धनगढी पोष्ट
बुधबार, २३ असोज २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिममा मनसुनी याममा विपदका घटनाबाट ठूलो संख्यामा घटना, मृत्यु र आर्थिक क्षति भएको छ ।
चालु आर्थिक वर्ष २०८१÷०८२ को साउन महिनादेखि असोज चौथो सातासम्म एक सय सय ६१ घटनामा १७ जनाको मृत्यु र सात करोड ९५ लाख ६० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको हो ।
मनसुनी याममा विपदका घटनाबाट मानविय क्षति, भौतिक क्षति र चौपाया क्षति भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह बिष्टले मनसुनी याममा प्राकृतिक विपदले प्रदेशमा ठूलो जनधनको क्षति गरेको बताए । बाढी प्रभावित क्षेत्रहरुमा विपद सम्बन्धीका साम्रागी वितरण गरेको उनले बताए ।
मानविय क्षति, भौतिक क्षति र चौपाया क्षतिका घटना पहिर«ो, चट्याङ, बाढी, आगलागी, सर्पदंश, जंगली जनावर आतङक, हावा–हुरी, भारी वर्षा, भुकम्प र लेकबाट एक सय ६१ घटना घटेका छन् ।
बिष्टका अनुसार पहिरोका ५१ घटनामा ६ जनाको मृत्यु, घाइते १७ जना, प्रभावित परिवार एक सय १६ जना, घर आंशिक क्षति सात वटा, पूर्ण आठ वटा, प्रभावित पुल पाँच वटा, गोठ क्षति चार वटा र पशुचौपाया ४० वटा गरेर ६ लाख २५ हजार रुपयाँ बरबारको क्षति भएको छ ।
चटयाङ्गका २४ घटनामा पाँच जनाको मृत्यु, २१ जना घाइते, प्रभावित परिवार ४० जना, घर आंशिक र पूर्ण क्षति एक÷एक र पशुचौपाया क्षति ५६ वटा गरेर दश लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।
बाढीका २० घटनामा तीन जनाको मृत्यु, दुई जना बेपता, घाइते एक जना, बाढीबाट प्रभावित परिवार चार सय ८२ जना, एक घर पूर्ण क्षति र आठ वटा पशुचौपाया क्षति भएका छन् ।
यस्तै आगलागीका २० वटा घटनामा एक जनाको मृत्यु, घाइते एक जना, २६ जना प्रभावित परिवार, एक घर पूर्ण क्षति र गोठ क्षति १३ वटा गरेर ४३ लाख २१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र (पीइओसी) को तथ्याङकमा उल्लेख छ ।
सर्पदंशका चार घटनामा एक जनाको मृत्यु, घाइते दुई जना र चार जनाको परिवार प्रभावित भएका छन् ।
जंगली जनावरका आठ घटनामा एक जनाको मृत्यु, घाइते ६ जना, प्रभावित परिवार नौ जना र पशुचौपाया क्षति १२ वटा रहेको छ ।
यस्तै हावाहुरीको एक घटनामा एक परिवार प्रभावित र एक घर पूर्ण क्षति गरेर ७० हजार बराबरको क्षति भएको छ ।
भारी वर्षाका ३१ घटनामा पाँच सय ३१ परिवार प्रभावित, आंशिक घर क्षति आठ वटा, पूर्ण क्षति घर १५ वटा, गोठ क्षति दुई वटा, पशुचौपया क्षति चार वटा गरेर एक लाख २६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र (पीइओसी) को तथ्याङकमा छ ।
भुकम्पको एक घटनामा एक परिवार प्रभावित र एक घर आंशिक क्षति भएको छ भने लेक लागेर एक परिवार प्रभावित भएको छ ।
सूचना अधिकारी बिष्टले विपदमा मृत्यु भएका परिवारहरुलाई एक÷एक लाख रुपैयाँ जिल्ला प्रशासन मार्फत वितरण गरेको बताए । आफूहरुको स्रोत साधनले भ्यायसम्म राहात वितरण गरिरहेको उनले बताए ।
विपद निम्ताउने नदी र खोलाहरुमा साइरङ समेत जडान गरेको उनले बताए । साइरङ जडाने गरेका नदीहरुका आसपासका बाढी प्रभावित क्षेत्रमा पूर्व जानकारी पाउन समेत सहज भइरहेको उनको भनाइ छ । साइरङ जडाने गर्दा मानविय क्षति र भौतिक क्षतिमा समेत कमी आएको उनले बताए ।
प्रदेश सरकारले सम्भावित जोखिमसहित हुन सक्ने अन्य प्रभावलाई दृष्टिगत गरेर मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार पारेको छ ।
वर्षायाममा हुन सक्ने बाढी, कटान, पहिरो, सडक अवरोध, दुर्घटनालगायत विभिन्न प्रकोपलाई दृष्टिगत गरी प्रकोप पूर्व अपनाइने सावधानीका उपाय, खोज तथा उद्धार, प्रभावितलाई राहत वितरणका आधारभूत विषय समेटेर सुदूरपश्चिम प्रदेश मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८१ तयार पारेको हो ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनाको मुख्य उद्देश्य यस प्रदेशमा मनसुन अवधिभर हुन सक्ने सम्भावित प्रकोपहरूको आकलन गरी आवश्यक तयारी तथा प्रतिकार्यका लागि न्यूनतम आधार तयार गर्ने रहेको मन्त्रालयले जनाएको छ ।
विपत् जोखिम न्यूनीकरण र प्रतिकार्यका सम्पूर्ण व्रिmयाकलाप प्रभावकारी बनाउने मन्त्रालयले जनाएको छ ।