धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
कोरोना कहर

कहाँबाट आए सुदूरपश्चिमका ४३ कोरोना संक्रमित

कहाँबाट आए सुदूरपश्चिमका ४३ कोरोना संक्रमित

धनगढी

        सुदूरपश्चिम प्रदेशमा सोमबार १८ जना कोरोना संक्रमित थपिए संगै हाल सम्म संक्रमितको संख्या ४३ पुगेको

 हाल सम्म प्रदेशमा देखिएका तीन जना बाहेक अन्य सवै संक्रमित भारतबाट आएका  हुन् सुदूरपश्चिम प्रदेशमा चैत १४ गते धनगढी स्थित तारानगरका युवामा पहिलो पटक कोरोना संक्रमण देखिएको   थियो उनि दुवैबाट प्लेन मार्फत भारतको नयाँ दिल्ली नयाँ दिल्लीबाट प्लेनमा काठमाण्डौ आएका थिए काठमाण्डौंबाट प्लेनमै नेपालगञ्ज पुगेका उनि त्यहाँबाट बस मार्फत धनगढी पुगेका थिए

चैत २१ गते सुदूरपश्चिममा थप दुई जनामा कोरोना संक्रमण देखिएको थियो जसमा एक जना स्थानीय महिला रहेकी थिइन् ती महिला प्रदेशकै पहिलो संक्रमित रहेका तारानागरका युवकको भाउजु रहेकी थिइन् २१ गते देखिएका अर्को युवक कञ्चनपुरको महेन्द्रनगरका थिए २१ बर्षे ती युवक भारतको उत्तराखण्डबाट फर्किएका थिए

सुदूरपश्चिममा चौथो, संक्रमित चैत २१ गते नै फेला परेका थिए लम्की चुहा नगरपालिका का ती युवक भारतको मुम्बइबाट आएका थिए पाँचौं संक्रमित बैशाख गते फेला परेकी थिइन लम्की चुहा नगरपालिका घर भएकी ६१ बर्षे  महिला लकडाउन पछि प्रदेश नम्बर को बिरगञ्जबाट बस मार्फत चैत २७ गते लम्की पुगेकी थिइन पहिलो चरणमा फेला परेका पाँचै जना उपचार पछि निकोभएर घर फर्किसकेका छन्

करिव ४३ दिनको अन्तराल पछि जेठ गते सुदूरपश्चिम प्रदेशमा एकै पटक पाँच जनामा कोरोना पुष्टि भएएको थियो   जसमा कैलालीका तीन जना बैतडी, तथा डडेल्धुराका एक÷एक जनामा कोरोना पुष्टी भएको हो उनिहरु सवै गौरिफण्टा नाका हुँदै भारतबाट भित्रिएका थिए

जेठ गते देखिएका संक्रमितमा कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना बैतडीको शिवनाथ गाउँपालिकाका एक जना रहेका थिए ती पाँच जना संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० पुगेको थियो

जेठ १० गते बैतडीमै थप जना संक्रमित फेला परेका थिए उनिहरु संगै प्रदेशभरी संक्रमितको सङख्या १४ पुगेको थियो १० गते थपिएका संक्रमित बैतडीको शिवनाथ गाउँपालिका का २७ २० बर्षीय तथा वडा नम्वर का २२ ३० बर्षीय पुरुष रहेका थिए उनिहरु सवै भारतबाट आएका थिए उनिहरु जेठ गते गौरिफण्टा नाकामा पुगेका थिए

जेठ ११ गते प्रदेशमा थप एक जनामा कोरोना पुष्टी भएको थियो अछामको मेल्लेख गाउँपालिका का ३२ वर्षे पुरुषमा ११ गते कोरोना संक्रमण पुष्टी भएको हो भारतबाट आएका उनी जेठ गते गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए

        जेठ १३ गते सुदूरपश्चिममा थप दुई जनामा कोरोना संक्रमण पुष्टी भएसंगै यस प्रदेशमा संक्रमितको संख्या १७ पुगेको थियो १३ गते थपिएका दुई जना कैलालीको जानकी गाउँपालिका दुर्गौली स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ३८ बर्षिय पुरुष अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिका रहेका थिए नेपालमा रहेका भारतीयलाई सीमासम्म छोड्न गएको गाडीमा बसेर जानकी नगरका संक्रमित बाँकेको रूपडियाबाट जेठ गते राति कैलालीको सत्ती स्थित कर्णाली माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेर जेठ गते दुर्गौलीको सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ल्याइएका थिए

यसै गरी जेठ १३ गते नै संक्रमण पुष्टी भएकी अछामकी संक्रमित बालिका जेठ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिइन्

जेठ १८ गते सुदूरपश्चिमका विभिन्न जिल्लामा थप पाँच जनामा कोरोना संक्रण पुष्टी भएको थियो संक्रमण हुनेमा बाजुराको बुढिगंगा नगरपालिका की दुई वर्षीया मृतक बालिका उनकी २३ वर्षीया आमा, धनगढी उपमहानगरपालिका का ४७ वर्षीय पुरुष, कैलालीको भजनी नगरपालिका का २३ वर्षीय पुरुष जानकी गाउँपालिका का ३४ वर्षीय पुरुष रहेका थिए १८ गते थपिएका संक्रमित संगै प्रदेशमा संक्रमितको संख्या २६ पुगेको थियो उनिहरु सवै भारतका विभिन्न स्थानबाट गौरिफण्टा नाका हुँदै सुदूरपश्चिम भित्रिएका थिए

 जेठ १९ गते मात्रै सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको   यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४३ पुगेको

सोमबार थपिएका हरुमा कैलालीका १०, डोटीका ,कञ्चनपुर, अछाम बैतडीका एक÷एक गरी १८ जनामा संक्रमण पुष्टि भएको हो कैलालीका १० संक्रमित मध्ये एक जना धनगढी उपमहानगरपालिका १०का २५ बर्षीय पुरुष, गौरीगंगाका ४७ बर्षीय पुरुष, २४ बर्षीय पुरुष, २१ बर्षीय पुरुष २४ बर्षिय पुरुष, बर्दगोरीया का २७ बर्षीय पुरुष रहेका छन्

यसै गरी गौरीगंगा को मालिका माविको क्वारेन्टिनमा रहेका १९ बर्षीय पुरुष, ३३ बर्षीय पुरुष, २८ बर्षीय पुरुष, ३५ बर्षीय पुरुष, २८ बर्षीय महिला, २७ बर्षीय महिला, बर्षीय बालक, २२ बर्षीय महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए

सोमबार नै थपिएकाहरुमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ११ महिने बालक हुन भने डोटीका संक्रमित शिखर नगरपालिका का २५ बर्षीय पुरुष रहेका सूचना अधिकारी श्रेष्टले बताए यस्तै बैतडीका संक्रमित पाटन नगरपालिका का ३५ बर्षीय पुरुष अछामको चौरपाटी गाउँपालिका का ३३ बर्षीय पुरुषमा समेत सोमबार कोरोना संक्रमण पुष्टी भएको सोमबार संक्रमण देखिएका सवै भारतबाट सुदूरपश्चिमका विभिन्न नाका हुँदै प्रदेश भित्रिएका थिए

सुदूरपश्चिम घर भएका  दुई जना (बाजुरा बझाङका) कोरोना संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको हाल सम्म कैलालीमा २३, बैतडीमा , अछाममा तीन, बाजुरा कञ्चनपुरमा दुई/दुई, डोटी, डडेल्धुरा दार्चुलामा एक/एक जनामा कोरोना पुष्टि भएको