धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

यात्रु आउने आशामा यातायात व्यवसायी

यात्रु आउने आशामा यातायात व्यवसायी

धनगढी

  साउन ८ गते देखी जिल्ला भित्र सञ्चालन गर्न पाउने गरी  सार्वनिक यातायातका साधन सञ्चालन भएपनि उनिहरुले अझै यात्रु पाउन सकेका छैनन् ।

    व्यवसायी भने यात्रु आउने आशामा सडकमा बस गुडाई रहेका      छन् । हरेक दिन यात्रु आउने आशमा बिहानै देखी सडकमा बस लगाउने गरेका छौं ना. ४ ख ८४३१ नम्बरको बसमा कार्यरत व्यवसायी चेतनाराण भट्टराईले भने– तर यात्रु आउँदैनन्, यात्रुको बानी बसाउन दुईचार जना भएपनि ओसार्ने गरेका छौं । बस चलाएको तीन दिनमा सधै घाटा भएको बताउँदै उनले यात्रुलाई बस खुलेको जानकारी दिन यस्तो कदम चाल्नु परेको बताए । यात्रु नआएका कारण धेरै सार्वजनिक बस भने अझै सञ्चालनमा आउन नसकेका उनले बताए ।

ना ७ ख २३१ नम्बरको बसका सहचालक उमेस चौधरीले तीन दिनमा बस चलाउँदा साहुले घरबाट पैसा ल्याएर तेल भरेको बताए । बसमा दुई चार जना आउँछन् उनले भने–‘उनिहरुबाट उठेको भाडाले बाटो खर्च पुग्दैन, नाफाको त कुरै छोडौं । धेरै यात्रुले सार्वजनिक बस खुलेको जानकारी नपाएको र कतिपय यात्रु कोरोनाको डरका कारण यात्रा गर्न हिच्किचाउने गरेको उनले बताए ।

४ महिना लामो लकडाउन पछि साउन ८ गते देखी छोटो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आएपनि बसमा सवार गर्ने यात्रु नपाएपछि दुई चार बाहेक सवै सार्वजनिक बस धनगढी बसपार्कमै थन्किएका उनले बताए । यात्रु आउछन्की भनेर गाडी खुलेको दिन देखी सडकमा गाडी गुडाई रहेका छौं ना ७ ख २३१ नम्बर बस चालक रुपलाल चौधरीले भने–‘तर यात्रु आउन मानिरहेका छैनन्, यस्तै भए गाडी थन्काउनुपर्ने अवस्था आउन सक्दछ । पहिलाको जसरी यात्रुलाई जबरजस्ती बसाउन पनि नमिल्ने भन्दै उनले कोरोनाको त्रास नै यात्रु नआउने प्रमुख कारण भएको बताए ।

 बस चालक प्रेम बोहराले सरकारले पहिलेकै दर रेटमा भाडा कायम गरेर विना सर्त यात्रु ओसार्न पाउनुपर्ने बताए । एउटा सिटमा एकजना मात्रै राखेर बस गुडाउँदा छोटो दुरीमा धेरै यात्रु भर्न सकिदैन उनले भने बरु पुरानै भाडामा क्षमता अनुसार यात्रु राख्न पाउनुपर्ने व्यवस्था गरे केही नाफा कमाउन सकिन्थ्यो ।

 सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटा पनि छोटो दुरीमा एउटा सिटमा एक जना यात्रु राखेर सम्भव नहुने बताउँछन् । छोटोदुरीमा यात्रु आउने झर्ने भइरहन्छ उनले भने–‘यस्तो अवस्थामा सीमित यात्रु राखेर मात्रै हुँदैन, जहाँपायो त्यही चढाउने र उतार्ने गर्दा सरकारी मापदण्डको पालना गर्न समस्या छ ।

 सार्वजनिक बसमा यात्रा गर्दा यात्रुले आफ्नो सुरक्षा आफै गर्ने भन्दै उनले व्यवसायी र चालकले मात्रै मापदण्डको पालना गरे  यात्रु नै नआउने बताए ।  ज्यानको माया सवैलाई हुन्छ उनले भने–‘कोरोना संक्रमणबाट बच्न यात्रुले नै आवश्यक तयारी गरिहाल्छन । सरकारले साउन १ गते देखीनै छोटो दुरीका सार्वजनिक बस सञ्चालन गर्ने अनुमति दिएको भएपनि व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गरेका थिएनन् ।

  यातायात व्यवसायी र सरका विच साउन ६ गते भएको सहमति पछि मात्रै बिहीबार देखी व्यवसायी गाडी चलाउन सहमत भएका थिए । सुदूरपश्चिममा केही सार्वजनिक यातायातका बस भने भदौ ४ गते देखीनै सञ्चालनमा आएका थिए । सार्वजनिक यातायात महाँसंघमा आवद्ध सवारी साउन ४ गते देखी नै सुदूरपचिमका ९ वटै जिल्लामा आन्तरिक रुपमा सञ्चालनमा आएका हुन् ।