धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

तस्करले वन संरक्षण गर्ने नाममा धम्की दिदा नागरिकलाई समस्या भयो : बन मन्त्री माया भट्ट

तस्करले वन संरक्षण गर्ने नाममा धम्की दिदा नागरिकलाई समस्या भयो : बन मन्त्री माया भट्ट

धनगढी

  सुदुरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्टले तस्करले वन संरक्षण गर्ने नाममा धम्की दिदा नागरिकलाई समस्या भएको बताएकी छिन्  । हाम्रो आम्दानीको श्रोत नै वन हो डिभिजन बन कार्यालय कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको बैज्ञानिक बन व्यवस्थापन सम्बन्धी अन्तरक्रियामा संघीय साँसद प्रेम आलेमगरको नाम नलिएर मन्त्री भट्टले भनिन्–  तर तस्कहरुले संरक्षणका नाममा उपभोक्तालाई धम्की दिएका छन् ।

  मन्त्री भट्टले भनिन् ‘बनको सदुपयोग गरेर सम्वृद्ध नेपाल बनाउनु पर्नेछ, नियम संगत लागु भएको वैज्ञानिक वन र रुख कटान कार्य कसैले रोकेर रोकिदैन ।

    प्रदेश भित्र भएको वनमा प्रदेश सरकारकै अधिकार हुने भन्दै मन्त्री भट्टले सार्वजनिक लेखा समितिको उपसमितिले भन्दैमा रुख कटान बन्द नहुने बताइन् ।

  अर्थ व्यवस्था तथा प्राकृतिक श्रोत समितिका सभापति हर्क बहादुर कुँवरले रुख कटान बन्द गर्न नसकिने बरु कमी कमजोरी सच्याएर अघि बढ्न सकिने बताए । सार्वजनिक लेखा समितिको वैज्ञानिक वन अध्यन उपसमितिका सदस्य प्रेम आले मगरलाई लक्षित गर्दै उनले भने–  ‘दुधको साक्षी बिरालो राख्यो भने के होला ? आफै जान्नुस् ।

 ‘ कसैले भन्दैमा रुख कटानी रोकिदैन उनले भने–  ‘कटानीढुवानी तथा आपूर्ति गर्ने अधिकार प्रदेशसंग सुरक्षित छ, हामी आफ्नो अधिकारको प्रयोग गछौं ।

  सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दिर्घ सोडारीले लड्नु परे प्रदेश सरकार लड्ने भन्दै डिभिजन वनका प्रमुखलाई रुख कटानी तथा ढुवानी कार्य अघि बढाउन आग्रह गरे  । वनमा अनियमितता भएको तथा नियम विपरित कार्य भएको भए छानविन गर्न सरकारी मान्यता प्राप्त थुप्रै निकाय रहेको बताउँदै उनले उपसमितिले कामै नलाग्ने भएको  र त्यसले भनेको आधारमा वैज्ञानिक वन व्यवस्थापन तथा रुख कटानी रोक्न नमिल्ने बताए । कुनै निकायबाट मान्यता नै नभएको उपसमितिले भन्दैमा नियम संगत गरिएको काम रोकिदैन उनले भने– ‘अनियमितता भए, नभएको छानविन गर्ने सरकारी मान्यता प्राप्त निकाय छदैछन्, कर्मचारीले ढुक्कसंग काम गरे हुन्छ ।

 प्रदेशसभा सदस्य महेशदत्त जोशीले संघीय सांसद प्रेम आलेलाई सन्किी नेता को संज्ञा दिए । प्रेम आलेको नाम नतोकेरै उनले भने– ‘एक जना सन्कि नेताका कारण आज नियम संगत अघि बढेको वैज्ञानिक वनका कार्यक्रम अन्यौलमा परेका छन्, निजी स्वार्थपूर्ति गर्न यस्तो गर्नु उपयुक्त भने होइन । उनले ५ बर्षका लागि सांसद भएको मान्छेले आफुलाई राजा हुँ भन्ने नठान्न चेतावनी दिए ।

 प्रदेश वन निर्देशक हेमराज विष्टले वनलाई खेती प्रणालीका आधारमा संरक्षण गर्दै बढ्दा काठको मागलाई पुर्ति गरिनु पर्ने बताए । उनले वन बचाउन र माग अनुसारको काठ पूर्ति गर्न वैज्ञानिक वन नै उपयुक्त भएको बताए ।

  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यम प्रसाद पोखरेलले पनि वैज्ञानिक वनका कमजोरीलाई सच्याएर अगाडी बढ्नु पर्नेमा जोड दिए ।

  संघीय सरकारले जेठ १५ गते रुख कटानी र ढुवानी रोक्न निर्देशन दिएको थियो ।  तर पनि कैलाली सहितका जिल्लामा रुखहरु कटानी र ढुवानी भएको उजुरीका आधारमा केही दिन अघि आएको संघीय सँसदको सार्वजनिक लेखा समितिको बैज्ञानिक बन व्यवस्थापन लागु भएका  सामुदायिक बनमा भएको रुख कटानीको अध्ययन गरेको थियो । टोलीमा साँसद एवम सावजनिक लेखा समितिका सदस्य प्रेम आले पनि सहभागी रहेका थिए । अध्ययन उपसमितिका सदस्य आलेले अध्ययनका क्रममा सामुदायिक बनका पदाधिकारीहरुलाई धम्क्याउने र तत्काल बन कटानी रोक्न निर्देशन दिएपछि आक्रोश बढेको थियो ।