हिमाल जोशी
सोमबार, १९ जेठ २०७७ मा प्रकाशित
हिमाल जोशी
धनगढी,
सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा कैलालीको गौरीगंगा नगरपालिकाका मात्र १२ जना रहेका
छन् । सुदूरपश्चिम प्रदेशमा आज पुष्टि भएका १८ जना मध्य १४ जना कैलालीका रहेका छन् ।
कैलालीका १४ संक्रमित मध्य एक जना धनगढी उप–महानगरपालिका १२ जुगेडाका २५ बर्षीय पुरुष, बर्दगोरीयाका २७ बर्षीय पुरुष रहेका छन् । बाँकी १२ जना गौरीगंगा नगरपालिकाका रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । उनका अनुसार गौरीगंगा वडा नम्वर ७ का ४७ बर्षीय पुरुष, २४ बर्षीय पुरुष, २१ बर्षीय पुरुष र २४ बर्षिय पुरुष रहेका छन् ।
यसैगरी सूचना अधिकारी श्रेष्ठका अनुसार कोरोना पुष्टि हुनेमा गौरीगंगा २ को मालिका माविको क्वारेन्टिनमा रहेका १९ बर्षीय पुरुष, ३३ बर्षीय पुरुष, २८ बर्षीय पुरुष, ३५ बर्षीय पुरुष, २८ बर्षीय महिला, २७ बर्षीय महिला, ५ बर्षीय बालक, २२ बर्षीय महिला रहेका छन् ।
आज पुष्टि भएकामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ११ महिनाका बालक समेत रहेका छन् । डोटीमा देखिएका संक्रमित शिखर नगरपालिका ३ का २५ बर्षीय पुरुष रहेका छन् ।
यस्तै बैतडीका संक्रमित पाटन नगरपालिका ८ का ३५ बर्षीय पुरुष र अछामको चौरपाटी गाउँपालिका वडा नम्वर २ का ३३ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यो संगै सुदूरपश्चिम प्रदेश भित्र संक्रमितको संख्या ४३ पुगेको छ भने बाँकी दुई जनाको कर्णाली प्रदेशमा उपचार भईरहेको छ । कैलालीमा २७, बैतडीमा ६, अछाममा तीन, बाजुरा र कञ्चनपुरमा दुई÷दुई, डोटी, डडेल्धुरा र दार्चुलामा एक÷एक जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै बाजुरा र बझाङका एक÷एक जना संक्रमित भने कर्णाली प्रदेशमा उपचाररत रहेका छन् ।