अझै पनि एकल महिलाले सामाजिक अपहेलना सहनुपर्ने बाध्यताको भने अन्त्य हुन नसकेको मानव अधिकारका लागि महिला एकल महिला समुहकी केन्द्रिय सदस्य वेद  अवस्थीले बताइन्

 तत्कालिन अवस्थामा महिलालाई सती जाने व्यवस्था अन्त्य गरेर राणा सरकारले एक युगको समाप्ति गरेका थिए अवस्थीले भनिन्–‘तर समाजमा एकल भएर बस्ने महिलालाई विभिन्न आरोप लगाउँदै तिरस्कार गर्ने काम अहिले कायमै , एकल महिलालाई समाजले सम्मान गर्नुपर्द

 मानव अधिकारका लागि महिला एकल महिला समुहले एकल महिलालाई विभिन्न आर्थिक कार्यक्रममा सरिक गराउँदै आत्मनिर्भर बनाउने काम गर्दै आएको बताइन् मानव अधिकारका लागि महिला एकल महिला समुहकै दवाव पछि सरकारले एकल महिलालाई उम्मेर हद नलाग्ने गरी सामाजिक भत्ता दिने व्यवस्था गरेको उनले भनिन्–‘अव सामाजमा सम्मानजनक तरिकाले बाँचन पाउने व्यवस्था हुनु जरुरी

 मानव अधिकारका लागि महिला एकल महिला समुहकी प्रदेश अध्यक्ष सुमन सर्माले एकल महिलालाई सम्पतिमा अधिकार नदिंदा अझै पनि समस्या भएको बताइन्

 ‘महिला एकल भएपछि उसले आफ्नो श्रीमानले पाउनुपर्ने सम्पति प्राप्त गर्नुपर्ने हो उनले भनिन्–‘तर धेरै महिला सो अधिकार बाट बञ्चित छन्

 धनगढी उपमहानगरपालिका का अध्यक्ष हरीरासिंह पातलीले एकल महिलाका लागि हरेक बर्ष वडा तथा नगरबाट शिप मुलक कार्यक्रम छुट्याइने गरेका बताए

एकल महिलाहरुलाई सामाजिक रुपमा तिरस्कार हुन बाट बचाउन आर्थिक रुपमा शसत्त बनाउनु आवश्यक वडा अधयक्ष पातलीले भने–‘हामीले महिलालाई शिपमुलक कार्यक्रम पर्दान गरेर आत्मनिर्भर बनाउने गरेका छौं

 धनगढी की वडा सदस्य तथा न्यायीक समिति सदस्य रत्ना विष्टले नारी मायाकी खानी भएको भन्दै पुरुष जस्तो दोश्रो विवाह गर्न नसक्ने बताइन्

  महिला एकल भएपछि पनि विभिन्न सम्बन्धमा बाँधिएका हुन्छ उनले भनिन–‘त्यही कारणले उनिहरु अर्को विवाहका बारेमा सोच्न पनि सक्दैनन्, तर बिवाह गर्न चाहेमा कसैले रोक्न भने सक्दैन