धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सुदूरपश्चिममा किन एक्लिय भीम रावल ?

सुदूरपश्चिममा किन एक्लिय भीम रावल ?

धनगढी । एमाले अध्यक्ष केपि शर्मा ओलीले माघ ५ गते संसद विघटन गर्दा एमालेका तत्कालिन बरिष्ठ नेता माधव कुमार नेपाल सहित उपाध्यक्ष भीम रावलले त्यसको विरोध गरे ।

देशभर एमालेका नेता कार्यकर्ता  दुई खेमामा विभाजन भए । सुदूरपश्चिममा पनि संसद विघटन पछि एमाले प्रष्ट दुई खेमामा बाँडियो । प्रदेशसभामा रहेका एमालेका बहुमत सांसद माधव समुहमा खुले । सुदूरपश्चिममा एमालेका २५ मध्य १७ सांसदले माधव नेपाललाई रोज्दा त्यसको श्रेय उपाधयक्ष भीम रावललाई गएको थियो ।

ओलीले दोश्रो पटक संसद विघटना गर्दा पनि सुदूरपश्चिम प्रदेशसभामा माधव समुह रोज्ने सांसदको संख्या बहुमति थियो । सुदूरपश्चिम प्रदेशसभाका बहुमत सांसद माधब नेपाक्षमा जानुमा भीमबहादुर रावलको योगदान रहेको चर्चा चलेको थियो । तत्कालिन रुपमा एमाले अध्यक्ष केपि ओलीको खरो आलोचक रहेका रावलले आफ्नो प्रदेशमा ओलीलाई एक्ल्याएको भन्दै टिकाटिप्पणी समेत भएका थिए ।

तर एमाले बाट छुट्टिएर माधव नेपालले छुट्टै पार्टी बनाउँदा सुदूरपशिचमबाट भीमरावल समेत एक्लिएका छन् । भीमराव एकताको पक्षमा लाग्ने भन्दै एमालमै बस्दा उनका भनिएका सुदूरपश्चिम प्रदेशसभाका १७ मध्य १३ जना सांसद माधव नेपालले गठन गरेको नेकपा (एकिकृत) समाजबादी पार्टीमा लागेका छन् । यसले रावलको पकड मात्रै खोसिएन, यस अघिको तथ्यलाई समेत गलत सावित बनाएकोछ ।

आखिर किन एक्लिए सुदूरपश्चिमबाट भीमरावल <

नेकपा एमाले सुदूरपश्चिमका नेताका अनुसार हाल माधव नेपालमा गएका सुदूरपश्चिमका सांसद भीमरावलका कहिल्यै थिएनन् । एमालेको ९ औं महाँधिवेसन अघि कैलालीका दिर्घ सोडारी, कञ्चनपुरका तारालामा तामाङ लगायतका नेता झलनाथ खनालको लाइमा रहेका थिए । दुवै नेताले विद्यार्थी राजनीति झलनाथ खनालको लाइनबाट सुरु गरे ।

एमालेको ९ औं महाँधिवेसनमा झलनाथ खनाल र माधव नेपाल एउटै प्यानलमा उभिए । सोही प्यानलमा भीम रावल पनि उभिए ।  सुदूरपश्चिमका भीम रावलले झलनाथ÷माधव समुहबाट चुनाव जितेर प्रदेश इन्चार्जको जिम्मेवारी समेत पाए । त्यसपछि यहाँका नेता कार्यकर्ता पनि भीम रावल संग नजिक भएका थिए ।

माधव÷झलनाथको गुटमा भीमरावल गएपछि यहाँका नेताको लाइन मिलेको मात्रै हो, एमालेका एक नेता भन्छन्,‘तर उनिहरु भीमरावलका कहिल्यै भएनन्, जसको परिणाम एमाले विभाजित हुँदा देखिएकोछ । ती नेताका अनुसार अछामबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने शेरबहादुर कुँवर भने भीमरावलकै कार्यकर्ता हुन् ।

संसद विघटन हुँदा नै राष्ट्रिय सभा सदस्य कुँवरले भीमरावललाई ओलीकै लाइनमा रहन आग्रह समेत गरेका थिए । तर रावलले त्यतिवेला माधव समुहलाई रोजे । शेरबहादुर कुँवर पनि रावलकै पछाडी लागेका थिए । एमाले विभाजन हुँदा कुँवरले समेत रावललाई छोडेका छन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा कञ्चनपुरका तत्कालिन एमाले अध्यक्ष तारालामा तामाङले पनि सो कुरालाई पुष्टि गरे । उनले घुमाउरो शैलिमा आफुहरु भीमरावलको नभएको पुष्टि गरे । 

पार्टी विभाजन हुँदा दल रोज्नपाउनु हाम्रो अधिकार हो, तामाङले भने,‘तर हामी कसैका एस म्यान बन्दैनौं, हामी स्वतन्त्र छौं । उनले आफुहरुले रावललाई नेता मानेको बताए । एमालेमा छदा रावल कम्रेडले हामीलाई डो¥याउनु भएको थियो, उनले भने,‘तर ओलीको निरङकु शैलिका कारण हामी फरक बाटोमा लागेका छौं ।