धनगढी पोष्ट सोमबार, २८ असोज २०८१   October 14, 2024

वी.पी.कोइराला र राष्ट्रियता

वी.पी.कोइराला र राष्ट्रियता

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बी.पी.कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि पु¥याउनु भएको अतुलनिय योगदान नेपाली राजनीतिक ईतिहासमा सदा अजर र अमर छ ।

लोकतन्त्रको स्थापना, राष्ट्रिय हित प्रवद्र्धन एबं जनताको अधिकार रक्षाको निमित्त वी.पी.ले कयौ पटक थुपै जोखिमहरुका विच आफनो आस्था, आदर्श र सिद्धान्तबाट  अलिकति पनि विचलित नभई देश र जनताको हित र हकको रक्षाका निमित्त लडिरहने, लोकतान्त्रिक आदर्श, मुल्य मान्यता एवं लोकतान्त्रिक संस्कार र साँस्कृतिका पर्याय बी.पी. कोईराला एक महान राष्ट्रबादी राजनेता, चिन्तक  एवं युगपुरुष हुनुहुनथ्यो ।

राष्ट्रिय एकता तथा मेलमेलाप नीतिका प्रणेता वीपी कोइरालाको १११औ जन्म जयन्तीका अवसरमा उहाँ प्रति भावपूर्ण श्रद्धा सुमन । 
विषय प्रवेशः 
अन्तर्राष्ट्रिय प्रतिष्ठा आर्जन गरेका पहिलो नेपाली समाजवादी नेतका रुपमा स्थापित नेपालमा प्रजातान्त्रिक समाजवाद स्थापनार्थ गरिएका आन्दोलनका अग्रज जननेता बी.पी.कोइराला १३–१४ वर्षको उमेरदेखि नै प्रारम्भ भएको उनको राजनीतिक जीवनको अन्तिम समयसम्म पनि राष्ट्रियता, प्रजातन्त्र र समाजवादका निम्ति समर्पित रहयो ।

बी.पी.को जीवन अवधिमा भन्दा अवसान पछि उनका सिद्धान्त, आदर्श, मूल्य, मान्यता र राजनीतिक, सामाजिक एवं साहित्यिक क्षेत्रमा उनले पु¥याएका योगदानबारे बढी चर्चा हुदै आएकोछ ।  बी.पी.ले कल्पना गरेको राष्ट्रियता, समाजवाद र प्रजातन्त्र अहिले पनि उत्तिकै सान्दर्भिक छ । 

१०४ वर्षे निरंकुश राणा शासन अन्त्य र प्रजातन्त्र स्थापनाका निम्ति सशस्त्र आन्दोलन नेतृत्व गरेका बी.पी. सधैँ राष्ट्र र जनहितका निम्ति लडिरहे । २००७ सालको क्रान्तिपछि जनस्तरबाट प्रथम गृहमन्त्री तथा २०१५ सालको संसदीय निर्वाचनपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका बिपीको राजनीतिक जीवन ज्यादै कष्टकर रह्यो ।

राजनीतिलाई व्यक्तिगत सफलताको भ¥याङ बनाउनु हुँदैन भन्ने आदर्श बोकेका बी.पी.को जीवनी गहिरिएर अध्ययन गर्ने हो भने निकै उत्साहजनक र शिक्षाप्रद पाईनछ ।  

राष्ट्रियताप्रति उनको अडान र कुनै राष्ट्रसामु नझुक्ने शिखर व्यक्तित्व भएकै कारण जनजनिर्वाचित प्रधानमन्त्री बी.पी.लाई राजा महेन्द्रले ‘कु’ गरेर लामो समय जेलमा राखे ।

२०१७ सालमा बी.पी.ले पहिलो पटक सत्ता बागडोर सम्हाल्दा नै बिर्ता उन्मुलन, वनको राष्ट्रि«यकरण, क्रान्तिकारी भूमिसुधार, वैज्ञानिक कर प्रणाली लागू गरेको थियो । यी कार्यक्रमबाट आत्तियर  राजाले त्यस्तो ‘कु’ नगरेका भए कल्पना गरौ,यतिन्जेल नेपाल बहुदलीय व्यवस्थामा अभ्यस्त भएर देश कहाँ पुगिसक्थ्यो होला !

