धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

कोरोनाका कारण यस बर्ष परिवारमा सिमित गौरा पर्व

कोरोनाका कारण यस बर्ष परिवारमा सिमित गौरा पर्व
फाईल तस्विर

महेन्द्रनगर 

  कञ्चनपुर लगायत सुदूरपश्चिम प्रदेश भरी धुमधामका साथ मनाइने गौरा वर्ष आईतबारबाट सुरु भएको छ । गौरा पर्व अन्र्तगत  आईतबार कृष्णपक्षको पञ्चमीका दिन विवाहित महिलाले निराहार व्रत बसेर फाग गाउँदै तामाको भाडामा गहु, केराउ, गहत, मास र गुरौज लगायतका पञ्च अन्न अर्थात विरुडा भिजाएर महेश्वर(महादेव) को पुजा गरी विरुडा राख्ने कार्य गरेर गौरा पर्व मनाउन सुरु गरिएको छ ।

 कृष्णपक्षको पञ्चमीका दिन विवाहित महिलाहरुले निराहार व्रत बसेर फाग गाउँदै घरघरमा पानीको श्रोत नजिक बिरुडा भिजाउने कार्य गरिएको स्थानीय रतन सिंह रावलले बताए । रावलका अनुसार गौरालाई षष्ठीका दिन पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती) को प्रतिमा  बनाएर पँधेरामा राखेर पूजा गर्ने र विवाहित महिलाले गौरा पर्वमा व्रत बसी दुव धागो धारण गर्नुपर्ने र पुरुष सरह गायत्री जप गरी खाना खाने प्रचलन रहेको छ । यस्तै सम्तमीका दिन गौरालाई विवाहित महिलाले निराहार दिनभरी व्रत वसेर आफ्नो परिवार लगायत आफन्तको सुख, समृद्धि र चिरायुको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलन रहेको छ ।

अष्टमीका दिन आएर निराहार वर्त बसेकी महिलाले गौरा राख्ने ठाउँमा पञ्ज वनस्पतिले बनाएको गौराको प्रतिमालाई रेशमको कपडामा वेरेर महेश्वरको प्रतिमा नजिकै गौराको फाग सुनाएर कथा गाउने र पुजा गर्दै महेश्वरको प्रतिमा लाई टाउकोमा राखेर नाच्दै देउडा लगायत खेलाउँदै रमाईलो गर्ने प्रचलन गौरा पर्वमा रहेको छ । विगतमा सामुहिक भेला भई टोलटोलको फरक फरक गौरा बनाउर भित्राउने चलन भएपनि यस वर्ष भने कोरोनाका कारण त्यो रौनक भने नभएकोे स्थानिय रावलले बताए ।

विगतका वर्षहरुमा विभिन्न टोलहरुमा आआफ्नो समुदायको अलग अलग गौरा मनाइने गरिन्थ्यो, गौराको महत्व पनि निकै झल्केको हुने गर्दथ्यो रतन सिंह रावलले भने, –‘यसपाली कोरोना भाइरसले गर्दा महिलाले परिवारका सँग मात्रै सिमित रहेर गौरा मनाइरहेको अवस्था छ । कोरोना भाइरसको संक्रमण बढेको हुँदा यसपाली गौराको रोनकमा कमी आएको उनले बताए ।

गौरा पर्वको महत्वपूर्ण दिन भनेर अष्टमीलाई मानिने गरिन्छ । अष्ठमीमा महिलाले बिहानै स्नान गरेर पञ्ज वनस्पतीबाट बनेको गोरा देवीको प्रतिमा र महेश्वरको प्रतिमालाई घरबाट बाहिर ल्याएर आगनमा फाग गित गाउँदै टाउकामा राखेर नाच्ने गरिएकोे स्थानीय गंगा रावलले बताइन् । यसै अवसरमा गौराको पहिलो दिन भिजाएको पाँच अन्नबाट बनाएको विरुडाबाट गौरा देवीको पूजाआजा गर्न प्रयोग हुन्छ । अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने प्रचलन रहेको रावलले बताइन् ।

परापुर्व कालमा हिमालयकी छोरी पार्वतीले महादेवलाई श्रीमान पाउन गौरादेवीको निराहार व्रत बसेको किंवदन्तीमा रहेको हुनाले वर्षा देखी सुदूरपश्चिमी हरुले गौरा पर्व मनाउने गरिएको हो रावलले भनिन् –‘पार्वतीले महादेवलाई श्रीमान प्राप्त गरिसकेपछि अविवाहित युवती वा महिला हरुले महादेव जस्तै श्रीमान पाउन वा सुख, शान्ती, सम्वृद्धि पाउन भनी व्रत बस्ने चलन छ ।

व्रत बसेका महिलाले अठेबालीका दिन गौराको प्रतिमालाई टाउको राखेर नचाउने र पुरुषले भने धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने उनले बताइन् । पुरुषले तथा महिलाले गौराको अवसरमा खेल्ने नाच्ने कामहरु यसपालि भने कोरोनाका कारण नहुने भउकोले गोराको रौनक त्यती धेरै नभएको रावल वताउँछिन् ।

 सुदूरपश्मिेलीको महान चाडका रुपमा गौरा चिनिने भएपनि यस वर्ष गौरा मनाउने तथा गोरा मनाउन घर आउनेमा पनि कमी देखिएको उनले बताइन् ।