धनगढी पोष्ट
सोमबार, १८ भदौ २०८० मा प्रकाशित
धनगढी । जिल्ला अस्पताल बझाङमा स्वास्थ्यकर्मी अभाव हुँदा सेवा प्रभावमा समस्या हुन थालेको छ ।
अस्पतालमा कार्यरता तीन जना मेडिकल अधिकृतले काम छोडेर गएका र चार जना
जिल्ला अस्पताल बझाङमा आवश्यकता अनुसार स्वास्थ्यकर्मी नहुदा दैनिक सेवा प्रवाहमा समस्या भयको छ । १५ शैयाको अस्पतालमा करारमा कार्यरत तीन जना मेडिकल अधिकृत काम छोडेर गएपछि विरामीको उपचारमा समस्या हुनथालेको अस्पताल प्रशासनले जनाएको छ । सो विषयमा प्रदेश सरकारलाई समेत जानकारी गराइएको भएपनि हाल सम्म स्वास्थयकर्मी उपलब्ध नगराइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर नवराज जोशीले बताए ।
‘तीन जना मेडिकल अधिकृतले काम छोडेपछि अहिले चार जना स्वास्थ्यकर्मीको भरमा बिरामीको अपचार गर्नुपर्ने बाध्यता रहेको छ,’ जोशीले भने, चार जनाले सवै क्षेत्रमा धायन समस्या भइरहेको छ, सेवा ग्राही दुःख पाउन थालेका छन् ।
निमित्त मेडिकल सुपरीटेण्डेण्ट जोशीका अनुसार जिल्ला अस्पतालमा कार्यरत चार जना स्वास्थ्यकर्मी मध्य कोहि पढाइका लागी त कसैले अन्य क्षेत्रमा राम्रो अवसर पाएपछी काम छोडेर गएका छन । उनिहरुको स्थानमा नयाँ डाक्टर सरकारले पठाएको छैन ।
‘अस्पतालको समस्या बारेमा संघिय तथा प्रदेश सरकारलाई पटक– पटक जानकारी पनि गराई सकेका छौं,’ अस्पताल बिकास समितीका अध्यक्ष सोनु सिहले भने, ‘तर अहिले सम्म कुनै सरकारले हाम्रो आवाज सुनेको छैन, स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रलाई वेवास्ता गर्दा नागरिकले दुःख आइरहेका छन् ।’
अस्पतालमा उपचार गराउन आउने बिरामिको सँख्या हरेक दिन बढ्न थालेको उनले बताए । स्वास्थ्यकर्मीले छोडेर जाने बितिक्कै सम्बन्धित निकायसं मौखिक तथा दिखित रुपमा सोबारेमा जानकारी गराइएको उनले बताए ।
अहिले जिल्ला अस्पताल बझाङमा ४ जना मेडिकल अधिकृत कार्यरत रहेका छन् । चार जना स्वास्थ्यकर्मीको भरमा जिल्ला अस्पताल बझाङलाई २४ सै घण्टा सञ्चालन गर्नुपरिरहेको छ ।
अस्पतालमा हाल दैनिक २०० जना भन्दा वढी विरामी आउने गरेको भय पनि चिकित्सक अभावमा समयमै सेवा दिन समस्या भयको वताईएको छ ।
‘विरामी तथा आफन्तले समयमै उपचार सेवा पाइएन भनेर गुनासो गरिरहेका छन्,’ निमित्त मेडिकल सुपरिटेण्डेण्ट जोशीले भने, ‘तर जनशक्तिनै नभएका कारण हामीले सेवा दिन सकिरहेका छैनौं ।’
अस्पतालमा हाल डेङ्गु र स्क्रव टाईफस संक्रमित विरामीको संख्या बढ्न थालेका कारण दैनिक भिडभाड बढ्ने गरेको छ । प्रयाप्त जनशक्ति नहुदा ईमेरजेन्सी, प्रसुती सेवा, एक्सरे, भिडियो एक्सरे, शल्यक्रिया, नवजात शिशु तथा वाल रोगका विरामीलाई सेवा दिन समस्या भयको अस्पताल प्रशासनले जनाएको छ ।