धनगढी पोष्ट मङ्गलबार, २२ माघ २०८१   February 4, 2025

देवहरिया वनस्पति उद्यानमा आन्तरिक पर्यटकको आर्कषण बढ्दै

देवहरिया वनस्पति उद्यानमा आन्तरिक पर्यटकको आर्कषण बढ्दै

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ देवहरियास्थित देवहरिया वनस्पति उद्यानमा आन्तरिक पर्यटकहरुको आर्कषण बढ्दै गएको छ ।

उद्यानलाई व्यवस्थित गरिए सँगै वातावरण मैत्री भएकाले गर्दा पनि आन्तरिक पर्यटकहरुको आर्कषण बढ्दै जान थालेको हो ।

वनस्पति अनुसन्धान केन्द्र कैलालीका कार्यालय प्रमुख गंगादत्त भट्टका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को छ महिनामा ६१ हजार चार सय ४१ आगन्तुकहरुले उद्यानको अवलोकन गरेका छन् ।

यस अवधिमा ११ लाख ७६ हजार तीन सय ७० रुपैयाँ राजश्व संकलन भएको उनले बताए । चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्मको अवधिमा उक्त आगन्तुक र राजश्व संकलन भएको हो । 

देवहरिया वनस्पति उद्यान १४९.५ हेक्टर क्षेत्रफलमा रहेको उद्यान हो । यस उद्यानमा जखौर ताल, मुरफुट्टा ताल, र मुरफुट्टी तालहरु रहेका छन् ।

उक्त तालहरु मध्य जखौर ताल १२.५५ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने मुरफुट्टा ताल २.५ हेक्टर क्षेत्रफल र मुरफुट्टी ताल १.३३ हेक्टर क्षेत्रफलमा फेलिएका छन् । 

No description available.

ताल क्षेत्र बाहेक १३३.१८ हेक्टर क्षेत्रफल वनस्पति उद्यान क्षेत्र रहेको वनस्पति अनुसन्धान केन्द्र कैलालीले जनाएको छ । उद्यानमा चुरे र तराई क्षेत्रमा पाइने दुई सय बढी प्रजातिका वनस्पतिको संरक्षण हुँदै आएको छ ।

उद्यान अवलोकनका लागि १० वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिकको पाँच रुपैयाँ, विद्यार्थीको १० रुपैयाँ र वयस्कको प्रतिव्यक्ति २० रुपैयाँ प्रवेश शुल्क लिने गरेको वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ । 

कार्यालय प्रमुख भट्टका अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा एक लाख ३१ हजार चार सय ७४ जना आगन्तुक पर्यटकले अवलोकन गरेकोमा २५ लाख २० हजार एक सय १९ रुपैयाँ राजश्व संकलन भएको थियो । 

यस्तै आर्थिक वर्ष २०७९÷०८० मा एक लाख तीन हजार रुपैयाँ आगुन्तुकले उद्यानको अवलोकन गरेकोमा २० लाख २२ हजार तीन सय रुपैयाँ राजश्व संकलन भएको थियो । उद्यान अवलोकनका लागि दैनिक चार÷पाँच सय पर्यटकहरु आउने गरेको उनको भनाइ छ । 

उद्यान अवलोकनका लागि विभिन्न ठाउँहरुबाट आउने गरेका पर्यटकहरुले उद्यानलाई अझै व्यवस्थित गरेर लैजानुपर्ने बताएका छन् । बाजुराबाट उद्यान अवलोकन गर्ने पुगेका सिद्धराज जैशीले उद्यानमा व्यवस्थापनको कमी रहेको बताए । उद्यान भित्र भएका फोहोरहरु र प्लान्टहरुलाई व्यवस्थापन गर्नेु पर्ने आवश्यता रहेको उनले बताए । 

उनले. भने, ‘जैविक विविताले भरिपूर्ण बनाएको रहेछ । यसका लागि मैले धन्यवाद दिन्छु । यहाँ आल्नकारी बोटहरु पनि हेरे मैले । यो चिनिया मोडलमा पनि छ । चिनको धेरै उप्रान्तमा जाँदा यस्तो देखेको थिए, मैले त्यहीँ मोडलमा छ ।’

उद्यान भित्र पर्यटकका लागि भौतिक सुविधाको आवश्यकता रहेको उनले बताए । उनले ठाँउ–ठाँउमा पर्यटकका लागि उच्च स्थानमा बस्ने व्यवस्थापन गर्ने जरुरी रहेको बताए । 

उद्यान भित्र फोटो खिच्नका लागि विभिन्न ठाँउहरु बनाउन सकियो भने आन्तरिक पर्यटक मात्रै नभई बाह्य पर्यटकहरु समेत आउने उनको भनाइ छ । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का स्थानीय हेमराज चौधरीले उद्यान भित्र रहेको तालको सरसफाई नभएको बताए । पहिला भन्दा अहिले उद्यानमा केही सुधार भए पनि तालमा पानी लगायत सरसफाईको रहेको उनले बताए । 

उनले भने, ‘पहिला भन्दा त फरक छ अहिले । सरसरफाइमा राम्रो छ । पहिला भन्दा त, पहिला त गुट्का खाएको चाउ–चाउ खाएको फालेकै हुन्थ्यो खोसल्टा । अहिले सफा छ ।’ 

कार्यालय प्रमुख भट्टले उद्यान अवलोकनका लागि आएका आगन्तुकहरुलाई पानी बोतल लगायत प्लास्टीक जन्य पदार्थहरु नलैजान आग्रह गर्दै आइरहेपनि यसलाई निषेधित गर्ने नसकिएको बताए ।

आगन्तुकहरुले उद्यानमा लगेका सामाग्रीहरु प्रयोग गर्ने जथाभावी फाल्ने गरेकाले सरसफाइमा कमी देखिएको उनले सुहिकार गरे । बजेट अभावका कारणले गर्दा पनि जनशक्ति व्यवस्थापनमा समस्या भइरहेको उनले बताए । उद्यानलाई अझै व्यवस्थित गरेर लैजाने तर्फ आफूहरु लागि नै रहेको उनको भनाइ छ ।

केन्द्रले उद्यानमा रहेका तालतलैयाहरूको संरक्षण तथा व्यवस्थापन, अध्ययन अनुसन्धान, शैक्षिक क्रियाकलाप, स्रोत सर्वेक्षण तथा जडीबुटी खेती विस्तार गर्दै आइरहेको छ, भने वनस्पति प्रजातिहरूको स्वस्थानीय र प्रस्थानीय संरक्षण समेत गर्दै आइरहेको छ ।