धनगढी पोष्ट आइतबार, २९ भदौ २०८३   September 13, 2026
कोरोना कहर

डोटीमा आजै थपिए तीन नयाँ संक्रमित

डोटीमा आजै थपिए तीन नयाँ संक्रमित

धनगढी,

      सुदूरपश्चिम प्रदेशको डोटीमा बुधबार नै थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन जना थपिएपछि सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । यसअघि बुधबार दिउँसो सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

    धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा दिउसो पाँच जनामा पुष्टि भएकोमा आजै बेलुकी पख थप तीन जनामा पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । नयाँ संक्रमित सवै डोटीको पुर्वीचौकी गाउँपालिकाका रहेका छन् ।

       नयाँ संक्रमितहरुमा पूर्वीचौकी गाउँपालिका४ की ४५ बर्षीय महिला, २७  बर्षीय पुरुष र वडा नम्वर ७ का २२ बर्षीय पुरुष रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

      बुधबार दिउँसो पूर्वीचौकी ४ का २२ बर्षीय र पूर्वीचौकी ७ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो भने धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का ५१ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।