धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024
संवाद समुहद्वारा कोरोनाको तेश्रोचरण बारे छलफल

कार्ययोजना बनाएकाछौं, स्वीकृत भएपछि प्रभावकारी काम गछौं : कार्की

तेश्रो भेरियन्ट बालबालिकालाई बढी जोखिम : मिश्र

कार्ययोजना बनाएकाछौं, स्वीकृत भएपछि प्रभावकारी काम गछौं : कार्की

धनगढी 

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रबक्ता तथा कोभिड१९ का फोकलपर्सन नरेन्द्रसिंह कार्कीले कोरोनाको तेश्रो भरियन्ट रोकथामका लागि सीमा देखी शव व्यवस्थापनलाई समेटेर कार्ययोजना तयार पारिएको बताए ।

दोश्रो चरणको संक्रमण फैलिंदा केही कम्जोरी भएपनि तेश्रो चरणका लागि १५ करोड बजेट लाग्नेगरी कार्ययोजना तयार परिएको उनले बताए । अहिले कार्ययोजना अर्थिक मामिला तथा योजना

मन्त्रालयमा पेश गरिएकोछ धनगढी स्थित संवाद समुहले आयोजना गरेको कोरोनाको तेश्रो भेरिएन्ट र त्यसबाट पर्ने असर तथा रोकथामका प्रयास विषयक छलफल कार्यक्रममा बोल्दै उनले भने–‘मन्त्रालयले बजेटमा स्वीकृति दिएलगत्तै मन्त्रीपरिषदमा पठाइनेछ, मन्त्रिपरिषदले स्वीकृत गरेपछि हामी योजना अनुसार काम गर्नेछौं । कार्ययोजनामा भारत संग जोडीका सीमा नाका देखी शव व्यवस्थापन कसरी गर्ने भन्ने स्पष्ट रहेको उनले बताए ।

अघिल्लोपटक सीमा नाका व्यवस्थित गर्न नसक्दा संक्रमण बढी फैलिएको देखिन्छ उनले भने–‘नयाँ कार्ययोजना अनुसार सीमा नाकामै सवै नागरिकको अनिवार्य कोरोना परिक्षण गरेर मात्रै नेपाल भित्रिने व्यवस्था गरिएको छ, नेपाल आएकालाई १० दिन आइसोलेसनमा राखेर मात्रै घर पठाइने योजनाछ ।

उनले भारतबाट आउने नागरिकलाई तत्काल धनगढी र महेन्द्रनगरमा निर्माणगरिएका आइसोलेसनमा राखिने र सम्बन्धित पालिका संग समन्वय गरेर घर सम्म पुग्ने व्यवस्था गरिने बताए ।

यसैगरी कोरोना संक्रमणबाट मृत्यु भएमा शव व्यवस्थापन कसरी गर्ने भन्ने पनि कार्ययोजनामा समेटिएको उनले बताए । अघिल्लो पटक सम्म आर्मीले मात्रै शव व्यवस्थापन गर्ने गरिएकोमा केही समस्या रहेको थियो उनले भने–‘अव शवलाई शिल गर्नेकाम अस्पताललेनै गर्नेछ, शवको व्यवस्थापन सम्बन्धीत स्थानीय तहले गर्नुपर्नेछ ।

यसरी शव व्यवस्थापन गर्दा अस्पतालको वेडमा लामो समय सम्म शव राख्नुनपर्ने तथा शवलाई कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या समेत नहुने उनले बताए । अघिल्लो पटक धनगढी र गोदावरीमा मात्रै शव व्यवस्थापन गर्दा स्थानीय तहले रोगको जोखिम बढेको भन्ने गुनासो गरेकाका कारण यस पटक स्थानीय तहले आफ्ना नागरिकको आफै शव व्यवस्थापन गर्ने गरी योजना तयार गरिएको उनले बताए ।

कोरोनाको तेश्रो भेरियन्टले बालबालिकालाई बढी जोखिम हुन सक्ने आकलन गरिएको भन्दै उनले बालबालिका लक्षित गरी प्रदेशका ९ वटै जिल्लामा कम्तिमा १० बेडको बाल वार्ड निर्माण गरिएको बताए । उनका अनुसार धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ४० वेड, कैलालीको टिकापुरमा र महाँकाली अस्पतालमा २५÷२५ वेडको बालवार्ड तयार गरिएको छ । यसैगरी प्रदेशका अन्य ७ पहाडी जिल्लामा जिल्ला अस्पतालकै मातहतमा रहनेगरी १०÷१० बेडको बालवार्ड तयार गरिएको छ ।

कोरोनाको तेश्रो भेरियन्टले बालबालिकालाई बढी जोखिम हुनसक्ने बताउँदै उनले आआफ्ना बालबालिकालाई सुरक्षित राख्न अभिभावकलाई आग्रह गरे । बालबालिका आफै जोखिमा नहुने भन्दै उनले परिवारका कारण बालबालिका जोखिममा पर्ने बताए ।

