धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

माटोको  उर्वराशक्ति बढाउन प्राङगारिक मलको प्रयोगमा जोड

धनगढी । माटोको उर्वराशक्तिकायम राख्नप्रांगारिक मलको प्रयोगलाई जोड दिनु पर्नेमा जोड दिइएको छ । रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति घटाउदै लगैको भन्दै आइतबार धनगढीमा आयोजित माटो सुधार्न प्रांगारिक मलको प्रयोग बिषयक छलफल कार्यक्रमका सहभागीहरुल ेप्रांगारिक मलको प्रयोग बढाउन किसानलाई उत्प्रेरित गर्नु पर्नेमा जोड दिए ।

सुदुरपश्चिम प्रदेशक ाभुमि व्यवस्था, कृषि तथा सहकारी  मन्त्रालयका सचिव डा. मान सिंह धामीले माटोको उर्वरा बढाउन प्रदेश सरकारले प्रांगारिक मलको प्रयोग बढाउने कार्यक्रम बजेटमा समेटेको बताए ।

प्राङगारिक मलको प्रयोगबढाउने कार्यक्रम प्रदेशको  बजेटमा समेटका छौं । सचिव धामीले भने  तर व्यवहारमा जान कठिन भैरहेको छ ।

माटोसँगप्रत्यक्ष जोडिने किसानहरु  पालिकाहरुसँग नजीक रहेका र पालिकाहरुमा कृषि हेर्ने जनशक्तिनहुदा कृषिका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्जय नहुन सकिरहेको सचिव धामीले बताए ।

किसानसँग जोडिन साह्रै गाह्रो छ ।  सचिवधामीले भने प्रदेशले पालिकाकाजनशक्तिको क्षमताबिकास गर्ने र कार्यक्रमदिने हो । तर पािलकामाकर्मचारी नै नहुदा कृषिका कार्यक्रम किसानसँग जोड्न  गाह्रो छ ।
माटोको उर्वराशक्ति सुधार्न अभियान नै चलाउन आवश्यक भैसकेको सचिव धामीले बताए ।

पशुपंक्षी निर्देशनालयका निर्देशक डा. पान सिं ठगुन्नाले  रासायानिक मलले पुरयाने क्षति र प्रांगारिक मलको फाइदका बारेमा किसानहरुलाई बुझाउन आवश्यक भैसकेको बताए ।

माटोको गुणस्तर सुधार्ज पालिका मार्फत किसानहरुलाइृ  सचेतनाका कार्यक्रम संचालन गर्नु पर्नु पर्ने निर्देशक ठगुन्नाले बताए ।

कृषि व्यवसायी बिष्णु बुर्लाकोटीले प्राङगारिक मलका बारेमा किसानहरुले थाहा पाउन नसकेको र प्रागरिक मलको उपलव्धता नहँुदा रासायानिक मलको प्रयोग बढेको र माटोको गुणस्तर बिग्रिरहेको बताए ।

रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्तिघटाएको मात्रनभएर, मानिसको स्वास्थ्यलाई नै असर पारिरहेको बताउदै बुर्लाकोटीले  उत्पादन बृद्धि गर्न र स्वास्थ्यलाई राम्रो बनाउन प्राङगारिक मलको प्रयोग बढाउन आवश्यक रहेको बताए ।

प्राङगारिक कृषिबिज्ञडा. भानु पोखरेलले माटो सजीव भएको बताउँदै माटोले स्वस्थकर खानेकुरा जैविक पद्धार्थबाट मात्र पाउने बताए । माटोले स्वस्थ खाना प्रांगारिक मलका साथै  झारपात,  बनस्पति र जीवजन्तु बाट पनि पाउने  पोखरेलले बताए ।

प्राङगारिक मलको उत्पादककिसानएग्रो इण्डष्ट्रिजकाप्रवन्धनिर्देशक सुरेन्द्र नाथ रेग्मीले   घरमै जैविकमलबनाउने परम्परा अहिले नरहेको र  रसायनिकमलले माटोको उर्वराशक्तिनष्ट गरिसकेको बताए ।

माटोको उवरा बढाउन र  मानिसको स्वास्थ्यकालागिपनि सरकारले नै प्राङगारिक मलको प्रयोगमा जोड दिनआवश्यक रहेको रेग्मीले बताए ।
किसानएग्रो इण्डष्टिजनवलपुरको सहयोगमाकिसानएग्रोभेट सेन्टर धनगढीले कार्यक्रमको आयोजना गरेको हो ।