धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

जंगली बदेलको आक्रमणबाट चार जना घाइते

महेन्द्रनगर

  कञ्चनपुरको बेतकोट नगरपालिका१० स्थित चथरीमा जंगली बदेलको आक्रमणबाट चार जना घाइते भएका छन् ।

   मंगलबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको बदेलले वडा नम्बर १० चथरीका चार जना स्थानीय आक्रमणबाट घाएते भएका हुन् ।

 आक्रमणमा परी स्थनीय चैते सुनार सहित उनका छोरा गुल्सन सुनार, भोज सार्की र बुदे रावल घाईते भएका छन् । घरमा बसिरहेको बेला स्थानियलाई निकुञ्जको बँदेल आएर आक्रमण गरेको बेतकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले बताए । उनका अनुसार शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सित सीमा जोडिएको नगरपालिकाका वडा हरुमा बदेलले विगत देखी नै बदेलले आक्रमण गरिरहेको छ ।

  बदेलले आक्रमण गरेपछि आक्रमण गर्ने बदेललाई गोली हानेर मारिएको छ । जंगलबाट गाउँ पसेर स्थानीयलाई हप्तै पिच्छे आक्रमण गर्दा स्थानीयमा क्रास उत्पन्न भएपछि प्रशासन लगायत निकुञ्ज सँग गरिएको आग्रहपछि बदेल मारिएको नगर प्रमुख चन्दले बताए । बदलेलाई प्रहरीले शुक्लाफाँटा निकुञ्ज प्रशासनको जिम्मा लगाएको छ ।

 बदेलको आक्रमणबाट घाइते भएका चारै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको   छ । उपचाररथ चारै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको महाकाली अस्पतालले जनाएको छ ।