धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

कोरोना नियन्त्रका लागि प्रदेश सरकार संग ठोस योजना छैन

कोरोना नियन्त्रका लागि प्रदेश सरकार संग ठोस योजना छैन

धनगढी

 बझाङको केदारस्यू गाउँपालिका६ र ७ लाई साउन १९ गते निशेधाज्ञा जारी गर्दै सिल गर्ने निर्णय गरियो ।

 दुई वटा वडामा भारतबाट आएका नागरिकलाई क्वारेन्टिनमा नराखेर घर पठाइदा ती दुई वडामै साउन १७ र १८ गते मात्रै ६६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

 भारतबाट आएका नागरिक सोझै घर गएपछि कोरोना संक्रमितको संख्या बढेको भन्दै भीमदत्त नगरपालिकाले वडा नम्बर१३ लाई साउन १७ गत सिल ग¥यो । समुदायमै कोरोना संक्रमित थपिन थालेपछि साउन २१ गते देखि कैलालीको कैलालरीमा अनिश्चितकालीन लकडाउन जारी भयो ।

 यी घटना उदाहरण मात्रै हुन् । सुदूरपश्चिममा क्वारेण्टिन बन्द भएपछि एकाएक समुदाय स्तरमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो । जसका कारण सुदूरपश्चिमका हरेक स्थानीय तहमा कतै न कतै सिल भए ।

 समुदाय स्तरमै कोरोना संक्रमित बढ्नुको पछाडी प्रदेश सरकार जिम्मेवार छ । भारतबाट आउने नागरिलाई राख्न निर्माण गरिएका क्वारेन्टिन बन्द गर्ने प्रदेश सरकारको निर्णय पछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले स्थानीय तहलाई सोही अनुसारको परिपत्र ग¥यो ।

 साउन पहिलो साता देखी स्थानीय तहमा क्वारेन्टिन बन्द भए र त्यसको असर समुदाय स्तरमै देखियो । जेनतेन गरेर क्वारेन्टिन निर्माण गरी भारतबाट आउने नागरिकलाई १४ दिन सम्म त्यहाँ राख्ने गरेका थियौं धनगढी३ का वडा अध्यक्ष बलबहादुर ऐरले भने–‘तर स्वास्थ्य निर्देशनालयको दिएको निर्देशन पछि हामीले क्वारेन्टिन बन्द ग¥यौं, भारतबाट आउने नागरिकलाई सेफ क्वारेन्टिन बस्ने शर्तमा घर पठाउने गरेका छौं ।

 बझाङको छबिस पाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीले क्वारेन्टिन बन्द गर्न प्रदेश सरकारले दिएको निर्देशन पछि गाउँपालिकामा एउटा पनि क्वारेन्टिन नभएको बताए । हामी आफैले क्वारेन्टिन निर्माण गर्न बजेट अभाव छ अध्यक्ष धामीले भने–‘प्रदेश सरकारले भएका क्वारेन्टिन बन्द गर्न निर्देशन दिएपछि जहाँ बाट आएपनि नागरिक सोझै परिवार संग बस्ने गरेका    छन् ।

 सुदूरपश्चिममा अहिले सम्म भारतबाट मात्रै दुई लाख बढी नागरिक सुदूरपश्चिमका नाका हुँदै नेपाल भित्रिएको अनुमान गरिएको छ । तर यथेस्ट तथ्याङ्क भने कुनै पनि निकाय संग छैन । नत भारतमा अझै कति नागरिक छन् र कति आउने भन्ने कुनै लेखा जोखा नै सरकारी तथा गैर सरकारी निकाय संग छ ।

 नेपालीको महान चाड दशै नजिकिदै गर्दा फेरी भारतबाट आउने नागरिकको संख्या उच्च हुने अनुमान गरिएको छ । तर सुदूरपश्चिम प्रदेश सरकार संग ती नागरिकलाई कहाँ राख्ने भन्ने कुनै योजना छैन ।

 ‘कञ्चनपुरको गड्डा चौकी र गौरिफण्टा नाकामा बढीमा एक÷एक सय जना लाई राखेर पाँच दिन सम्म राख्न सक्ने  होल्डिङ सेन्टर निर्माण गरिएको छ ।

 सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले भने–‘तर दशै तिहारमा दैनिक सय जना मात्रै आउलान् भन्ने लाग्दैन, होल्डिङ सेन्टर भरिए पछि नागरिकलाई कहाँ राख्ने भन्ने कुनै योजना निर्माण भएको छैन ।

 भारतबाट आउने नागरिकलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा हाल सम्म ठोस छलफल समेत नभएको उनले बताए ।

 हाल सुदूरपश्चिम प्रदेशमा कोरोना रोकथाम र भारतबाट आउने नागरिकलाई व्यवस्थापन गर्ने सम्बन्धमा सुदूरपश्चिम प्रदेश सरकार निष्कृय जस्तै बनेको सुदूरपश्चिम प्रदेश सभा सदस्य मालामति राना बताउँछिन् ।

 कोरोनाकै नाममा प्रदेश सरकारले ६० करोड बढी रकम खर्च गरेको छ उनले भनिन्–‘तर काम केही भएको छैन, स्वास्थ्य उपकरण पहिले भन्दा बढेका छैनन्, नत संक्रमण दर नै रोकिएको छ, त्यसैले प्रदेश सरकार निष्कृय जस्तै छ ।

 सुदूरपश्चिम प्रदेशमा आन्तरिक संगै भारत संग सीमाना जोडिएका कारण भारतमा रहेका नेपालीको आवत जावतले कोरोनाको जोखिम अझ बढी देखिनछ । तर कोरोना संक्रमण रोक्न प्रदेश सरकारको ठोस योजना छैन ।

 दशै तिहार नजिकिदै जाँदा भारतबाट नेपाल आउने नागरिकको संख्या उच्च हुने देखिए पनि ती नागरिकलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना प्रदेश सरकार संगै छैन ।