राष्ट्रिय मेलमिलाप नीति जस्तो नयाँ राजनीतिक नीति प्रतिपादन गरेर नेपाली काँग्रेस मात्र होइन, देश र जनताकै निम्ति अमूल्य गुण बी.पी.ले लगाएका छन् । राष्ट्र र राष्ट्रियताका लागि जीवनसँग खतरा पनि मोल्न सक्ने नेताका रूपमा उनी कहलिए ।

यसले उनको राजनीतिक उचाइसँगै विदेशी जोखिम भन्दा स्वदेशी जोखिमको सिकार हुनु नै गौरव र प्रतिष्ठाको विषय हो भन्ने सन्देश दियो । 

बी.पी.को राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादको विषय हिजो, आज र भोलि सम्मकै लागि सान्दर्भिक छन् । उहाँ आफ्नो जीवनकालमा विचारक, चिन्तक, नेता र साहित्यकार पनि हुनुभयो । त्यो आफैँमा विलक्षण प्रतिभा हो ।

कोइरालाले हात हालेका सम्पूर्ण विषयमा केही न केही नयाँपन दिएर जानुभयो । कुनै न कुनै हिसाबमा त्यसको अनुशरण भइरहेको छ ।
बी.पी. कोइरालाले राजतन्त्र र लोकतन्त्र सँगै लैजान धेरै मिहिनेत गर्नुभयो ।

दोस्रो विश्वयद्धकै समयमा राष्ट्रिय मेलमिलापको नीति आयो । त्यसको प्रत्यक्ष÷परोक्ष सम्बन्ध र प्रभाव नेपालमा पनि परेको जस्तो देखिन्छ ।

बी.पी.ले राष्ट्रको बारेमा एकदमै सटिक विश्लेषण गर्नुभएको छ । राष्ट्र हुनको लागि साझा इतिहास, साझा भाषा र साझा भूभाग भएर मात्र हुँदैन त्यसलाई एक सूत्रमा बाँध्ने राष्ट्रिय भावना हुनुपर्छ भन्नुभएको छ ।

सन् १८१४ र १६ को सुगौली सन्धिपछि नेपालको राजनीतिक नक्सा खडा भयो । त्यसपछि नेपालको ‘नेसन स्टेट’ तय भयो ।

राष्ट्र हुनको लागि केही साझा कुराहरू छन् । हाम्रो हरेक क्रियाकलापमा राष्ट्र लुकेको छ । यसको सार्वभौमसत्ता बचाउनुपर्ने हुन्छ । सबैको साझा विषय केही छ भने त्यो राष्ट्र हो ।

एउटा भौगोलिक घेरा बन्यो त्यसभित्र हामी सबै अटेका छौँ । तर पनि हामीले अपनत्व महसुस गरेका छौँ । जुन हाम्रो राष्ट्र हो ।

राष्ट्रियता भनेको जनताको भावनाको प्रतिनिधित्व हो भन्ने बी.पी.को बुझाइ थियो । पञ्चायतले राष्ट्रियतालाई भूगोल भन्यो तर बीपीले जनताको भावना नै राष्ट्रियता हो भन्नुभयो । आज जनताको अगाडि उपस्थित समस्याहरूको सामूहिक रूपले समाधान गर्न सक्ने गरी हामीमा आउने चेतना नै राष्ट्रियता हो ।

लोकतान्त्रिक मुलुकमा राष्ट्रियताको विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बारे बी.पी.ले अन्यन्तै सहज ढङ्गले आफूलाई परिभाषित गर्नुभएको छ ।

बी.पी.ले आम समस्याको समाधान गर्नेको निम्ति गरिने सामुहिक प्रयत्न नै राष्ट्रियता हो भन्नु भएको छ । राष्ट्रियताको सवालमा बी.पी.ले भन्नुभएको छ ।

जब राष्ट्रियता कमजोर बन्न थाल्छ त्यो बेला दुई खाले राष्ट्रवाद देखा पर्छ । एउटा उग्रराष्ट्रवाद र अर्को सबै अट्ने र अटाउने जनताको भावधारा समेटिएको राष्ट्रिय सोच ।

