धनगढी पोष्ट शुक्रबार, २९ चैत २०८१   April 11, 2025
एनआइसी एशियाको एटीम तोडफोड

एटिएम तोडफोड गर्ने व्यक्तिको फोटा प्रहरीको हातमा

एटिएम भित्र जडान गरिएको सीसिटिभी क्यामेरामा कैद भएको फोटो प्रहरीको हातमा परे पनि अनुहारमा भने मास्क प्रयोग गरिएको छ

एटिएम तोडफोड गर्ने व्यक्तिको फोटा प्रहरीको हातमा
एनआइसी एशियाको एटीएममा रकम चोरी गरिरहेको अवस्थामा सीसीटीभमिा देखिएको देखिएको तस्बीर

धनगढी,

  धनगढी स्थित एन.आई. सी एशिया बैंकको एटिएम तोडफोड गर्ने व्यक्तिको तस्बीर प्रहरीको हातमा परेको छ ।

  एटिएम भित्र जडान गरिएको सीसिटिभी क्यामेरामा कैद भएको फोटो प्रहरीको हातमा परे पनि अनुहारमा भने मास्क प्रयोग गरिएको छ । चोरले एटिएम तोडफोड गर्दा सीसिटिभी क्यामरा घुमाएर उल्टो पारेका कारण अपराधीको स्पष्ट तस्बीर भने उपलब्ध नभएको प्रहरी उपरिक्षक अनुपम समशेर जबराले बताए ।

  तस्बीरका आधारमा अपराधीको खोजि कार्य भइरहेको उनले बताए । उनका अनुसार एटिएमको बाहिर पट्टी तोडफोड भए पनि चोरले पैशा निकालेको देखिदैन ।