धनगढी पोष्ट मङ्गलबार, ०३ भदौ २०८३   August 18, 2026

घोडाघोडीमा बेबारिसे अवस्थामा सालको काठ बरामद

घोडाघोडीमा बेबारिसे अवस्थामा सालको काठ बरामद

सुखड

   कैलालीको घोडाघोडी नगरपालिकामा बेबारिसे अवस्थामा सालको काठ बरामत गरिएको छ ।

    सब डिभिजन बन कार्यलय सुखड र डिभिजन बन कार्यलय पहलमानपुरको सयुक्त गस्ती टोलीले घोडाघोडी नगरपालिकामा वडा नम्बर १० लठैयाबाट सालको काठ बेबारिसे अवस्थामा फेला पारेको हो ।

   डिभिजन बन कार्यलय पहलमानपुरका सहायक बन अधिकृत सुरेन्द्र बहादुर कठायतको नेतृत्वमा गएको गस्ती टोलीले धानवारी भित्र लुकाइ राखेको अवस्थामा १७.३३ क्युफिट सालको ७ थान चिरान सहित १८.३४ क्यु फिटको १ थान गोलिया बरामत गरेको हो ।

  फेला परेको काठ कस्को हो भन्ने बारे अनुसन्धान गरिने सब डिभिजन बन कार्यलय सुखडका प्रमुख समीर थापाले बताए ।