कोरोना कहर

मंगलबार सुदूरपश्चिममा थपिए २७ संक्रमित

मंगलबार सुदूरपश्चिममा थपिए २७ संक्रमित

धनगढी

सुदूरपश्चिममा आज एकै दिन थप २७ जनामा संक्रमण देखापरेको छ ।   सोमबार सुदूरपश्चिममा १८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

    मंगलबार देखापरेका नयाँ संक्रमितमा कैलालीका १०, कञ्चनपुरका ८ र अछामका ९ जना रहेका छन् । सेती प्रादेशिक अस्पतालले दिएको जनाकारी अनुसार धनगढी कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो । आज देखिएका संक्रमित संगै सुदूरपश्चिममा कुल संक्रमितको सङख्या ७३ पुगेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार धनगढी प्रयोगशालामा कोरोना पोजेटिभ देखिएका मध्य कैलालीका १० र कञ्चनपुरका ८ जना रहेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अकिारी दिलिप श्रेष्ठले दिएको जानकारी अुनसार कैलालीको टीकापुर नगरपालिका स्थित कर्णाली माविको क्वारेन्टिमा बस्दै आएका २०, ३५ र ६३ बर्षे पुरुष र १८ बर्षिया युवतीमा कोरोना पुष्टि भएको छ ।

यसै गरी धनगढी उपमहानगरपालिका३ स्थित त्रिभुवन माविको क्वारेन्टिमा रहेका ३२ बर्षे पुरुष, गौरीगंगा नगरपालिका स्थित कालिका माविको क्वारेन्टिमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

कञ्चनपुरका संक्रमित मध्य पुनरवास नगरपालिकाका ३३, ३५, ३६ र ५२ बर्षे पुरुष, लालझाडी गाउँपालिकाका ३३ बर्षे पुरुष, कञ्चनपुरको आईविआईडीमा रहेको क्वारेन्टिनमा रहेका २८ र ३० बर्षीय पुरुष तथा महाकाली अस्पतालमा रहेका ५० बर्षे पुरुष रहेका छन् ।

यसै गरी सुर्खेतमा गरीएको परीक्षणमा सोमबार नै अछामको मेल्लेख गाउँपालिकाका दुई महिला सहित ८ जना र मंगलसैन नगरपालिकाका एक जना गरी नौँ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

सुदूरपश्चिमका ७३ संक्रमित मध्ये ७१ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितक कर्णाली प्रदेशमा उपचार भईरहेको छ । सुदूरपश्चिम प्रदेशमा १ जनाको कोरोना संक्रमण बाट मृत्यू भएको छ भने ६ जना संक्रमित उपचार पछि निको भएर घर फर्केका छन् ।