धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

कैलालीलाई पुर्ण खोप सुनिश्चित घोषणा

कैलालीलाई पुर्ण खोप सुनिश्चित घोषणा

धनगढी कैलाली जिल्लालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्लाका शत प्रतिशत बालबालिकालाई खोपको पहुँचमा ल्याएर पुर्ण खोप जिल्ला सुनिश्चित गरिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको

कैलालीका १३ वटै स्थानीय तह पुर्ण खोप सुनिश्चितता भएसंगै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको , स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘अहिले जिल्लाका शत प्रतिशत बालबालिका नियमित खोपको पहुँचमा रहेका छन् उनका अनुसार कैलालीको कुल जनसंख्या मध्य एक बर्ष मुनिका १३ हजार सय ५१, एक देखि दुई बर्ष मुनिका १३ हजार सय बालबालिकाले खोप लगाउने गरेका छन् यसैगरी कैलालीमा १७ हजार सय ४६ गर्भवति महिलाले नियमित खोप लगिरहेका छन्

कैलालीमा तीन सय ४७ खोप केन्द्र, तीन सय ८१ खोप सेसन, वटा सरकारी अस्पताल, वटा प्रार्थमिक स्वास्थ्य केन्द्र, ८५ वटा आधारभुत स्वास्थ्यकेन्द्र, १२ वटा सामुदायिक स्वास्थ्य इकाईबाट बालबालिकालाई नियमित खोप कार्यक्रम सञ्चालन भइरहेको कैलालीमा खोप अभियानलाई सफल बनाउन एक हजार दुई सय ६१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको थियो

कुनै पनि जिल्लालाई पुर्ण खोप सुनिश्चितता घोषणा गर्न ९५ प्रतिशत बालबालिका खोपको पहुँचमा हुनुपर्ने मापदण्ड निर्धारण गरिएकोमा कैलालीमा शत प्रतिशत बालबालिकालाई खोपको पहुँचमा ल्याए मात्रै पुर्ण खोप सुनिश्चितता जिल्लामा घोषणा गरिएको कार्यालय प्रमुख धामीले बताए कैलालीलाई पुर्ण खोप जिल्ला सुनिश्चितता घोषणा गर्नु पूर्व १३ वटै पालिकामा स्वयंसेविका परिचालन गरी एउटा पनि खोप नलगाएका तथा आधा मात्रै खोप लगाएका बालबालिालाई पुर्ण खोप दिइएको उनले बताए

उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका एक जना, गौरिगंगा नगरपालिकाका तीन जना, घोडाघोडी नगरपालिकाका १२ जना, बर्दगोरिया गाउँपालिकाका एक जना, लम्कीचुहा नगरपालिकाका जना, भजनी नगरपालिकाका जना धनगढी उप महानगरपालिकाका १४ जना बालबालिकाले एउटा पनि खोप नलगाएको अवस्थामा भेटिएका थिए

त्यसैगरी मोहन्यालका ४४, गोदावरी नगरपालिकाका दुई सय ७५, गौरिगंगा नगरपालिकाका ४९, घोडाघोडी नगरपालिकाका एक सय ८४, बर्दगोरिया गाउँपालिकाका ३६, लम्कीचुहा नगरपालिकाका दुई सय, जानकी गाउँपालिकाका , जोशीपुर गाउँपालिकाका ३५, टिकापुर नगरपालिकाका ३४, भजनी नगरपालिकाका ५६, कैलारी गाउँपालिकाका , धनगढी उप महानगरपालिकाका एक सय ५३ जना बालबालिकाले पुर्ण खोप नलगाइएको पाइएको कार्यालय प्रमुख धामीले बताए एउटापनि खोप नलगाएका पुर्ण खोप नलगाएका बालबालिकालाई शत प्रतिशत खोपको पहुँचमा ल्याइएको उनले बताए

उनले कैलालीमा तिब्र बसाईसराई हुने, दक्ष प्रयाप्त कर्मचारीको अभाव, दोहोरो बसोवास, केही समुदायमा अझैपनि खोप लगाउन हुन्न भन्ने मान्यताका कारण कैलालीमा शत प्रतिशत बालबालिकालाई खोपको पहुँचमा राखिराख्न चुनौति रहेको बताए