धनगढी पोष्ट शनिबार, ०५ बैशाख २०८३   April 18, 2026

मट्काको चिया कफि घर सञ्चालन

मट्काको चिया कफि घर सञ्चालन

धनगढी
कर्मचारी ट्रेड युनियनका अध्यक्ष तथा वनस्पति कार्यालय धनगढीमा कार्यतर खेमराज जोशीले धनगढीमै पहिलो पटक मट्काको चिया तथा कफि घर सञ्चालनमा ल्याएका छन् ।
ग्रहकलाई ताजा र स्वच्छ, स्वादिलो चिया, कफि प्रदान गर्ने उद्देश्यले चिया, कफि घर सञ्चालनमा ल्याइएको सञ्चालक जोशीले बताए । १० लाखको लागतमा चिया कफि घर सञ्चालन गरिएको उनले बताए । चिया कफि घरमा माटोबाट निर्माण गरिएको गिलासमा चिया प्रदान गरिने छ । जुन एक पटक प्रयोग पश्चात नष्ट गरिने उनले बताए । उनका अनुसार कैलालीको कैलारी गाउँपालिका स्थित माटोको भाँडा निर्माण गर्ने उद्योग संग समझौता गरी माटोको गिलास निर्माण गर्ने गरिएको छ ।