मोहन जोशी
सोमबार, १५ असार २०७७ मा प्रकाशित
धनगढी
कञ्चनपुर प्रहरीले यातायात व्यवस्था कार्यालय धनगढीका दुई जना कर्मचारी सहित १२ जनालाई सवारी चोरी गरी कृते कागजात बनाएको आरोपमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्याल कञ्चनपुरका प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापका अनुसार पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्यूटर अपरेटर जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई सहितका रहेका छन् ।
प्रवक्ता थापाका अनुसार चोरी गरेका सवारी साधनलाई यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्यूटर अपरेटर जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराईले किर्ते कागजात बनाउने गरेका थिए ।
चोरेर ल्याएका सवारी साधनको ब्लु बुक लगाउत अन्य कागज पत्र सहायक कम्प्युटर अपरेटर भट्टराईले किर्ते गरेर सक्कली बनाउने काम गर्दै आएका थिए भने कायर्यालय सहयोगीले दुई समुह बीच सहकार्य गर्ने काम गर्दै आएको प्रहरी नायव उपरिक्षक थापाले बताए ।
उनीहरुले विगत १ बर्ष देखि यस्तो काम गर्दै आएको हुन सक्ने प्रहरी प्रबक्ता थापाले बताए ।
सवारी चोरी गर्नेमा कैलाली र कञ्चनपुरका १० युवा रहेका छन् । यातायात व्यवस्था कार्यालय सेतीमा कार्यत्ररत कार्यरत जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई संगै सवारी साधन चोरीमा संलग्न रहँदै आएका कञ्चनपुरको लालझाडी गाउपालिका– ४ बस्ने ३५ बर्षे बहादुर राना, बेतकोट नगरपालिका–६ बस्ने ३५ बर्षे राज कुमार राना, सोही ठाउँका २५ बर्षे हरेन्द्र राना, ३० बर्षे सुबेश राना, लालझाडी गाउपालिका–१ का ४२ बर्षे रामनिवास राना, शुक्लाफाँटा नगरपालिका–१२ घरभई धनगढी उपमहानगरपालिका–३ मा अस्थाई रुपमा बस्दै आएका २७ बर्षे श्याम राना, कञ्चनपुर बेतकोट नरपालिका–६ का २८ बर्षे रामलाल राना, बेतकोट नगरपालिका–५ का १८ बर्षे प्रदिप राना, सोही ठाउँका २७ बर्षे लक्ष्मी रानालाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक थापाले बताए ।
उनका अनुसार नक्कली सवारी दर्ता किताब सहित ८ वटा चोरीका मोटरसाईकल समेत बरामद गरिएको छ । उनीहरु कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा मोटरसाईकल चोरीमा संग्लन रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई दुबै जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
चोरीमा थप केही व्यक्तिको पनि संलग्नता देखिएका कारण सवै विवरण भने अहिल्यै सार्वजनिक नगरेको उनले बताए । उनीहरू मोटरसाइकल लगायतका सवारीसाधन चोरी र नक्कली कागजपत्र बनाएर बिक्री गर्ने काम गर्दै आएका थिए ।
प्रहरीले सवारी चेकजाँच गर्दा धेरै सवारी साधनको नक्कली प्रमाणपत्र भेटिएपछि विगत दुई महिना देखी प्रहरीले सो गिरोहको अनुसन्धान गर्दै आएको थियो ।