धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

पानी पर्योकी तर्सिन्छन् भजनी वासी

पानी पर्योकी तर्सिन्छन् भजनी वासी
गत बर्ष आएको बाढी पछि जंगलमा बसेका भजनी वासी

धनगढी

पानी पर्न सुरु भएपछि मन ढुकढुक हुन्छ कैलालीको भजनीका नगर वासीको ।

बर्षौ देखी नदी कटान र डुवानको समस्या खेप्दै आएका भजनी वासी हरेक बर्ष आफ्ना पिडा पोख्दै सरकार समक्ष पुग्दछन् । तर हाल सम्म आफ्ना पिडा बुझ्ने सरकार भजनी वासीले पाएका छैनन् ।

पूर्व तर्फ कर्णाली, दक्षिणमा मोहना, उत्तरहबाट बग्ने कान्द्रा, काँडा र पथरैयाको  विचमा भजनी नगरपालिका पर्दछ । एक दिन बर्षा भए कुन नदी गाउँमा पस्नेहो भन्ने पिरले नगरवासीलाई जेठ देखीनै चिन्तित बनाउने गरेको छ ।

चारै तीर नदी भएपछि बर्षायाममा सुरक्षित हुने कुरै भएन भजनी नगरपालिका४ का देवेस चौधरीले भने–‘जेठ देखिनै हामीलाई बाढीको चिन्ताले तर्साउँछ, ३ महिना राम्ररी सुत्न पनि सकिदैन ।

भजनी नगरका करिव दुई हजार दुई सय परिवार हरेक बर्ष बाढीबाट पिडित हुँदै आएका छन् । हरेक बाढीमा सरकारी क्षेत्रबाट नदी सुरक्षाको कुरा उठ्ने गरेको छ, तर त्यसलाई व्यवहारमा भने कसैले कार्यान्वयन गरेका छैनन् । हामीलाई सवै सरकारले आस्वासन दिएर गए भजनी ७ लालबोझिका राम प्रसाद डगौराले भने–‘तर बचन पुरा गरेनन्, बाढी आउँदा दुई चार बोरा चामल दिएर पञ्छिने गर्दछन् ।

भजनीका अधिकांस नागरिक वाढी आउँदा जंगलमा बस्दै आएका छन् । उनिहरले बाढी आउँदा बस्ने जंगलमै स्थाई बसोबासको माग समेत गर्दै आएका छन् । तर त्यस तर्फ पनि सरकारले चासो देखाएको छैन ।

भजनी स्थित चर्राका स्थानीय रमेश डगौराका अनुसार भजनीका नागरिकले नदीमा स्थाई ड्याम निर्माण गरिनु पर्ने वा बाढी नलाग्ने सुरक्षित स्थान (जंगल) मा स्थाई बसोवास गर्न दिइनु पर्ने माग राखदै आएका छन् । तर दुई वटै माग बर्षौ देखी कसैले सुनेका छेनन् ।

हाम्रा दुई वटा माग मात्रै छन् रमेश डगौराले भने–‘बर्षौ देखी हाम्रा माग पुरा भएका छैनन्, अन्तै गएर बस्न पनि सकिदैन ।

गत साउन १४ गते आएको बाढीका कारण घरवार बिहीन बनेका कैलालीका भजनी वासीले जंगलको उच्चो स्थान, नभए सडकमा हप्तौ बस्नुपर्ने बाध्यतालाई दिगो रुपमा समाधान होस् भन्ने माग प्राथमिकताका साथ राखेका थिए ।

स्थानीय लखन चौधरीले भने–‘सोही माग लाई सुदूरपश्चिम प्रदेश सरकारले पुरा गर्ने आस्वासन समेत दिएको थियो, तर प्रदेश सरकारको आस्वासन पनि एक बर्षमै फेरियो, यस बर्षको बजेटमा हामीलाई कतै समेटिएको छैन ।

हरेक बर्ष डुवानमा परेपछि राहत सामाग्री ल्याएर सरकारी तथा गैर सरकारी संस्था भजनी पुग्दछन् उनले भने–‘यो भन्दा हामी डुवान क्षत्रमा बस्ने नागरिकलाई सुरक्षित स्थानमा घर बनाउन दिएको भए यो समस्या सदाका लागि समाधान हुन्थ्यो ।

हरेक पटक डुवान पछि राहत तथा क्षेतिपुर्ति मै सरकारको करोडौं खर्चहुनेगरेको बताउँदै भजनीका शिक्षक रमेश बोहराले भने–‘एक पटक डुवान हुने स्थानमा बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरे दिगो रुपमा समस्याको समाधान हुन सक्दथ्यो, यता तर्फ कसैले सोच्दैनन् ।

