धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
तीन वर्षमा ६ सय ३१ मुद्दा दर्ता

२७ दिनमा १५ वटा बलात्कारका घटना

२७ दिनमा १५ वटा बलात्कारका घटना

धनगढी । सुदूरपश्चिममा चालु आर्थिक वर्ष २०८१÷०८२ को २७ दिनमा १५ वटा जबरजस्ती करणीका घटना  प्रहरीमा दर्ता भएका छन् ।

साउन १ गतेदेखि २७ गते सम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा १५ बलात्कारका घटना दर्ता भएका हुन् । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज बिष्टका अनुसार चालु आर्थिक वर्षमा सबै भन्दा बढी कैलालीमा जबरजस्ती करणीका आठ वटा मुद्दा  दर्ता भएका छन् ।

कञ्चनपुरमा चार वटा र अछाम, डोटी र डडेल्धुरामा एक÷एक वटा मुद्दा दर्ता भएका छन् । 

यस्तै सुदूरपश्चिममा तीन वर्षको अवधिमा जबरजस्ती करणीका ६ सय ३१ मुद्दा प्रहरीमा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा दुई सय चार जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । सो अवधिमा पनि सबै भन्दा बढी कैलालीमा ८३ र कञ्चनपुरमा ४१ मुद्दा दर्ता भएका छन् । 

बैतडीमा २२, अछाममा १२, बझाङमा ११, बाजुरामा १० र डडेल्धुरामा १०, डोटीमा आठ, र दार्चुलामा सात मुद्दा दर्ता भएको प्रदेश प्रहरीको तथ्यांक छ । 

सुदूरपश्चिममा आर्थिक वर्ष २०७९÷०८० मा जबरजस्ती करणीका १९१ मुद्दा प्रहरीमा दर्ता भएका छन् । सो अवधिमा सबै भन्दा बढी कैलालीमा ८९ र त्यसपछि कञ्चनपुरमा ४० मुद्दा दर्ता भएका छन् । 

बैतडीमा १४, बाजुरामा ११, बझाङमा १०, अछाममा नौ, डोटीमा आठ, दार्चुलामा सात र डडेल्धुरामा तीन वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ । 

त्यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा २३६ वटा जबरजस्ती करणीका मुद्दा प्रहरीमा दर्ता भएका थिए । सो अवधिमा पनि सबै भन्दा बढी कैलालीमा ११५ र त्यसपछि कञ्चनपुरमा ३२ मुद्दा दर्ता भएका छन् ।

डोटीमा २०, बझाङमा १५, बाजुरा र अछाममा १३÷१३, बैतडीमा १२, दार्चुलामा नौ र डडेल्धुरामा सात वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्यांकमा उल्लेख छ । 

प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक बिष्टले लागुऔषध र मदिरा दुव्र्यसनले गर्दा नै जबरजस्ती करणीको मुद्दा बढेको बताए । ‘सामाजिक सञ्जालको बढ्दो प्रयोग, बिलासीताको चाहनाले गर्दा पनि जबरजस्ती करणी बढेको जस्तो देखिन्छ’ प्रवक्ता बिष्टले भने । 

जबरजस्ती करणीका मुद्दालाई न्यूनिरकणका लागि जनचेतना मुलक कार्यक्रमहरु गर्न आवश्यक रहेको बिष्टले बताए । बिष्टले आफुहरुले पनि सामुदाय प्रहरी कार्यक्रम मार्फत स्थानीय स्थरमा विभिन्न जनचेतचना मुलक कार्यक्रमहरु गर्दै आइरहेको बताए । 

‘जबसम्म मानिसमा सामाजिक चेतना बढ्दैन, तबसम्म जबरजस्तीका करणीका मुद्दामा कमी आउँदैन,’ उनले भने । किशोर र किशोरीहरुमा पनि जनचेतनामुलक कार्यक्रमहरु गर्ने सकियो भने घटनामा कमी आउन सक्ने उनको भनाई रहेको छ ।

मदिरा र लागुऔषधलाई केही हदसम्म नियन्त्रण गर्न सकियो भने अपराध घटाउन केही मदत पु्ग्ने उनले बताए । 

अधिबक्ता गम्भीर सिंह ऐर अहिले साँच्चै बलात्कार र कृतिम बलात्कारका घटना भैरहेको  बताउँछन् । ‘साँच्चै बलात्कारका घटनाहरु अहिले बढिरेहका छन् ।’ अधिवक्त ऐरले भने, ‘पहिले सहमतिमा सम्वन्ध कायम गर्ने, तर पछि बिवाह गर्न अस्वीकार गरेपछि बलात्कारको  घटना दर्ता गर्ने क्रम पनि छ ।’

अधिवक्ता ऐरका अनुसार आपसी सम्वन्ध राम्रो हुने, लेनदेन पनि हुने तर पनि लेनदेन नमिलेपछि  बलात्कारको मुद्धा परेका घटनाहरु पनि छन् ।