धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
प्रदेश सरकारको बजेट आज प्रस्तुत हुँदै

३३ अर्ब हाराहारीमा बजेट आउने

३३ अर्ब हाराहारीमा बजेट आउने
आर्थिक मामिला तथा योजना मन्त्री बोहरा

धनगढी

सुदूरपश्चिम प्रदेश सरकारले सोमबार (आज) आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट प्रस्तुत गर्दैछ  

प्रदेश सभा सचिवालयका अनुसार बजेट प्रस्तुतिका लागि सोमबार अपरान्ह   बजे प्रदेश  सभाको  बैठक  डाकिएको कोभिड  १९  महामारीले   विश्वकै आर्थिक   गतिबिधि   ठप्प   पारेको अवस्थामा प्रदेश सरकारको बजेट आउँदैछ

मुलुक बाहिर रोजगारी गरिरहेका अधिकांश नागरिकहरु बेरोजगार भएर घर फर्केको अवस्थामा आउन लागेको प्रदेश सरकारको बजेटलाई विशेष चासोका साथ हेरिएको  

प्रदेश सरकारले ३३ अर्बको हाराहारीमा आगामी बर्षका लागि बजेट आउने जनाएको बजेट गोपनियताको कारण प्रस्तुत हुनु अघि धेरै भन्न नमिले पनि थोरै तल माथि होला, ३३ अर्बको हाराहारीमा बजेट रहन्छ’–आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउँदले भने  

प्रदेश सरकारले यस पटक चालू आर्थिक बर्ष भन्दा थोरै घटेर संघीय सरकारबाट अनुदान आउने अनुमान गरेको चालू आर्थिक बर्षमा १४ अर्ब ५० करोड अनुदान आएकोमा आगामी आर्थिक बर्षमा यस्तो अनुदान २८ करोडले घटेर १४ अकर्ब २१ करोड मात्रै आउने अनुमान गरिएको  

प्रदेश सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उल्लेख भएका कार्यक्रमकै सेरोफेरोमा रहेर बजेट आउने मन्त्रालयले जनाएको कोभिड १९ नियन्त्रणका लागि गरिने प्रयास त्यसकै कारण थलिएको अर्थतन्त्र उकास्ने गरी बजेट आउने आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बताए उनले यसपटकको बजेटले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी दिए  

प्रदेशमा पूर्वाधार निर्माणका कामहरु पनि आवश्यक रहेकोले बजेटको ठूलो हिस्सा पूर्वाधार विकासमै जाने भए पनि कृषि कोभिड १९ माहमारी स्वास्थ्य क्षेत्रपनि प्रदेश सरकारको मुख्य प्राथमिकतामा परेको मन्त्रालयका सूचना अधिकारी साउँदले बताए