धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

घरायसी काममा सक्रिय हुन थाले पुरुष

घरायसी काममा सक्रिय हुन थाले पुरुष

धनगढी । घरमा लुगा धुने, भाँडा माझ्ने, खाना पकाउने जस्ता कामहरु कसले गर्छ ? स्वभाविक उत्तर आउँछमहिलाले गर्छन् । परम्परा अनुसार यी कामहरु हरेक घरमा महिलाले नै गर्छन् । तर धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारी एफ गाउँका केही घरको कथा भने फरक छ । यस गाउँका पुरुषहरु पनि घरायसी काममा महिला जत्तिकै सक्रिय हुन्छन् ।

फूलबारी एफ गाउँका ६० बर्षिय कृष्ण थापा मगर हिजोआज घरेलु कामकाजमा श्रीमतीलाई निकै सहयोग गर्छन् । घरमा गरिने खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने र लिपपोत गर्ने जस्ता कामहरु महिलाले नै गर्ने गरेको सन्दर्भमा कृष्ण थापाले घरेलु काममा आफु पनि श्रीमती जत्तिकै सहभागी हुन थालेको बताए ।

कृष्ण कृषि पेशामा आवद्ध छन् । उनकी ५८ बर्षिया श्रीमती बिन्दु थापा मगर पनि उनी संगै कृषि पेशामा नै आवद्ध छिन् । दुबैजना एउटै पेशामा भएपनि पहिले कृष्णले घर बाहिरको काम मात्रै गर्ने गर्थे । खेत जोत्ने खन्ने काम संगै खेतीबारीबाट बचेको समयमा अन्य आर्थिक उपार्जनका कामका लागि उनी घर बाहिर नै सक्रिय रहन्थे । घरमा खाली बसेको समयमा समेत उनले खाना पकाउने, लुगा धुने लगायतका काम गर्दैनथे ।

महिलाहरुलाई पनि आर्थिक उर्पाजनका काममा सक्रिय गराउन उनीहरुलाई घरायसी कामबाट फुर्सद दिने गर्नुपर्छ । र घरायसी काम महिला र पुरुषले मिलेर गरे मात्रै महिलाहरुले फुर्सद पाउँछन् भन्ने कुरा मेरो श्रीमानले बल्ल आएर बुझनुभएको छ ।’– बिन्दुले भनिन् ।

बिन्दुका श्रीमानमा यो परिवर्तन त्यसै आएको होइन । खेतको कामसंगै घरेलु काममा पनि लागातार सक्रिय रहँदा उनकी श्रीमतीमा ढाड दुख्ने समस्या बढ्न थाल्यो । घरायसी कामा बढी ब्यस्त हुनुपर्ने भएपछि आराम नपाएर शरीर दुख्ने समस्या देखिएपछि उनकी श्रीमती केही महिना थला नै परिन । श्रीमतीको उपचारका क्रममा घरको काम आफै गर्न शुरु गरेका कृष्णले श्रीमतीलाई सञ्चो भएपछि पनि यो निरनतर जारी राखे । बिगत दुई बर्षदेखि घरको काममा सक्रिय रहेको उनले बताए ।  महिला र पुरुषहरुले घरको काम मिलेर गरे एकैजनालाई कामको बोझ नपर्ने रहेछ’– थापा भन्छन–‘शुरुमा त अलि गाह्रो नै भयो अब त बानी परे, लुगा धुने, खाना पकाउने भाँडा माझ्ने काम गर्न अल्छी लाग्न पनि छोड्यो । आफु घर बाहिर गर्ने काममा बढी ब्यस्त भएको बेला श्रीमानले घर पोत्ने काम समेत गरेको बिन्दुले बताइन् ।

बिहान उठेदेखि राति नसुत्दा सम्म काममा मात्रै रहनुपर्दा स्वास्थ्यमा देखिएका बिभन्न समस्याहरु केही आरम गर्न पाएपछि कम भएको समेत बिन्दुले बताइन् । थकाई मेट्न नपाएपछि शरीरका बिभिन्न भागहरु दुख्ने, हातखुट्टा झमझमाउने जस्ता समस्याहरु श्रीमानले काममा सघाउन थालेपछि आराम गर्न पाउँदा केही कम भएको उनले बताइन् ।

बिन्दुको घरमा उनका श्रीमानले मात्रै होइन, उनका छोराले समेत बुहारीलाई घरको काममा सघाउने गरेका छन् । पहिला त सबै काम मैले नै गर्थे’–बिन्दुकी बुहारी सुशीलाले भनिन्–‘बुवाले समेत काम गर्न थालेपछि शुरुमा लाजले नै भएपनि मेरो श्रीमानले पनि गर्न थाल्नुभयो, अहिले एक बर्ष जति भयो, अब त कुनै संकोच नमानेरै गर्नहुन्छ ।

कृष्ण थापाको टोलमा अधिकांश मानिसहरु कामकाजी छन् । कृषि संगै डकर्मीको काम गर्नेहरुको बसाई रहेको यस टोलका १० घरका पुरुषहरु महिलासंगै घरायसी काममा सक्रिय हुन थालेका छन् । कृष्णको घरसंगै जोडिएको घरका ४२ बर्षिय राजु केसी पेशाले डकर्मी हुन् । उनकी श्रीमती उनको कामा सहयोगीको भूमिकामा हुन्छिन् । उनी पहिले आफु कामबाट फर्केपछि पसलतिर साथीहरु र्सग गफ गर्न जाने गर्थे भने श्रीमती घरको काम गर्थिन । कृष्ण थापा मगरको सिको गरेर उनले पनि घरको काममा श्रीमतीलाई सघाउन थालेका छन् । अचेल काम पनि छिटो हुने र एकैजनालाई थाक्ने गरी काम गर्न पनि नपर्ने भएको छ’–केसीले भने–‘कृष्ण काका बुढो मान्छे भएर पनि सघाउने, अनि हामी चाँही घुम्ने, हामी पनि गरौं न भन्ने लागेर सघाउन थालेको हुँ । उनले पनि आजभोली खाना पकाउने, पकाएका भाँडा माझ्ने, लुगा धुने र छोराहरुलाई स्कुल पु¥याउने काम गर्ने गरेको बताए ।

यस टोलका कामकाजी पुरुषहरु घर बाहिर गर्ने कामकाट फर्किएपछि घरको काम आफुले गर्नहुदैन भन्ने मान्यता राख्थे । ाहिले पनि यो मान्यता धेरैजसोमा कायमै छ । घरायसी काममा श्रीमतीलाई सघाउन शुरु गरेका कृष्ण भन्छन्–‘मैले पनि बुझेर शुरु गरेको होइन, ब्यवहारले परेपछि शुरु गरेको बिस्तारै बानी पनि प¥यो र कुरा पनि बुझियो । अहिले मैले गरेको देखेरै धेरैजसो युवा केटाहरु पनि घरको कामा सघाउन थालेका छन् । उनले आफुले घरको काम शुरु गरेको धेरै समयसम्म आफ्नै छोराले समेत नगरेको भए पनि बिस्तारै कुरा बझेर सहयोग गर्न थालेको बताए ।