धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

क्वारेन्टिनमा मृत्यु प्रकरणमा स्थानीय आन्दोलित

क्वारेन्टिनमा मृत्यु प्रकरणमा स्थानीय आन्दोलित

महेन्द्रनगर

   मंगलबार कञ्चनपुरको कृष्णपुर नगरपालिकामा करेन्ट  लागेर एक युवती मृत्यु भएको घटना प्रति आपत्ति जनाउँदै स्थानीय आन्दोलनमा उत्रेका छन् ।

   क्वारेन्टिनमा उचित  व्यवस्थापन गर्न नसक्दा राधा ओडले अकालमै ज्यान गुमाउनु परेको भन्दै स्थानीय र आफन्त आन्दोलनमा उत्रेका    हुन् । क्वारेन्टिनका नाममा तीन करोड खर्चिंदा पनि क्वारेन्टिन अव्यवस्थित भएको भन्दै बुधबार कार्यालय समयमै मृतकका आफन्त एव स्थानीयले आन्दोलन गरेका हुन् ।

 वडा कार्यालयमा तालाबन्दी गरेर नगरपालिका कार्यालयमा स्थानीय सरकार विरुद्ध स्थानीयले प्रदर्शन समेत गरेका   छन् । मृतक राधादेवीका आफन्त जेठाजु देवबहादुर ओडले स्थानीय सरकारको चरम लापरबाहीका कारण क्वारेन्टाइनमा करेन्ट लागेर राधाको मृत्यु भएकोले घटनाको  छानबिन गरी दोषी उपर कारबाहीको माग अघि सारेर आन्दोलन गरिएको बताए ।

 ‘आन्दोलन व्यक्तिको विरुद्ध होइन, प्रवृत्तिका विरुद्ध हो, उनले भने, –‘जनताको नाममा ठूलो रकम खर्चिएको देखाएर धमाधम मर्न थाले । करेन्ट लागेपछि अस्पताल लैजान नगरपालिकासँग एम्बुलेन्स माग्दा बिग्रिएको छ भनेर दिइएन, उनले भने– ‘घाइते बचाउन नगर प्रमुख र उप प्रमुखसँग छुट्टाछुट्टै गाडी थिए, दिएनन्, नदिएपछि अटोमा ढिलो गरी अस्पताल पुरÞ्याउँदा ज्यान गुमाउनु परÞ्यो ।  कृष्णपुरका स्थानीय एव विद्यार्थी नेता टेक पाण्डेयले घटनाको सत्य तत्य छानबिन हुनुपर्ने    बताए ।

कसको कमीकमजोरीबाट घटना भएको हो, त्यसको यकिन छानबिन गर्नुपर्छ, उनले भने– ‘दोषीलाई कारबाही गरे आगामी दिनमा यस्ता घटना हुँदैनन् ।  ‘हाम्रो मेयरज्यूले त सरकारी सेतो नम्बर प्लेट राख्नुपर्नेमा निजीको जस्तै रातो राखेका छन्, उनले भने– ‘यो के दुरुपयोग गर्नका लागि होइन ? यस्तै पीडितका लागि प्रयोग गर्नुपर्दैन ?

निष्पक्ष छानबिन नहुन्जेलसम्म शव समेत नबुझ्ने अडान लिँदै स्थानीयले शव बुझेका छैनन् । शव धनगढी स्थित सेती अस्पतालमै रहेको छ ।

  कृष्णपुर नगरपालिका६ मौरीफाँटाकी राधा ओड श्रीमान् रविन ओड र डेढ वर्षीया नाबालिका छोरी परिवार सहित भारतबाट मंगलबार दिउँसोतिर मातृभूमि नेपाल पुगेकी थिइन् ।गौरीफन्टा नाका भएर गाउँकै क्वारेन्टाइनमा पुगेको क्षणभरमै नुहाउन धारामा गएकी राधाको करेन्ट लागेर मृत्यु भएको  परिवारले जनाएका छन् ।