हामीले हरेक बर्ष सकरारलाई सुरक्षित स्थानको माग गर्दै आएका छौं उनले भने–‘तर सकार डुवान पछि चाउचाउ र चिउरा लिएर आउँछ, हामीले यसरी कहिले सम्म बाँच्ने ? उनले सुरक्षित स्थानमा एकिकृत घर निर्माण गर्नदिए भजनी वासी हाल प्रयोग गर्दै आएको जमिनमा खेती गरेर बाँचन सक्दछन् ।

यसोगरे सरकारले आगामी बर्ष देखी भजनि डुवान समस्या सुन्नु नपर्ने र चाउचा तथा चिउराको जोहो नै गर्नु नपर्ने बाध्यता नै हुँदैनथ्यो । डुवान पछि सस्तो लोकप्रियता कमाउन धेरैले दुईचार पाकेट चिउरा र चाउचाउ लिएर आउने गरेका छन् उनले भने–‘त्यसले हाम्रो एक छाक टर्ला तर मनको त्रास र बाढीको चिन्ता हट्दैन, हामीलाई भोक भन्दा बर्षेनीको त्रास हटाउने राहत चाहिएको छ ।

उसोत चुनावताका उम्मेदवार बनेका मेयर, वडा अध्यक्ष, प्रदेशसभा सदस्य तथा संघिय सांसदको एउटै एजेण्टा डुवान समस्या समाधान नै हो । तर चुनाव जितेपछि भने जनप्रतिनिधीले चुनावी एजेण्डा विसर्नेगरेको स्थानीयको आरोप छ ।

चुनावताका भोटमाग्ने सवैले डुवान समस्या समाधान गर्ने नारा घन्काए स्थानीय देवीलाल डगौराले भने–‘अहिले कोही फर्केर आउँदैनन् ।आकासमा कालो बादल देखिए भजनी वासीको मनमा बाढी आउने त्रास सुरु हन्छ ।

भजनी७ लालबोझीका मानबहादुर साउँदले भने–‘बर्षा सुरु

भएपछि पशु चौपायकोे व्यवस्थापन, घरको अन्नवाली कसरी जोगाउने अनी बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्ने पिरलो पर्छ ।हरेक बर्ष बर्षायाम सुरु भएपछि बाढी नलाग्ने स्थान (जंगलको उच्चो स्थान ) रोज्न हतारीनु पर्दछ, वडा नम्रब७ कै राम प्रसाद डगौराले भने–‘नदीमा पानीको सतह बढेसंगै गाउँमा ५६ फिट पानी जम्छ, अनि एक साता सम्म जंगलमै बास हुन्छ । गाउँको विचमा बाँध जस्तै उच्चो हुलाकी सडक निर्माण गरेपछि लालबोझिमा झनै डुवान हुने गरेको उनले बताए ।

गाउँका चौकिदार समेत रहेका उनले भने–‘पहिला मोहना र कान्द्रामा एकैपटक बाढी आए मात्रै डुवान हुने गर्दथ्यो तर अहिले दुवै नदीको विचमा ७ फिट सम्म उच्चो बनाएर हुलाकी सडक निर्माण गरिएको छ, जस्ले गर्दा एउटा नदीमा बाढी आउँदा पनि सडकका कारण पानी थुनिएर गाउँ डुवानको चपेटामा पर्न थालेको छ

भारतले आफ्नो क्षेत्रमा धेरै बाढी आए कैलालसपुरी ड्याममा ढोका बन्द गर्ने गरेका कारण लालबोझिमा झनै डुवान हुने गरेको उनले बताए । लालबोझि संगै चर्रा, लवास्टपुर र दक्षिणपुर गाउँ समेत मोहना  र कान्द्रा नदीमा आएको बाढीका कारण डुवानमा पर्ने गरेको उनले बताए ।

भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले नदीमा ड्याम बनाएर डुवान समस्या समाधान गर्ने योजना रहेपनि बजेट अभाव प्रमुख समस्या रहेको बताए ।

भजनीका करिव दुई जार दखी दुई हजार पाँच सय सम्म परिवार डुवानमा पर्दै आएका छन् उनले भने–‘ त्यत्रो वस्तीलाई स्थानतरण गर्न असम्भव देखिन्छ, बरु नदीमा उचो ड्याम बनाएर डुवान समस्या समाधान गर्न सकिन्छ । बर्षेनी सवैभन्दा बढी क्षती कानद्रा नदीले पु¥याउँदै आएको छ उनले भने–‘सो नदीको दुवैतर्फ तट्बन्धन निर्माण गर्दै ड्याम निर्माण गर्न सके समस्या केही समाधान हुने देखिन्छ, यसका लागि प्रदेश देखी केन्द्रीय सरकार संग बजेट माग गरेका छौं ।

 

कान्द्रा नदी तथा आसपासको क्षत्र रानी जमरा कुलरिया सिंचाई आयोजनाको क्षत्राधिकार भित्र पर्ने बताउँदै मेयर चौधरीले नदीमा तट्बन्धन सहितको ड्याम निर्माणका लागि सोही परियोजना संग समन्वय भइरहेको बताए ।