त्यसमा ‘च्वाइस सबैभन्दा खतरनाक किसिमले अगाडि आउँछ । जाति, धर्म, भाषा र सम्प्रदायको रूपमा देखा पर्न सक्छ । हिटलरको जस्तो नाजीको राष्ट्रवादको रूपमा विकल्पहरू आउन सक्छन् ।

त्यसबाट जोगाउन सकियो भने बी.पी.ले भनेको राष्ट्रवाद झल्कन सक्छ । बीपीले एउटै शासन व्यवस्था र भाषा राष्ट्र निर्माणको लागि ठूलो ऊर्जा हुन सक्छ । तर त्यो उग्रता तिर गयो भने त्यसलाई फर्काउन शताब्दीयाँ लाग्न सक्छ भन्नुभएको छ । 

बी.पी.का विषयमा जति धेरै अध्ययन र अनुसन्धान गर्दै गयो उति नै रोचक र मर्मस्पर्शी तथ्य भेटिँदै जान्छन् । बिपीले कल्पना गरेका राष्ट्रियता, समाजवाद र प्रजातन्त्र अहिले पनि उत्तिकै सान्दर्भिक छ । 

जननायक बी.पी. कोइराला एक प्रजातन्त्रवादी राजनेता मात्र थिएनन्, त्यत्ति नै राष्ट्रवादी पनि थिए । राष्ट्रियताको सवालमा बिपीले निकै गंभिर र दुरदर्शी विचारहरु व्यक्त गरेका छन् । जुन विचारहरु अहिले पनि उत्तिकै सान्र्दभिक छन् । 

बी.पी.को बिचार प्रष्ट थियो । प्रजातान्त्रिक शासन व्यावस्थाले नै नेपाललाई सबै जातजातीहरुको फुलवारी बनाउने उनको दावी थियो । त्यसैले त बी.पी. आफ्नो अन्तिम सास सम्म नेपालमा प्रजातन्त्र स्थापना गर्ने लडाइँ लडिरहे । कहिल्यै थाकेनन् । कहिल्यै हारेनन् । उनका लागि प्रजातन्त्र निर्विकल्प थियो । 

राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र अन्योन्याश्रित भएको जनाउँदै बी.पी.ले भनेका नै छन् . प्रजातन्त्र बिना देश रहदैन । प्रजातन्त्र नभइकन वर्तमान युगमा राष्ट्रियता संभव छैन । विकास पनि संभव छैन ।

जस्तै राष्ट्रियता र प्रजातन्त्र अन्योन्याश्रित छ उस्तै राष्ट्रियता, आर्थिक विकास र प्रजातन्त्र तीनै एउटा अर्कोमा आश्रित छन् । देश भन्नुहोस् चाहे राष्ट्र भन्नुहोस्, त्यो भूगोल होइन, माटो होइन । त्यो यथार्थमा जनता हो । जुन कुराले जनताको हित हुन्छ त्यही कुरो देश हितको कुरो हो ।

बी.पी.ले राष्ट्रियता, आर्थिक विकास र प्रजातन्त्रलाई पनि एक अर्कोमा आश्रित ठानेका छन् । हुन पनि हो, आर्थिक विकास बिना न त राष्ट्रियता मजबुत हुन्छ न त लोकतन्त्र दिगो हुन्छ । त्यो किनभने कुनै पनि नागरिक भोको पेट र नांगो आङले राष्ट्रियताको माला जपेर बस्न सक्दैन । 

राष्ट्रियताको सवालमा बी.पी.ले भनेका छन् । राष्ट्रियता माटो होइन, जनताको सामुहिक भावना (विचार) हो । राष्ट्रियताको बिवेचनामा सर्वप्रथम तत्व र अन्तिम तत्व पनि जनता हो ।

राष्ट्रियता जनताको सामुहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो । सामुहिक रूपबाट समयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नु पर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो ।

राष्ट्रियताको यस परिभाषामा तीन तत्व सामेल छन् जनताका व्यापक समस्या, त्यसको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमले उत्पन्न हुने भावनात्मक एकता ।

