धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

गेटा अस्पतालले अप्रेशन सेवा शुरु गर्दै

गेटा अस्पतालले अप्रेशन सेवा शुरु गर्दै

धनगढी । कैलालीको गेटा अस्पतालले मंगलबारदेखि अप्रेशन सेवा सुरु गर्ने भएको छ । औपचारिक रूपमा बिरामी भर्ना गरेर उपचार शुरु गरेको एक सातापछि अस्पतालले अप्रेशन सेवा थप गर्न लागेको हो । 

अस्पतालका निर्देशक डा.विप्लव सापकोटाले भदौ ४ गतेदेखि अपेशन सेवा  पनि शुरु गर्न  लागिएको बताए ।

 ‘बिरामीको परिक्षण शुरु गरे पनि अपेशन सुरु नगरेकाले अहिले बिरामी भर्ना छैनन्, ‘निर्देशक डा.सापकोटाले भने, ‘अब भोलि (मंगलबार) देखि अप्रेशन सेवा पनि शुरु गछौं ।’ अप्रेशन गरेपछि बिरामीहरु भर्ना गर्नुपर्ने हुनाले ईन्डोर वार्डमा स्वास्थ्यकर्मी खटाई सकेको निर्देशक सापकोटाले बताए । 

गेटा अस्पतालले साउन ३२ गतेदेखि औपचारिक रूपमा बिरामी भर्ना शुरु गरेको हो । अस्पतालमा परिक्षण भने पहिलेदेखि नै भैरहेको थियो । गेटा अस्पताल एक सय शैयाको स्वीकृत अस्पताल हो । शल्यक्रिया सेवा र अब बिरामी भर्ना शुरु हुनेछ । अहिले महिला र पुरुष गरी दुई वार्ड सञ्चालन हुनेछन । 

एक सय बेड सञ्चालनका लागि भदौ मसान्तसम्म लाग्ने निर्देशक डा.सापकोटाले बताए । ‘आईसीयु पुरै सेटअफ भइसकेको छैन । पोस्टअप र आईसीयु गरी ४० बेड तयार हुदैछन्, आईसीयु सुचारु हुने वित्तिकै जटिल प्रकारका शल्यक्रिया पनि सुरु हुन्छन्’ डा.सापकोटाले भने । 

आईसीयू जडानको काम सकिने बित्तिकै इमरजेन्सी वार्ड पनि सञ्चालन गर्ने र त्यसपछि अस्पतालको सबै सेवा सुचारु हुने उनले बताए । No description available.

बिरामी भर्ना हुनका लागि इमरजेन्सी सेवा प्रमुख हो । तर इमरजेन्सीमा आएको ब्यक्तिलाई आईसीयुमा राख्नुपर्ने अवस्था आएमा, आईसीयु सेटअप भई नसकेकाले इमरजेन्सी सेवा सुचारु गर्न नसकिएको निर्देशक सापकोटाले बताए । 

‘इमरजेन्सी वार्ड तयार छ, इमरजेन्सी नजिकै अध्याधुनिक अप्रेशन थिएटर पनि सेटअप भइसक्यो’ उनले भने । उनले कार्तिकदेखि पूर्ण रुपमा सञ्चालनमा आउने बताए ।

उनले दैनिक ओपीडीमा ३५ देखि ४० जना सम्म चेकजाँचका लागि आउने गरेको बताए । अस्पताल भवन सहितका ६ भवन प्रयोग गर्न अनुमति पाएको उनले बताए । 

स्वीकृत एक सय ४१ को दरबन्दीमा अहिले ७१ जना मात्रै कार्यरत छन् । त्यसमा पनि स्थायी स्वास्थ्यकर्मी र कर्मचारीको संख्या २३ जना मात्रै रहेको छ ।

गेटा अस्पतालमा ओपिडीका साथै भिडियो एक्सरे, एक्सरे, ईन्डोस्कोपी, फिजियोथेरापी, प्रयोगशाला र फार्मेसी सेवा सुचारु भइसकेका छन् । प्रयोगशाला र फार्मेसी सेवा चौबिसै घण्टा सुरु भएको अस्पतालले जनाएको छ । आईसीयुको उपकरणहरुको खरिद सम्झौता भइसकेको छ ।

भदौभरीमा आईसीयु सेटअप गर्ने तयारीमा अस्पताल लागेको छ । 
गेटा अस्पताल तीन सय शैय्यामा चलाउने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको अस्पतालले जनाएको छ ।

No description available.

मन्त्रालयले स्वीकृत दिनेबित्तिकै तीन सय शैयामा अस्पताल चलाउने तयारी थालिएको हो । 

२०८० को कार्तिक भित्र एमसीएच क्लिनिक सुरु गर्ने, मंसिर महिनाभित्र खोप सेवा र अन्तरंग सेवा सुरु गर्ने, पुषभित्र ईमरजेन्सी र प्रसुती सेवा सुरु गर्ने भएको थियो । 

तर तोकिएको समयमा केही पनि सुरु भने हुन सकेन । २०८० को चैत महिनाभित्र शल्यक्रिया सेवा र बैशाखभित्र आईसीयु र एनआईसीयु सेवा सञ्चालन गर्ने अस्पतालले जनाएको थियो । तर अहिलेसम्म सञ्चालन भने हुन सकेको छैन् । 

गेटामा ६ सय शैय्या क्षमताको अस्पताल भवन, कलेज भवन, चिकित्सक आवास, नर्सिङ आवास, विद्युत गृह, खानेपानी, पक्की सडक, प्रशासनीक भवन गरी झण्डै झण्डै सात संरचना निर्माण भइसकेका छन् । 

गेटामा २०६६ सालदेखि मेडिकल कलेजका पुर्वाधारहरू निर्माण हुन थालेका हुन् । २०७८ साल देखि नै मेडिकल शिक्षाको पढाई हुने लक्ष्य राखिएको भएपनि मेडिकल कलेज, प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय के बनाउने ? भन्ने कुरामै रुमल्लिँदा गेटा ओझेलमा परेको छ ।