धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

विपद जोखिम न्युनीकरणमा सामुहिक प्रयासमा जोड

विपद जोखिम न्युनीकरणमा सामुहिक प्रयासमा जोड

धनगढी । सामुदायमा विपद् जोखीम न्यूनिकरणमा सबै एक जुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिइएको छ । विपद्बाट कैलाली जिल्लामा वर्षेनी समस्या हुने गरेकाले विपद् जोखीम न्यूनिकरणबाट जोगिन सबैले हालेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिइएको हो । 

विपद् जोखीम न्यूनिकरण सम्बन्धी काम गर्दै आइरहेका संघ–संस्थाहरुले विपद् सम्बन्धी ऐन कानुन बनेको भएपनि प्रभावकारी कार्यान्वय गर्नुपर्नेमा जोड दिएका छन् । 

युएनयाफका कार्यक्रम अधिकृत कृष्ण चौधरीले विपद्बाट सबै भन्दा बढी महिला, ज्येष्ठ नागरिक र बालबालिकाहरु हुने भएकाले यस तर्फ सबैले सोचनुपर्ने बेला आएको बताए । 

मर्सिकोरकी लक्ष्मी अवस्थीले विपद् जोखीम न्यूनिकरण सम्बन्धी डकुमेन्टीहरु मात्रै बनाएर नहुने त्यसलाई कार्यान्वयमा पनि ल्याउनुपर्ने बताइन् । उनले विपद् सम्बधी प्रदेश सरकार र स्थानीय सरकारहरुले  डकुमेन्टहरु मात्रै बनाउने गरेको र त्यसलाई प्रभावकारी कार्यान्वयनमा ल्याउने नगरेको बताइन् । 

संघ–संस्थाहरुले विपदु सम्बन्धी डकुमेन्ट्री मात्रै बनाएसँगै कार्यान्वयनको जिम्मा समेत लिनुपर्ने बेला आएको उनको भनाइ छ । विपद् जोखीम न्यूनिकरणका लागि थुप्रै डकुमेन्टीहरु बनाएको भए पनि अहिलेसम्म कार्यान्वयनमा आउन नसकिरहेको उनले बताइन् ।

निष्ट नेपालका प्रेम विकले विपद् जोखीम न्यूनिकरणबाट प्रभावित समुदायलाई विपदु् सम्बन्धी छिटो भन्दा छिटो सूचना पाउने व्यवस्था मिलाउनुपर्ने बताए ।

विपदु सम्बन्धी विभिन्न माध्यबाट पूर्व जानकारी दिइरहेको भए पनि समुदाय स्तरको पहुँचलाई अझै बढाएर लैजानुपर्नेमा उनले जोड दिएका छन् । 

बर्दगोरिया गाउँपालिका विपदु फोकल पर्सन भूमिप्रसाद शर्माले विपद् जोखीम न्यूनिकरणबाट बच्नका वडा स्तरबाट लागि पहिलो प्राथमिकता राखेर काम गर्नुपर्ने बताए । वडाहरुमा पनि विपद् सम्बन्धी समितीहरु बनेका भए पनि समितीहरु सक्रिय हुन नसकेको उनले बताए ।

पालिकाहरुले विपद् सम्बन्धी धेरै पटक समितीहरु सँग बसेर छलफल गरेको भए पनि सक्रियता बढाउन नसकिरहेको उनको भनाइ छ । 
जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले घरमा विपदु जोखिम प्रतिकार्य सामग्रीहरु राख्न पर्ने बताइन् । विपदु जोखीम न्यूनिकरण सम्बन्धी विभिन्न माध्यबाट जनचेतना मुलक सन्देशहरु प्रकाशन प्रसारण गरिरहेको उनले बताइन् । 

विपद्मा राज्यले गर्ने नसकेका कामहरु गैर सरकारी निकायहरुले विभिन्न कामहरु गर्दै आइरहेको उनले बताइन् । विपद् जोखीम न्यूनिकरणका लागि सबै निकायले हालेमालो गरेर अगाडि बढ्नुपर्ने उनका भनाइ छ । 

सामाजिक विकासका सचेत समाज (सिएसएसडी) को समुदायमा आधारित विपद् जोखीम न्यूनिकरण परियोजनाका परियोजना सम्पर्क व्यक्ति क्रिम चौधरीले विपद् जोखीम न्यूनिकरणबाट बच्ने कसरी भन्नेर एउटा दस्तावेद तयार गर्ने लागि रहेको बताए । 

दस्तावेदमा विपद् जोखीम न्यूनिकरण सम्बन्धी सबै कलस्टरहरुको भूमिकालाई समेटर्ने प्रयास गरिरहेको उनले बताए । विपद्बाट प्रभावित व्यक्तिहरुलाई समयमै सेवाहरु उपलब्ध गराउन सक्ने उदेश्यले दस्ताबेज तयार पार्ने लागिएको उनको भनाइ छ ।  

सामाजिक विकासका सचेत समाज (सिएसएसडी) र वल्र्ड भिजनको संयुक्त आयोजनामा कैलालीको तीन स्थानीय तह टिकापुर नगरपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकामा समुदायमा आधारित विपद् जोखीम न्यूनिकरण सम्बन्धी कार्यहरु गर्दै आइरहेको छ ।