अर्को शब्दमा राष्ट्रियता भन्नाले लक्षित गर्ने तत्वहरुः जनता । तिनका अगाडि उपस्थित भएका समस्याहरु, ती समस्याहरुको सबैले मिलेर समाधान गर्ने दिशापट्टीको सामुहिक प्रयत्न र त्यस प्रयत्नमा अनुभव गरेको एकताका भावना । यसरी राष्ट्रियताको विचार गर्दा भुगोलको भुमिका गौण भएर जान्छ ।

बी.पी.ले अगाडि भनेका छन् राष्ट्रियताको भावनात्मक विकास एउटै विचारधाराको प्रचारले हँदैन, त्यो विकासको क्रम द्वन्द्वात्मक हुन्छ । विचारको संघर्ष राष्ट्रिय हितका सम्बन्धमा मत भिन्नताबाट निस्केको त्यो सामुहिक निर्णयको फराकिलो शिलाखण्डमा राष्ट्रियतको भावना गहिरिँदै, बाक्लिदै र फराकिलो हँदै बृहत्तर हुँदै जान्छ ।

बी.पी.ले देश भन्नुहोस् वा राष्ट्र, त्यो भूगोल होइन, त्यो यथार्थमा जनता हो । समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबुत हुँदैन ।

२००७ सालको क्रान्तिमा भारतीयको भूमिका, त्यसमा पनि विशेषतः नेपालका लागि भारतीय राजदूत चन्द्रेश्वरप्रसाद सिंहको भूमिकालाई लिएर बी.पी.ले सार्वजनिक रूपमै भारतीय राजदूतको आलोचना गरेका छन् ।

भनेका छन्, ‘राजदूत भनेको राजदूतजस्तै भएर बस्नुपर्छ । उसले आफूलाई मुजफ्फरपुरको डिस्ट्रिक बोर्डको चेयरम्यानजस्तो ठान्नु हुँदैन । उसले आफ्नो ठाउँ कहाँ हो, त्यो बुझ्नुपर्छ । ’

महेन्द्रले चिन सँग  सगरमाथा आधा–आधा भन्दै चीनसँग नयाँ सम्झौता गरे । तर बीपी प्रधानमन्त्री हुँदा चीन भ्रमणका क्रममा सगरमाथा आधा गर्ने विषयमा चिनियाँ नेताहरूले दबाब दिए । वीपीले सगरमाथा पूर्ण रूपमा आफ्नो भूभागमा पर्ने भन्दै सम्झौता गर्न मानेन । 

बी.पी.प्रधानमन्त्री हुँदै सिमाना नजिकै चिनियाँ सेनाको गोलीले नेपाल पुलिसका हबलदार बमबहादुर मारिए । त्यतिबेला नेहरुले कडा वक्तव्य दिए, ‘हाम्रो उत्तरी हिमालयन सीमामा जुन हमला भयो, त्यसलाई हिन्दुस्तानले आफूमाथि भएको हमला ठान्छ । तर, बी.पी.लाई सार्वभौम राष्ट्रका प्रधानमन्त्रीका रूपमा नेहरुको त्यो प्रतिक्रियाको लगतै नेपाली संसदबाट नेहरुलाई प्रत्युत्तर दिए ।

उत्तरी सीमामा जुन घटना भयो, यसप्रति हिन्दुस्तानले जुन प्रतिक्रिया जनायो, हामी भन्न चाहन्छौ, हाम्रो भूभागको रक्षा गर्न हामी सक्षम छौँ । पछि भारतीय राजधानी नयाँदिल्लीमा पत्रकारहरूले बीपीको प्रत्युत्तरका विषयमा नेहरुलाई सोधेका थिए ।

नेहरुले जवाफ दिए, बी.पी.ले भनेको ठीक हो । यो घटनामा चीनले आफ्नो गल्ती स्वीकार्दै मारिने पुलिसका परिवारलाई नेपाल सरकार मार्फत ५० हजार रुपियाँ प्रदान गरेको थियो । 

२०३३ सालमा बी.पी. राष्ट्र र राष्ट्रियताका लागि नै आफ्नो ज्यान हत्केलामा राखेर नेपाल र्फिर्कएका थिए । बिपीको मेलमिलापको नीति कसैको विरुद्धमा थिएन । यो त राष्ट्र र राष्ट्रियतालाई कमजोर हुन नदिन बी.पी.ले चालेको एक ऐतिहासिक कदम थियो ।

