धनगढी पोष्ट
सोमबार, ०८ पुष २०८१ मा प्रकाशित
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ गेटामा रहेको एसओएस बालग्रामको सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
सो अवसरमा सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले सरकारले नगरेको काम एसओएस बालग्रामले उदाहरणीय कार्य गरेको बताइन् ।
बालग्रामलाई प्रदेश सरकार आवश्यक सहयोग गर्ने तयार रहेको उनले बताइन् । बालग्रामसँग प्रदेश सरकार पनि हातेमालो गरेर अगाडि बढ्ने उनको भनाइ छ ।
बालग्रामका बालबालिकाहरूलाई उचित शिक्षाका लागि सरकारले सक्दो सहयोग गर्ने समेत तयार रहेको उनले बताइन् ।
राज्य मन्त्री खड्काले नयाँ बजेटमा बालग्रामका लागि पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । बालग्रामका बालिबालिकाहरुका लागि प्रदेश सरकारले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने तयार रहेको उनले बताइन् । उनले बालिबालिकाहरुलाई छात्र वृद्धिको पनि व्यवस्था गर्ने बताइन् ।

एसओएस बालग्राम धनगढीका निर्देशक पदमबहादुर हमालले सन २०२५मा बालग्राम वरिपरि भएका छिमेकीका बालबालिकाहरूलाई पनि आफुहरुको कार्यक्रममा सहभागिता गराउने उद्देश्य रहेको बताए ।
बालबालिकाहरूको योजनालाई पुनः स्थापना गर्नेका लागि आफुहरू लागि परेको उनले बताए । पढाइमा कमजोर बालबालिकाहरूलाई सिपमूलक तालिमहरू दिएर रोजगारीको समेत व्यवस्था गरेको उनको भनाइ छ ।
सैवधानिक रूपमा जुन क्षेत्रका बालबालिकालाई बालग्रामले हेरी रहेको छ, उनले त्यो क्षेत्रका बालबालिकाको अधिकार संरक्षणका लागि संविधानमै उल्लेख गरेको भए पनि बालबालिकाले अधिकारबाट बचित हुन परेको उनले बताए ।

बालबालिकाले पाउने पर्ने अधिकारका लागि आफूहरूले राज्य सँग पहल गरिरहेको भए पनि अझै अधिकार नपाइरहेको उनको भनाइ छ ।
एक्सिस विद्याश्रमकी प्राचार्य अनिता पन्तले छोटो समयमै एसओएस बालग्रामले विश्व भरी नै ग्रविलो र संसक्त संस्थाका रूपमा चिनाउन सफल भएको बताइन् । बालग्रामले गर्दा सुदूरपश्चिमकै पहिचान भएको उनले बताइन् । बालग्रामलाई आफूले पनि सहयोग गर्दै आइरहेको उनको भनाइ छ ।
सामाजिक परीक्षक लेखनाथ ओझाले विभिन्न चुनौतीका बीचमा पनि एसओएस बालग्राम अगाडि बढ्न सफल भएको बताए ।
बालग्रामले बालबालिकाका क्षेत्रमा मात्रै नभई समुदायक स्तरमा पनि आयआर्जनका लागि विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको उनले बताए ।
एसओएस बालग्रामको आफ्नै २५ कट्टा जमिनमा विभिन्न संरचनाहरु छन् । बालग्राममा ४८ बालक र ४७ बालिका गरि जम्मा ९५ बालबालिकाहरू रहेका छन् ।