बालबालिका आफ्नै कारणले संक्रमित हुदैनन् –‘प्रबक्ता कार्कीले भने–‘भिडभाडमा गएर घर जाने अभिभावकका कारण बालबालिका जोखिममा पर्दछन्, त्यसैले बारिहबाट घरमा जााँदा बालबालिकाबाट सकेसम्म टाढा बस्नुपर्दछ ।

उनले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सहयोग गर्ने संघसंस्थालाई समेत मन्त्रालयसंग परामर्श गरेर मात्रै सहयोग गर्न आग्रह गरे । अहिले सवै संघ संस्थाले अक्सिजन सिलिण्डर मात्रै उपलब्ध गराउँदै आएका छन्कार्कीले भने–‘अव अक्सिजन प्रयाप्त छ, एन्टिजेन किट तथा अन्य ससाना सामाग्री अवको आवश्यकताहो ।

कोरोना नियन्त्रणका लागि समुदाय स्तर सम्म परिक्षण गर्ने कार्ययोजना तयार पारिएका कारण प्रदेशमा एन्टिजेन किट बढी आवश्यक पर्ने उनले बताए । संघिय सरकार संग पनि ५० हजार किट माग गरिएकोछ उनले भने–‘त्यतीले मात्रै प्रदेशमा कोरोना परिक्षण गर्न पुग्दैन, त्यसमा सहयोग गर्न सवै संघ संस्थालाई आग्रह गर्दछु ।

कार्यक्रममा गैरसरकारी संस्थाले प्रदेशको आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । युएनडिपिकी प्रदेश प्रमुख जयन्ती गिरी सिंहले तेश्रो भेरियन्ट नियन्त्रणका लागि प्रदेश सरकारसंग समन्वय गर्ने बताइन् ।

यसैगरी युनिसेफका मदन बाग्चन्दले पनि प्रदेश सरकारसंग समन्वय गरेर कोरोना निण्न्त्रणमा लाग्ने बताए । उनले छलफल नहुँदा प्रदेशको आवश्यकता केहो ? र कसरी कामगर्ने भन्ने अन्यौलभएको भन्दै संवाद समुहले महत्वपुर्ण समयमा महत्वपुर्ण कार्यक्रम आयोजना गरेको बताए ।

 

तेश्रो भेरियन्ट बालबालिकालाई बढी जोखिम : मिश्र

सेती प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डाक्टर प्रदिप मिश्रले कोरोनाको तेश्रो भेरियन्ट बालबालिकाकालागि बढी जोखिम हुने बताएका छन् । पहिलो चरको कोरोना संक्रमणमा ५ प्रतिशत बालबालिकालाई मात्रै कोरोना देखिएकोमा दोश्रो चरणमा १० प्रतिशत बालबालिका कोरोना प्रभावित भएका मिश्रले बताए ।

तेश्रो भेरियन्ट फैलिएमा बालबालिका अझै बढी प्रभावित हुने पक्का छ संवादसमुह धनगढीले आयोजना गरेको छलफल कार्यक्रममा डाक्टर मिश्रले भने–‘हामीले तेश्रो भेरियन्ट फैलन नदिन पूर्व तयारी गर्नु आवश्यकछ, लापर्वाही गरे बालबालिकाको भविश्य जोखिमा पर्नसक्दछ ।

उनले सहयोगी संघ संस्थालाई पनि बालबालिकामा केन्द्रित हुन आग्रह गरे । अक्सिजन र ठुला मेसिन सहयोगमा मात्रै सवै संघसस्था केन्द्रित भएका देखिन्छन् बालरोग विशेषज्ञ डाक्टर मिश्रले भने–‘बालबालिकाका बारेमा कसैले साचेका छैनन्, पूर्व तयारी गर्न नसकिए स्थिती भयावह हुनसक्दछ । अहिले पनि बालबालिकामा कोरोना संक्रमण रहेको उनले बताए ।

धेरै बालबालिकामा लक्षण विनापनि संक्रमण हुन सक्ने बताउँदै उनले परिक्षण नहुदा रोग पत्तानलागेको बताए । अभिभावकलाई कोरोना संक्रमण पुष्टि भएपछि मात्रै बालबालिकाको परिक्षण गर्ने गरिएका कारण संक्रमित बालबालिकाको संख्या कम देखिएकोछ उनले भने–‘सवैको परिक्षण गर्नेहोभने कोरोना संक्रमित बालबालिकाको संख्या उच्च हुनसकदछ ।

उनले बालबालिकाको पोषणमा ध्यान दिन अभिभावकलाई आग्रह गरेकाछन् । पोषणको कमि हुँदा बालबालिकामा कोरोनाको असर बढी पर्ने उनले बताए । सरकारले खोप संगै बालबालिकाको खाद्य सुरक्षालाई मध्यनजर गरेर कार्यक्रम ल्याउनुपर्नेमा डाक्टर मिश्रले जोड दिए ।