बी.पी. भनेका थिएः हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं ।

आज यसमा एउटा नयाँ आयाम थपिएको छ । नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आई परेको छ । यो दोस्रो जिम्मेवारी हो, देशको अस्तित्वको रक्षा गर्ने ।

सबैले मनन गर्नु पर्ने तथ्य के हो भने देशको आर्थिक विकास बिना न त लोकतन्त्र संस्थागत हुन्छ, न त नेपाली राष्ट्रियता मजबुत हुन्छ । त्यसैले नेपाल राष्ट्र र नेपाली राष्ट्रियतालाई जोगाउदै नेपाललाई समृद्धीशाली बनाउने हो भने नेपालका राजनीतिक पार्टीहरु लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग भई देशको आर्थिक विकासमा कम्मर कसेर लाग्नुको विकल्प छैन ।

अन्तमा, बी.पी.कोइरालाको पहिचान २००७ सालको क्रान्तिका निर्माता र नायक, लोकतन्त्रका पवर्तक, नेपाली काँग्रेसका नेता, पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन् भने कुरा ईतिहासमा अंकित भएका छन् ।

त्यो भन्दा महत्वपूर्ण कुरा उहाँ आधुनिक राष्ट्रिय, अन्तराष्ट्रिय चेतनाको विशिष्ट उत्पादन र सन् बीसौ शताब्दीका श्रेष्ठतम नेपाली प्रतिनिधि हुन् । बी.पी.सँग नेपाली समाजको आर्थिक सामाजिक रुपान्तरणको एउटा  स्पष्ट मार्ग चित्र थियो ।

१५ वर्ष भित्र सबै नेपालीको हैसियत आफनै जस्तो माध्यम वर्गीय जीवनस्तर पुरयाउने बी.पी.को स्पष्ट र समताबादी सोच थियो ।  सोही अनुसार छोटो प्रधानमन्त्रीकालमा पनि पूर्व पश्चिम उत्तर दक्षिण जोडने सडक, विधुत उघोग व्यवसाय र कृषि आधुनीकरणका परियोजना थिए ।

सदीयौ देखि सामन्तीको नियन्त्रणमा रहेको भूमि व्यवस्था परिवर्तन गर्नका लागि विर्ता उन्मुलन कानुन तयार गरि प्रगतिशिल भूमिसुधार योजना लागु हुदै थियो ।

बी.पी.को प्रबुद्ध नेतृत्व एवं ओजश्वी व्याक्तित्व र उहाँले अपनाएको स्वतन्त्र परराष्ट्र नीतिका कारण नेपालले विश्व समुदायको आफनो मौलिक पहिचान बनाई रहेको थियो ।

भारत र चिन दुवै छिमेकी सँग नेपालको खुलस्त अडान सहित सौहार्दपूर्ण सम्वन्ध कायम थियो । बी.पी. नेपाली काँंग्रेसको सैद्धान्तिक अवधारणाको सूत्रधार तथा राजनीतिक र आर्थिक प्रस्तावनाको रचनाकार हो ।

बीपीलाई बुझ्न कांग्रेसको लामो इतिहासको सिंहावलोकन गर्न आवश्यक छ । तर, बीपीलाई बुझ्न कांग्रेसलाई बुझेर मात्र पुग्दैन । बी.पी.लाई समग्रतामा बुझ्न गहन अध्ययन, अनुसन्धानको खाँचो छ ।

पुनः राष्ट्रिय एकता तथा मेलमेलाप नीतिका प्रणेता वीपी कोइरालाको १११ औ जन्म जयन्तीका अवसरमा उहाँ प्रति भावपूर्ण श्रद्धा सुमन । 

(लेखक नेपाली काँग्रेस कैलालीका जिल्ला सचिव हुन । उहाँले नेपाली काँग्रेस जिल्ला कार्यसमिति कैलालीले १११औ वी.पी.जयन्तीका अवसरमा आयोजना गरेको विचार गोष्ठीमा वी.पी. र राष्ट्रियता विषयमा आफनो आधारपत्र प्रस्तुतका लागि तयार गरिएको सामाग्री)